Pin It



इटहरी स् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सञ्चारमन्त्री भएका बेलादेखि नै षड्यन्त्र सुरु भएको बताएका छन्। आफ्नो बारेमा पछिल्लो समय आएका समाचारबारे बोल्दै मुख्यमन्त्री राईले पार्टी भित्रैबाट आफूविरुद्ध षड्यन्त्र भइरहेको र चरित्र हत्या गर्न केही मिडिया पनि दुरुपयोग भइरहेको दाबी गरेका हुन्।


शनिबार प्रेस संगठन प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रमलाई सुनसरीको इटहरीमा सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए। आफूले देश, जनता र पार्टीको शिर निहुर्यागउने गरी कुनै गल्ती नगरेको दाबी गर्दै आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफू यो विषयमा बेल्न बाध्य भएको बताए।
उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दाबी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दाबी गरे। दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाऊ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन्।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखिसँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ। मुख्यमन्त्री राईले आफूलाई यौन दुर्व्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनले लगाएकी छन्।