विराटनगर,१२ चैत । विराटनगर महानगरपालिका वार्ड नम्बर १ स्थित लालीगुँरास टोलबासीले कोराना भाइरस संक्रमण रोकथाम गर्न नयाँ तरिका अपनाएका छन ।
यहाँ टोलबासीले सामुहिक निर्णय गरेर टोल प्रबेश बाटोमा नयाँ व्यक्त्तिलाई प्रबेश निषेध लेखेको सूचना झुण्डयाएर बाँसको तगारो तेरस्याएर नयाँ मानिशहरुलाई टोल प्रबेशमा रोक लगाएका हुन ।
कोरोना भाइरसको संक्रमण फैलाउन नयाँ मानिशहरु शंकास्पद हुनेभएकोले उनीहरुलाई सोझै टोलमा प्रबेश नदिने टोलबासीको निर्णय छ । यसैले यहाँका युवाहरुले सोझै टोलमा आउने नयाँ मानिशहरु रोक्न यो जुक्त्ति अपनाएको स्थानियबासी शम्भु पोखरेल बताउँछन ।