Pin It

 

आईतबार सधैं भिड भाड रहने राजबंशिचौकको हटिया लाग्ने ठाँउ सुनसान

 

 

बिराटनगर , चैत्र ९ गते कोरोना भाईरसको महामारीको हल्ला चलेपछि आज देखि बिराटनगरका साप्ताहिक हाट बजारहरु बन्द गरीएका छन । बिराटनगर महानगर पालिका वार्ड नं ४ स्थित राजबंशिचौकमा हरेक हप्ता आईतबार लाग्ने साप्ताहिक हाट (जसमा करीब बिस देखि पच्चिस हजार मान्छेले किनमेल गर्थे )आज देखि सुनसान बनेको छ ।
केहि तरकारी ब्यापारीहरु हटिया लाग्ने ठाँउ बाट केहि पर नहरको छेउमा पोका फींजाएर सब्जि बेचिरहेका थिए भने स्थानिय जनता भने यस्ताखाले प्रतिबन्दले
भोलिका दिनमा शहरमा महंगी बड्ने र भोकमरी र लुटमारको खतरा बड्ने आशंकामा त्रसित देखिन्छन ।