विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य ३ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेसँगै
नगरक्षेत्र सुनसान देखिएको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको बढ्दो संक्रमण रोकथाम तथा न्युनीकरणका लागी मानवीय गतिविधि कम गर्न निषेधाज्ञा जारी गरेपछि मानवीय गतिविधि कम भएसँगै नगरक्षेत्र सुनसान देखिएको हो ।
निषेधाज्ञाको आज पहिलो दिन सडक तथा बजारमा आम सर्वसाधारणको चहलपहल तथा मानवीय गतिविधिमा कमी आएको छ । सडक सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन र पसल व्यावसाय सञ्चालनमा आउन सकेका छैनन् ।