१० भदौ, मलेखु । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका-१ पात्ले र नीलकण्ठ-१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो ।
ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ‘ड्रागन फ्रुट’ टिप्ने सिजन सुरु भएको छ ।
यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ-१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।