आजको डेड किलो मिटर दैडमा पोखरीया मा वि र पेरागन एकेडेमिको कब्जा
बिराटनगर , फाल्गुण २४ गते , बिराटनगर महानगरपालीका वार्ड नं ३ द्घुारा संचालीत ५ दिने स्कुल स्तरीय वडाध्यक्ष कप खेलकुद प्रतियोगीताको आज चौथो दिन संचालित डेड किलोमिटर दौडमा छात्र तर्फ पेरागन एकेडेमिका आशिस सुन्दास र छात्रा तर्फ पोखरीया मा वि की दिना राजवंशिले प्रथम स्थान हात पारेका छन ।
आज बिहान स्थानिय दुधफारम चौक बाट सुरु भएको दौड प्रतियोगीता कुलिफेन क्बको मैदानमा पुगेर समाप्त भएको थियो । सोहि प्रतियोगीतामा छात्र तर्फ मोडनएराका चित्तनारायण साह द्धितिय र ईडेन नेशनलका प्रज्वल सुवेदी त्रितिय भएका थिए भने छात्रा तर्फ मालबिका की यसु पराजुली द्धितिय र मोडन एरा की रचना दहाल त्रितिय भएका थिए ।
त्यसै गरी आज संचालीत फुटबल खेलमा पोखरीया मा वि लाई ईडेन नेशनलले टाईबरेकरमा जित हातपारेको थियो भने ज्ञान सारथि र मोडनएरा विच भएको खेलमा मोडनएरा लाई ज्ञान सारथिले टाईबरेकरमा जित हात पारी दुबै टीम सेमि फाईनलमा प्रबेश गरेका थिए ।