Pin It


बिराटनगर , जेष्ठ १६ गते , बुढिगंगा गाँउपालिका का अध्यक्ष बालचन्द्र माझिले आज बुढिगंगा ३ को नेमुवा स्थित सरस्वती सदन आधारभुत बिधालयको जग्गामा एकसमारोहका विच टंकिसिनवारी खानेपानी आयोजनाको सिलान्यास गर्नुभयो ।
टंकिसिनवारी सहलगानि खानेपानी तथा सरसफाई आयोजना र नेपाल सरकारको संयुक्त लगानिमा ४५ करोड ९६ लाख ७ हजार १३२को जम्मा स्विकृत लागत स्टिमेट भएको यस आयोजनाको स्विकृत ठेक्का रकम भने २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैंया रहेपनि यसमा थप ३० प्रतिशत रकम उपभोक्ताको तर्फबाट टंकिसिनवारी सहलगानिले ब्यर्होनु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।


यस आयोजनाले बुढिगंगा गाउपालिका का १,२,३ ,४ र ५ नं वडाका ३ हजार ८ सय ५९ घर धुरीका २२ हजार ६ सय १३ जनसंख्याले खानेपानी सहजै पाउनेछन भने बाँकि थप जनसंख्या लाई पनि यो पानी पुर्याउने लक्ष्य राखिएको छ ।
शर्मा सगरमाथा जे.भि.बुढानिलकण्ठ नामक ठेकेदार कम्पनिले निर्माणको ठेक्का लिएको र निर्माण सुरु भएका मिति देखि ३० महिना भित्र आयोजना सम्पन्न गरिसक्नु पर्नै टंकिसिनवारी सहलगानि खानेपानी तथा सरसफाई आयोजना का अध्यक्ष एवं कार्यक्रमका सभापति नबराज बिष्टले जानकारी दिनुभयो । अध्यक्ष बिष्टका अनुसार आयोजना स्थलको १० कठ्ठा जमिन नेमुवा स्थित ंसरस्वति सदन आधारभुत बिधालय संग ३० बर्षका लागी भाडामा लिइएको छ ।
आयोजना सम्पन्न गर्न सहयोग गर्ने उद्धेश्यले बुढिगंगा गाउपालिकाले उपभोक्ताको तर्फ बाट जम्मा गर्नु पर्ने ३० प्रतिशत रकम मध्ये ३ करोड ५० लाख रुपैंया आफ्रनो तर्फ बाट आयोजना लाई सहयोग उपलब्ध गराएको प्रमुख अतिथि अध्यक्ष माझिले बताउनु भयो ।