Pin It


बिराटनगर, जेष्ठ ५ गते, कोरना भाइरसका कारण लकडाउन सुरु भएपछि खान नपाएर बिचल्लिमा परेका बिपन्न , अतिबिपन्न र कोशि अस्पतालका बिरामी र कुरुवाहरुलाइ समेत विगत ४४ दिन देखि लगातार खाना खुवाईरहेको नेपाल तरुण दल मोरङ ले जनाएको छ ।


हरेकदिन बिपन्न , अतिबिपन्न र कोशी अस्पतालका बिरामी र कुरुवा लाई समेत गरि लगभग हरेक साँझ ३ सय जना लाई खाना खुवाउदै आएको तरुण दलले लक डाउन र समस्या अझ बढे बिहान बेलुका दुबै छाक खाना खुवाउने तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा संजयले परिर्वन खबरलाई बताउनु भयो । यो खाना अस्पतालका बिरामीले पनि खाने भएकाले खाना उच्चगुणस्तर र पोषणयुक्त बनाइएको बताउनु भयो ।
अध्यक्ष थापाका अनुसार यो महिना भरिलाई खाना खुवाउन पुग्ने गरि आफुहरु संग भण्डारण रहेको भन्दै हाल सम्म सहयोग गर्न चाहने दाताहरुले आफुहरु संग भेटेरै दिएको सहयोग मात्र गापेको कसै संग माग्न नगएको र तरुणसाथिहरु ले नै मिलेर कार्यक्रम चलाई रहेको बताउनु भयो ।