Pin It


काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ ।


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने बताउनुभएको छ । मन्त्री भट्टले लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न पाइने जानकारी दिनुभयो ।
‘खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न पाउँछन्’ उहाँले भन्नुभयो, ‘त्यसबाहेकका सवारी साधनलाई भने जिल्ला प्रशासनको पास बिना गुड्न दिइएको छैन ।’ मन्त्री भट्ट्ले पसलमा सामान किनबेच गर्दा भिड्भाड नगर्न आग्रह समेत गर्नुभएको ।