Pin It

 

प्रस्तुतछ नेपाली काँग्रेश मोरड्डका जिल्ला समिति सदस्य एवं मोरङ क्षेत्रनं.५को ख मा नेपाली काग्रेशका तर्फबाट प्रदेश सभा सदस्यका उमेदवार ंसंमेत रहिसक्नुभएका राजेश गूप्ता संग समसामयीक राजनैतिक परिस्थिति बारे परिबर्तन खबर डट कमले गरेको कुराकानिको सांर संक्षेप ः

१ स्वागत छ राजेश जी याहाँ लाई परिबर्तन खबर डट कममा ?
Ò धन्यबाद अशोक जी तपाई र परिबर्तन खबर डट कम लाई ।

२ अहिले याहाँ नेपाली काँग्रेशको जिल्ला कार्य समितिको सदस्य पनि हुनुहुन्छ , र विगत प्रदेशसभा निर्बाचनमा मोर∙को ५ नं. ख बाट प्रदेशसभाको उमेदवार पनि भईसक्नु भएको छ । केहि मतले हार्नुभयो , अहिले नेपाली काँग्ेशको राजनितिलाई कसरी हेरीरहनु भएकोछ ?

Òधन्यबाद अशोक जि , विगतको चुनाबमा नेपाली काग्रेश र फोरम लोकतान्त्रिक मिलेर चुनाब लड्दा पनि देशबयापी रुपमै काग्रेशको हार भयो , अली अली फरक को आधारमै देश ब्यापी काग्रेश हार्यो , त्यही क्रममा म पनि हारे तर त्यो हार लाई म हार मान्दिन किन भने नेकपाका केहि नेताहरुले खोक्रोराष्ट्रबादको नारा दिएर त्यो बेला जनता लाइृ झुक्याउन सफल भए र अहिले जनताले पनि कुराबुझे कि बामपन्थि भनेका झुठको खेति गरेर सत्ता प्राप्त गर्न चाहनेहरुहुन , सत्ता प्राप्त भएपछि सत्तमा बशेर देश र जनताकै विरुद्ध शासन चलाई रहेछन । योकुरा जनता लाईप्रष्ट भईसकेको छ । त्यसैले आगामि दिनको निर्बाचनमा जनताले अहम पण्ैंला गर्नेछन र देशब्यापि काग्रेशको घजतहुने कुरामा म विश्वश्तछु ।

२ अहिले बामपन्थिहरुको दुई तिहाई बहुमतको सरकार छ तर पनि उनिहरुले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र एक आपसमै सत्ताको छिना झपटीमा समय ज्ञिताई रहेको अबश्थामा नेपाली काग्रेशको भुमिका के हुन पथ्र्यो भन्ने लाग्छ याहालाई ?

Ò यो बेला नेपाली काग्रेशले संयमता अपनाउनु पर्छ । कम्युनिष्टहरुको चरित्र तोड फोड गर्ने , संरचनाहरु भत्काउने विकाश र ब्यक्ति सवतन्त्रता लाई ध्वस्त गर्ने एकात्मक राज्य सत्ता स्थापना गर्ने प्रकारको देखिएको छ । नेपालमा ख्रोक्रोराष्ट्रबादको नाराले जनताको विश्वासको मत आर्जन गरेर संसदमा दुई तिहाई बहुमत ल्याउन यिनिहरु सफल भएपनि आखिर आफ्नो असल चरित्रको प्रदर्शन गर्न सुरुगरे । अब पहिले सरकार दुई तिहाइको संसद तोड्छन अनि सत्ताधारी नेकपा आफ्नै कारणले कोहि सत्तामा रहन्छन, कोहि सडकमा पुग्छन र फेरी आफ्नो असली काम सडकबाट सुरु गछर्न । अपहले नै हेर्नुस प्रधानमन्त्रि जिन्दाबाद भन्दै कोहि सडक तताउन थाली सके । त्यसैले प्रतिपक्षले चुप चाप लागेर सत्ता पक्षलाई विपक्षिको धर्म अनुकुल सहयोग गर्दै अबको दुई बर्ष सम्म कुर्नुपर्छ ।

३ तपाईले भन्नुभयो नि बामपन्थिहरुको चरित्र सुधार गर्नुपर्छ । कसरी बामपन्थिहरुको चरित्र सुधार गर्न सकिन्छ ?

Òयिनिहरुको चरित्र सुधार्न गारोछ । यिनिहरुको कथनि र करणी भिन्न भिन्न हुन्छ । अर्काे कुरा नेपालका वामपन्थिहरु कम्युनिष्ट होईनन , यिनिहरु सोसलिष्ट सुधारवादी हुन । यिनिहरु माक्र्सवादी होईन समाजवादी चरित्रका छन । त्यसकारण जनवादी गणतन्त्रको बाटो परित्याग गरेर लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्दै समाजवाद प््रााप्तिका लागी उन्मुख हुने भन्छन । त्यसकारण उनिहरुलाई उग्रपन्थिकार्यहरु परित्याग गरि सभ्य र भब्य प्रजातन्त्रवादी चरित्र अपनाएर अगाडी बढ्न अब प्रमुख प्रतिपक्षले सिकाउन पर्छ । त्यसपछि नेपालका बामपन्थिहरुको चरित्र सुध्रन्छ भनेर मैले भन्न खोजेको हो ।
अब बामपन्थिहरुको चरित्र सुधार गर्ने अर्को तरीका नेपाली जनताको मत पनि हो । खोक्रोराष्ट्रवादी र उटपटा∙ गफ गर्ने बामपन्थिहरुको जुन बानि छ , त्यसता लाई जनताले बुझेर भोट नदीए पछि आफ्नो चरित्र सुधारेर आउन बाध्यहुनेछन ।

४ याहाले बार बार नेपाली काग्रेश आगामि दिनमा सत्तामा आउने देखेको छु भन्नुहुन्छ , यसको आधार चाहि के हो ?

