काठमाडौँ / गृहमन्त्रालयले दशैँको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर यस्तो निर्दशन दिएको हो ।
बिहीबार गृह मन्त्रालयका प्रवक्ता सह९सचिव चन्द्रबहादुर बुढाले कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन परिपत्र गरेको जानकारी दिए
उनका अनुसार नित्य पूजाका लागि मात्रै मठ मन्दिर खुल्नेछन् । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो ।
यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको अवस्थामा गृहमन्त्रालयले नृत्यपूजाका निम्ति मात्र शक्तिपीठ खोल्न परिपत्र गरेको हो