Pin It


२०७७ साल जेष्ठ ११ गते गणतन्त्र दिवश र इस्लामहरुको चाड इदउल फित्रको अवसरमा कोरोना भाइरसको महामारी र नेपालको समसामयीक राजनैतिक घटना क्रममा आधारीत भएर नेपाली कांग्रेश मोरङ्ग जिल्ला समिति सदस्य दिना मण्डलसंग गरिएको कुराकानिका केहि अंशः–
१। दुइ तिहाइका साथ वामपन्थि दलहरुको सरकार छ तर जनता असन्तुष्ट छन, जन चाहना अनुरुप काम गर्न सरकार असफल भएको, भ्रष्टचारमा डुवेको, जनतालाई शु–सासनको अनुभुति दिन नसकेको भन्ने आरोप छ र नेपाली काँग्रेसले पनि प्रमुख प्रतिपक्षको भुमिका इमान्दारी पुर्वक निर्वाह नगरेको भन्छन तपाइ मुलुकको प्रतिपक्ष दलको जिम्मेवार राजनैतिक कार्यकर्ता र समाजसेवि भएका नाताले अहिलेको राजनैतिक परीस्थिति र यो महामारीका बारे तपाइको धारणा के छ ?

Ò धन्यवाद अशोक जि। यो अहिलेको परिप्रेच्छमा दुइ तिहाइको सरकारको कुरा गर्नु भयो, अहिलेको महामारीको जुन कुरा छ त्यो सरकारसंग नै जोडिएको कुरा छ । लगातार २० वर्ष देखि माओवाादिहरुको अवरोधका कारण निर्वाचन हुन नपाएर स्थानिय निकायको विकाश निर्माण ठप्प भइरहेको र तमाम राजनैतिक निकाशहरु अवरुद्ध भइरहेका बेला एका एक स्थानिय निकायको चुनाव भयो मान्छेले परिवर्तनको आवश्यकता पनि महशुस गरि रहेका थिए, वामपन्थीहरुले मधेश आन्दोलनको वेला भारतिय नाकाबन्दि बिरुद्ध लिएको अडान र राष्ट्रवाद सम्झेर वामपन्थीहरुलाई सरकारमा दुइ तिहाइ दिएर पठाए तर त्यो जनताको अपेक्षा अनुकुल सरकार खरो उत्रन सकेन, जनताले काम गरेर खान पाउने वातावरणको श्रृजना पनि गर्न सकेन, सुरक्षाको प्रत्याभुति पनी दिन सकेन त्यसै गरि नेपाली काँग्रेश प्रमुंख प्रतिक्षीको भुमिकामा रहयो तर काँग्रेशले सक्रिय प्रतिपक्षको भुमिका नभएर रचनात्मक प्रतिपक्षको भुमिका मात्र निर्वाह गर्दैछ ,सरकारले राम्रो काम गरे राम्रो भन्ने र समर्थन दिन,े नराम्रो काम गरे विरोध गर्ने, विरोध त गरिनै रहेको छ तर वामपन्थीहरुको जस्ता ेबिरोधको शैैलि नभएकोले होला सक्रिय भएन भन्ने गरिन्छ ठिकै छ त्यो पनिं समय आउछ प्रतिपक्ष श सक्त हुदै जानुपर्छ भन्न पनि अप्ठारो लाग्छ हाम्रो नेपाली काँग्रेश अझै चेतिएको जस्तो छैन ।
२। राजनितिको कुराबाट अलिकति बाहिर जाँउ, दिना जि। अहिले विश्व नै कोरोनाको महामारीबाट प्रभावित छ, संसार भर लाखौंको ज्यान गइसक्यो, तपाइ स्वास्थ्यसंग सम्बन्धित क्षेत्रमा काम पनि गरिरहनु भएको छ । तपाइको दृश्टिमा कोरोना के हो र यसको नकारात्मक प्रभाव कहिले सम्म रहला कस्तो अवस्था सम्म रहला के मुल्याङ्कन गर्न हुन्छ यहाँ ?