Ò यसको आधार र प्रमाणहरु एउटा मात्र छैन । धेरै छन । अब तपाईले सोधिहाल्नु भयो , केहि आधार हरु सुन्नुस । नेपाली जनताले जुन अपेक्षा साथ बामपन्थिहरु लाई भोट दीएका थिए , सत्तामा पुगेपछि बामपन्थिले जनअपेक्षालाई विर्सिए र सत्तामा आफ्नो मनोपोली स्थापित गार्नथाले ।
निर्मला बलत्कार तथा हत्याकाण्डले बेलामा न्याय नपाउनु , काुरोना भायृरशको महामारीमा पनि जनताको आशा अपेक्षालाई सम्बोधन गर्न छाडेर सामाग्री खरिदमा भ्रष्टाचार गर्नु , जनतालाई देशभित्रै सात आठसय किलोमिटर भोकै र तिर्खै हिडेर घर जान बाध्य पार्नु , जनता कोरोनाको महामारीले तड्पिरहेको बेला बिनाकामको पानीजहाज कार्यलय खोलेर करोडौंका सुविधा सम्पन्न गाडी लगायत सामाग्री खरिद गर्नु , जस्ता कयौं उदाहरणहरु छन सरकारले गरेका जनविरोधि कार्यहरु , जसका कारण आगामि चुनाबमा बामपन्थिले जनताको विश्वासको मत पाप्त गर्न गारोछ । त्यसकारण काग्रेश सत्तामा आउने बढी सम्भाबनाछ भनेको मैले ।
त्यतिमात्र होईन काग्रेश सत्तामा जने कारण काग्रेश आफैले पनि कम गरेको छैन देश र जनताको निम्ति , यो देशमा हतियार बोकेर जंगल छिरेको माओबादी लाई शान्ति प्रकृयामा कस्ले ल्यायो , काग्रेशले । लोकतान्त्रिक गणतन्त्र प्राप्तिको ०६२ , ६३ को जनआन्दोलनको नेतृत्व कसले गर्यो, काग्रेशले । पहिलो सम्बिधान सभाबाट सम्विधान ल्याउन असफल भईसकेको देशमा नेपालको सम्विधान २०७२ कसले ल्यायो , काग्रेशले । लोकतान्त्रिक गणतन्त्र र संघियता लाई स्थायित्व दिन तिन चरणको निर्वाचन कसले गरायो , काग्रेशले भने अब जनताले मत कसलाई दिने तपाई भन्नुस त । हो त्यसैले आगामि दिनमा बहुमतका साथ काग्रेश सत्तामा जान्छ । आधार यिनैहुन ।

५ तपाई पनि काग्रेशको स्थानिय स्तरको नेताहो , एउटा चुनाब पनि लडीसक्नु भएकोछ । तपाई संग चाहि काग्रेश लाई अगाडी बढाउने के कार्यक्रम छ ?

Ò नेपाली काग्रेशका कुनै पनि स्तरका नेताहरु सबैभन्दा पहिला हामि पार्टीको होईन जनताका मान्छे हौं भनेर सोच्ने र चिन्तन गर्ने गर्दछौ । नेपाली काग्रेशमा ईकाई देखिनै पार्टी र जनता प्रतिको जिम्मेवारी सिकाईएको हुन्छ । त्यसैले हामि सुरु देखिनै पार्टी , समाज , र जनता प्रति जिम्मेवार र बफादार हुने गर्छैा । जहा सम्म मेरो हकमा कुरा गर्नु भयो । मेरो क्षेत्र भारतीय सिमासंग पनि जोडीएकोक्षेत्र भएको हुनाले ज्यादै सम्बेदनसुल र जवाफ देहि पुर्बक सजग भएर राजनिति गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रका चुनौति अरु क्षेत्रका भन्दा अली फरक छन । बाकि अरु क्षेत्रमा जस्तै आधारभुत विकाश निर्माणका कुरा, युवा रोजगारीका कुरा , सिमाक्षेत्रमा बढ्दो अपराध र तश्करी रोक्ने देखि का कुरा लगायतका समस्या संग जुध्नु हाम्रो दैनिकि जस्तै छ । यो क्षेत्रमा चुनाब जिते पनि नजिते पनि जिम्मेवारी उतिकै छ ।

६ नेपाली काग्रेश चौंधौं महाधिवेशनको संघारमा छ । अब काग्रेशको नेतृत्व कस्तो होला ?

Òचौंधौं महाधिबेशन पछि बाह्रौं र तेह्रौं मा जस्तो नेतृत्व अबश्य हुदैन । युवाहरुको हातमा नेतृत्व भन्ने बढी हल्ला आईरहेछ । जस्तो पनि नेतृत्व आवश तेस्ले नेपाली काग्रेश लाई सहि दिसामा लान सकोस मेरो शुभकामना छ ।