Pin It

 

बिराटनगर , साउन २१ गते, बाटोमा पानी फालेको बिषयलाई लिएर सुरु भएको बाद बिबाद ले भिडन्तको रुप लिदा गत साउन १९ गते मध्यराती खार्जि कोहबराको मुसहर बस्तिमा ५ जना घाईते भएका छन ।
साउन १९ गते राती ८ बजे बिराटनगर वार्ड नं ४ को सिमाना बस्ताखोला पारी पट्टि मुशहर टोलमा बुधुवा यादब कि बुहारी ले बाटोमा पानी फाल्दा बाटो हिड्ने मान्छे चिप्लीएर लडेको भन्दै बुधुवा र बुधुवाको बुहारीलाई ऋषिदेबहरुले कुटपिट गरेको गाउलेहरु बताउछन ।


प्रतयक्षदर्शिका अनुसार सोहि घटनालाई लिएर बस्ताखोला वारी बिराटनगर ४ खार्जिकोहबराका चलमलिया यादबले ऋषिदेबले यादब कुटेको भन्ने निहुँ बनाएर राती इक्राहि र जतुवाका यादबहरु लाई फोन गरेर बोलाए । उनिहरु संग संगै निमुवा चौकीका प्रहरीहरु पनि आए , राती २ बजे पछि यादबहरुले तरवार र लाठिले प्रहरीकै अगाडी ऋषिदेबहरु माथि आक्रमण सुरुगरे ।
प्रत्यक्षदर्शिहरुका अनुसार बाहिर बाट आएका आक्रमणकारी लाई प्रहरी वाश्ता गर्दैनथ्यो प्रतिकार गर्न निश्किएका ऋषिदेबहरुलाई पक्रन्थ्यो , करीब आधाघन्टा चलेको आक्रमण पछि ५ वटा सिटि र अटोमा आएका आक्रमणकारी भागे । उनिहरुले ल्याएका सिटि र अटो त्यहिँ छाडे तर प्रहरीले आक्रमणकारी र उनले ल्याएका साधन पक्राउ गरेन ।
घटनाका बारेमा जानकारी माग्दा मोरङ्घ प्रहरीका प्रबक्ता डि एस पि लोकदर्शन थापाले अनबिज्ञता प्रकट गर्नुभयो । तर नेमुवा प्रहरी चौकी का प्रहरी इन्र्चाज स.ई.प्रमोद रायमामिmले घटना भएको स्विकार गर्दै घटनामा संलग्न ७ जनालाई पक्राउ गरेर चौकीकै हिरासतमा राखिएको जानकारी दिंदै जिल्ला प्रहरी लाई सम्पुर्ण बिबरण उपलब्ध गराईएको र बाँकी बिबरणका लागी चौकीकै मुद्धाफाँटका प्र ज संग सम्पर्क गर्न भन्नु भए पनि मुद्धाफाँटका प्र ज ले बिबरण र नामहरु कम्प्युटरमा भएको र हाल चौकीमा बिधुत लाईन नभएकाले उपलब्ध गराउन नसकिएको जवाफ दिए ।
टाउकोमा गम्भिर चोट लागेका पानालाल ऋषिदेब , स्तनमै तरवारले काटिएकी सरस्वतिया ऋषिदेब , गर्दनमा तरवारले चोटलागेका राम जी ऋषिदेब , दुबै आँखा सुन्नीएका श्याम जी ऋषिदेब , आँखिभौंमा तरवारले चोट लागेका चुन्नि ऋषिदेब , उपचारकै क्रममा अस्पतालको बेडमा रहेका र यि मध्य पानालाल ऋषिदेबको अबस्था गम्भिर रहेको बिराट मेडिकल एण्ड टिचिड्ड हस्पिटल गंगाचौक श्रोतले बताएको छ ।
प्रहरीले घटनाका मुख्य योजनाकार चलमलिया यादब , रन्जित यादब , र तक्लु यादब लाई भने पक्राउ नगरेको र बाहिर बाट आएका आक्रमणकारी चढेको सिटि रिक्साहरु पनि बरामद नगरेको स्थानिय गुनासौ गर्छन । प्रहरीकै उपस्थितिमा आक्रमणकारीहरुले घर घरमा पशेर खोजि खोजि हामिले चौकी नै किनेका छौं के गर्न सक्छस भन्दै कुटदै गरेको घाइतेका आफन्तहरु बताउछन ।

तश्वििर ः दिवश राजबंशि बाट