Pin It

 


बिराटनगर , चैत्र २६ गते , बिराटनगर वार्डनं.३ मा अबस्थित श्री राधाकृष्ण प्रणामी सनातन समिति र राधाकृष्ण प्रणमी मन्दिर वाइजुराज समिति युवा परिषद ईकाइ समितिको संयुक्त आयोजनामा राहत स्वरुप रु ५१०००। –एकाउन्न हजार) नगद बिराटनगर महानगरपालिका लाई हस्तान्तरण गरिएको छ ।


कोरोना भाईरसको महामारी बाट बच्न देश लकडाउन गरिएका बेला दैनिक ज्यालादारी र गरिब , श्रमिकहरु लाई बाँच्न गाहृो नहोस भन्ने उद्धेश्यले राहत उपलब्ध गराउन यक्त रकम महानगर प्रमुख भिम पराजुलीलाई हस्तानतरण गरिएको राधाकृष्ण प्रणामि सनातन समितिका अध्यक्ष हरी प्रसाद ढकाल ले जानकारी दिनुभयो ।
रकम हस्तान्तरणमा रमितिका उपाध्यक्ष कृष्ण प्रसाद कोईराला , सदस्य तेज प्रसाद आचार्य ,बिराटनगर ३ का वडा सदस्य कैलास भट्टराई र पंडित चन्द्र प्रसाद उप्रेतिको पनि उपस्थिति रहेको थियो ।