बिराटनगर, माघ १३ गते , निर्माणाधिन कोशि राजमार्ग अन्तरगत विराटनगरको बरगाछि स्थित निर्माण ब्याबसायी संघ को पुर्ब पट्टी सडक किनाराको नाला बनाउने ठेक्का पाएको भुमी कन्ट्रक्सन ले लापरबाही संग काम गर्न थाले पछि स्थानिय जनता र बडासमितकिो बिरोध र काममा अबरोध पछि पुन सुधार गरी निर्माण कार्य गर्ने भएको छ ।
बिराटनगर वडा नं ३ पट्टी पर्ने नाला पुर्ण रुपले बालुवा , माटो र फोहर ले पुरीएको अबस्थामा स्थानयि जनताको कुरै नसुनि भुमि कन्स्ट्रसनका इन्जिनिएर मनोज यादब ले जबर जस्ती नाला ढलाई गर्न लगाए पछि स्थानिय जनताले वडाध्यक्ष बिनोद बस्नेतलाई गुहारेका थिए । अध्यक्ष बस्नेतले पहिला नाला सफा गरेर मात्र अरु काम गर्न र मापदण्ड विपरित गए र जनतालाई अटेर गरे आफूले कार्बाहि गर्न पछि नर्पने चेतावनी दिएपछि मात्र ईन्जिनियरले बनिसकेको संरचना भत्काएर नाला सफाईको आदेश दिएका थिय ।