Ò अहिले यो विश्वब्यापी महामारीको रुपमा कोविट–१९ आएको छ, यो विश्व नै अहिले त्रसित छ, विश्वका शक्तिसाली मुलुकहरु मै ज्यादै मान्छेहरु मरिरहेका छन । जस्तै आजको मितिमा विश्व भर ५४ लाख ६० हजार मान्छेहरु संक्रमीत छन् ३ लाख ४७ हजारको मृत्यु पनि भइ सकेको छ, त्यसमा पनि शक्तिशाली राष्ट्र अमेरिका जस्तो देशमा महामारी आजको मितिमा ९७ हजार अर्थात हाराहारी १ लाख मान्छेको मृत्यु भइ सकेको र ५५ लाख मान्छेहरु संक्रमित भइ सकेको अवश्था छ । हामी नेपालीले उदाहरणको रुपमा भारतलाई लिनु पर्छ किन भने हाम्रोे देशसंग वातावरणको हिसाबले उस्तै देश भारत नै हो, भारतमा सुरुमा केहि पनि थिएन जब कि उनीहरुले सुरुदेखि नै भारतले पनि जनता र्कपःयु ,लकडाउन गर्दा गर्दै पनि आजको मितिमा एकलाख बत्तिस हजार संक्रमित भएर ३८ सय ६८ जनाको मृत्यु भइ सकेको अवश्था छ, ५४ हजार चाहिं निको हुदा ४ हजार हाराहारी मान्छे मर्नु भनेको नेपालमा डक्टरहरुको भनाइ हेर्ने हो भने १ प्रतिशत मात्र मर्न जान्छ, भन्छन तर भारतको अनुपातलाई लीदा खेर झण्डै ७ देखि ८ प्रतिशत मृत्युदर हुन सक्ने अनुमान लगाउन सकिन्छ । अमेरीकामा पनि यो आधारले लिने हो भने छ देखि साढे छ प्रतिशतले मृत्यु भएको देखिन्छ, त्यसैले जनतामा के भ्रम छ भने कोरोनाले एक दुई परसेन्ट मान्छे मरेछन, ती त्यति त कोरोनै नलागी पनि त मान्छे मर्थे नि भनिन्छ तर त्यो होइन, मृत्यु संख्या उल्लेख्य बढन सक्छ । तेश्रो चरणको लकडाउन सम्म आइपुग्दा नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ किनकि हामी संग आइ।सि।यू। छैन प्रसस्स्त क्वारेन्टाइनको ठाउँनै छैन किट कै अभाव छ । तर मान्छेलाई अल्मल्याउन मृतुको परसेन्टज कम देखाउने गरिन्छ , त्यो चाहिं गर्न नहुने भन्न नहुने कुरा हो झण्डै ८ प्रतिशत भन्दा माथि मृत्युदर हुन सक्छ । यसरी हेर्दा मान्छे भयानक तरिकाले मर्ने स्थिति देखिन्छ, मेरो मतलब केहो भने सहि डाटा भनि दियो भने मान्छे सचेत हुन्छ र सम्हालीन्छ रोगबाट बच्ने उपाय अपनाउ छ भन्ने मेरो आषय हो ।
अब यो कोरोनाको महामारी छ संघिय सरकारले सांसदहरुलाई दिएको विकाश बजेट जुन अहिले खर्च भइरहेको छैन । त्यसलाई विषय अन्तर गरेर जनताको जिवन बचाउन कोरोना उपचारमा लगानी गर्नु पर्छ, देशमा जनताको जिवन रक्षा गर्नु भन्दा ठुलो कुरा विकाश होइन, अहिलेको प्राथमिकता जनताको जिवन रक्षा गर्नु नै हो । त्यसैले अनावश्यक खर्चहरु घटाएर अन्य अनावश्यक बजेट सहित संसद विकाशकोषको