Pin It

 


इटहरी । प्रतिपक्षको भुमिकामा रहेको नेपाली कांग्रेस प्रदेश १ का सबै सांसदले प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा १५ दिनको तलब उपलब्ध गराएका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका मुख्य नेता राजिव कोईरालाले प्रदेशसभा सचिवालयमार्फत् २१ जना सांसदको पन्ध्र दिनको तलब दिने निर्णय भएको बताएका छन् । काईरालाले देश कोरोना भाईरसको ९कोभिड १९० संकटमा रहेको र यसको प्रकोप फैलिन बाट रोक्न जहाँ जस्ले जस्तो सहयोग गर्न सकिन्छ त्यस्तै गर्न पनि आफ्ना नेता,कार्यकर्ता लाई आग्रह गरेका छन् ।
कोईरालाले प्रदेशसभा सचिवालयका सचिवलाई नेपाली कांग्रेसका सम्पुर्ण सांसदको आधा महिनाको तलब सरकारको कोषमा दाखिला गरिदिन पत्राचार गरीसकेको जानकारी दिएका छन् । देशमा आएको विपद्को यो बेला सबैले एक अर्का लाई सहयोग गर्ने बेला भएको बताएका छन् ।


कोईरालाले बिश्वमा कोरोना भाईरस महामारीको रुपमा फैलिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखि सकेकाले सबैलाई आफै सुरक्षीत हुनु पर्ने बेला भएको बताएका छन् । उनले बिकशीत देश पनि यो भाईरसको प्रकोप बाट बच्न नसकेकाले हाम्रो जस्तो देशमा फैलिए यो भयाभह हुने भन्दै सरकारको लक डाउनको पालना गर्न समेत आग्रह गरेका छन् ।