पैसा स्थानिय निकायलाई कोरोना उपचारका निम्ति उपलब्ध गराउनु पर्छ, स्थानिय निकायसंग प्रत्येक वार्डका प्रत्येक ब्यक्तिको स्पष्ट डाटा छ, त्यसैले स्थानिय निकायलाई पनि मेरो सुझाव के छ भने प्रत्येक वार्डका हरेक घरबाट अत्यावश्यक सामग्री किन्न जाने मान्छेलाई प्रत्येक घरको एक जनाको कोरोना परिक्षण गरिनु पर्छ, त्यसबाट देशभर महामारीको संक्रमणको स्थिति के छ भनेर पत्ता लगाउन सजिलो हुन्छ अब भयभह स्थिति अझै आउदै छ किन भने विदेशमा कमाउन गएका २०,२५ लाख मान्छे एक्कै पटक देश भित्रिदैछन यीनीहरुलाई ठिक संग ब्यावश्थापन गर्न सकेन भने के हुन्छ ? कल्पना गरौं त अनि विकाशका कुरा अहिलेलाई थाति राखेर विकाश बजेटलाई मान्छेको जिवन रक्षामा लगानी गरौं भन्ने मेरो माग हो ।
स्थानिय सरकारलाई मैले किन जोड दिएको हो भने कुन घरको कति जना मान्छे कुन देशमा छ भन्ने स्पस्ट डाटा स्थानिय सरकारको वार्डमा केन्द्रित गर्यो भने क्वारेन्टाइन देखि उपचार सम्म राम्ररी खर्च ब्यावस्थापन गर्न सकिन्छ जस्तो मलाइ लाग्छ फेरी आर।डि।टि। होइन पि।सि।आर। प्रविधिबाट कोरोना परिक्षण गरिनु पर्छ, महामारी ब्यावस्थापन गर्न सकिन्छ । भनेर संघिय, प्रदेश र स्थानिय सरकारलाई तपाइको माध्यमबाट म अनुरोध गर्न चाहन्छु ।
३। कोरोना महामारी कै विचमा नेपाल , भारतको सिमाना कालापानि, लिपुलेक, लिम्पियाधुरा बारे सिमा विवाद अघि सर्यो, यस विषयमा याहाँको धारणा के छ ?
Ò यो देशको कुरा हो, यस्तो कुरामा त सबै अहिले एक हुनुपर्छ, पक्ष, विपक्ष, प्रतिपक्ष जो भए पनि सबै एक भएर लाग्नु पर्छ, अहिले यो सरकारले नेपालको पछिल्लो नक्सा जुन प्रकाशीत गर्यो यसका लागि के।पि। ओली सरकारलाई हृदय देखि धन्यवाद दिनै पर्छ, यसमा हामी प्रत्येक जनताले गौरव नि गर्नु पर्छ, यो एउटा अवसर पनि हो ,यो अबसरको सदुपयोग गर्दै सरकारले वार्ताको माध्यमबाट समस्याको स्थाई समाधान पनि निकाल्नु पर्छ, अहिले भारतीय संचार माध्यमहरुले यहि विषयलाई लिएर अनाप सनाप नेपाल सरकारलाई गाली गर्ने आफ्नो टि।आर।पि। बढाउने उदेश्यले भारतिय जनमासमा भ्रम फैलाउने काम जुन भएको त्यो अत्यत गलत छ र त्यसलाई भारतिय मिडियाले बन्द गर्नु पर्छ र छिमेकि प्रतिको सम्मानरुपी ब्यवहार देखाउनु पर्छ र भारत सरकारले त्यसखालका मिडिया र प्रचार वाजिलाई बन्द गराउनु पर्छ । हाम्रो सरकारलाई हामी सबैले साथ दिएर कालापानि, लिपुलेक र लिम्पियाधुरामा नेपालीको बसोवास समेत गराउने वातावरण बनाउनु पर्छ ।