Pin It

लेखक ः राजन के शी
व्रम्हाण्डमा पृथ्वी जस्तो सवै कुराको अनुकुलता भएको अर्को ग्रह अहिले सम्म कहि कतै पत्ता लागेको छैन । जैविक विविधताले भरिपूर्ण भएको हावापानी, वासस्थान, खाद्यान्न लगायत सवै आधारभूत आवश्यकताहरु सहज प्राप्त हुने विविधायुक्त भौगोलिक धरातलीय पृस्ठभूमि भएको पृथ्वीमा मूलत वातावरणीय असन्तुलन हुने गरी मानिसहरु द्वारा नै प्रकृति–पर्यावरण विरोधी काम र कृयाकलाप गरीरहेकाले आज हामीहरु यस क्षेत्रमा अकल्पनीय समस्याहरु, संकटहरु तथा महामारी व्योहर्न वाध्य भएका छौं । यस पृथ्वीमा करीव ८७,००,०००÷– सतासी लाख जैव प्रजाती, ३,९१,०००÷– वनस्पती प्रजातीहरु समेत लोपोन्मुख भैराखेका छन ।


अहिले विश्व वजारमा धन, शक्ती र सामथ्र्य आर्जन गर्न व्यक्ति विशेष देखि लिएर देश महादेश विचमा अस्वस्थ्य प्रतिस्पर्धा भैरहेको छ । त्यसका लागि हात–हतियार र उर्जा उत्पादनमा भारी मात्रामा पेट्रोलियम पदार्थको उत्खनन, उत्पादन, प्रशोधन र प्रयोग भैरहेको छ । वढ्दो जनसंख्यालाई खाद्यान्न उत्पादन वृधि गर्ने नाममा रासायनिक मल र विषादीको उत्याधिक प्रयोग भैरहेको छ जस द्वारा प्रत्यक्ष–परोक्ष ढंगले घातक रुपमा हावापानी, जमीन र वायुमण्डललाई नोक्सान पुर्याई रहेको छ । वड्दो औधोगिकिकरण र शहरीकरणका कारण कार्वनडाइअक्साईड, क्लोरो–फ्लोरो कार्वन, क्लोरीन, व्रोमाईन,कार्वन टेट्राकोल्राईड, मिथाईल कोल्रोफर्म र मिथाईल व्रोमाईड ग्यास उत्र्सजन कारण ओजन तहलाई ह्रास गराई अम्लिय वर्षाका साथै सूर्यबाट आउने हानिकारक वैजनी किरण समेत पृथ्वीलाई नोक्सान पुर्याई रहेको छ । वनजंगल, नदीनाला, समुन्द्रीक अवस्थामा समेत त्यहाँको इकोसिस्टम धुमिल गराउने काममा मुलत मानिस कै हात छ । अहिले परम्परागत रैथाने प्रजातीका कृषि उपजहरु दिन प्रतिदिन मासिदै–मासिदै गईरहेका छन् । सरकारहरुले यस्को दुरगामी परिणामलाई वुझ्न नसक्दा कृषि क्षेत्रमा वर्णशकंर र अनुवांसिक उत्पादनले प्रतिस्थापन गरिरहेको छ । प्रकृति माथिको अनावश्यक दवावले प्राकृतिक दैवी प्रकोपको कारण पनि आज हामीले त्यस्को पिडा भोगिरहेका छौं । ठूला ठूला आणविक भट्टी र हातहतियार लगायत अन्य औद्योगिक कारखानाबाट दैनिक मात्रामा ठूलो परिणाममा कार्वनडाइ अक्साईड उत्र्संजन भईरहेको छ त्यसैगरी हवाईजहाज, रेल, वस, ट्रक, यातायातका सामाग्रीहरुले पनि कार्वन उत्र्सजन गर्ने काम गरी रहेका छन् । यस वाहेक वनजंगल फडानी, जैविक विविधताको विनाश, समुन्द्रमा अत्याधिक मात्रामा फोहोर जम्मा भई प्रदुषण भएका कारण वैश्यिक उष्णता बढिरहेको छ । जसका कारण जलवायु परिर्वतन भई कृषि क्षेत्रमा र सामुन्द्रिक जनजीवनमा ठूलो असर परिरहेको छ । जलवायु परिवर्तनले प्राकृतिक प्रकोप जस्तै समुन्द्रि आधीं, वाडी–पहिरो, खडेरी अतिवृस्टि चट्याङ्ग आदिका कारण प्राय विश्व व्यापी रुपमा असर परेको छ । पानीका श्रोतहरु, सिमसार जलधार सुक्न गई हिमाल र हिमनदीहरु समेत पग्लिरहेका छन् । यो हुनुको मूल कारण नै पारिस्थितीक पद्दतिमा गिरावट आएकै कारणबाट भएको हो । खाने, वस्ने र जीवन यापन गर्न दैनिक रुपमा अहसज भएपछि जंगली जनावर र चराचुरुङगीहरुको समेत दैनिक रुपमा लोप भैरहेको छ । पर्यावरण विनाशका मुख्य मुख्य कारण र चुनौतीहरु निम्नानुसार रहेका छन् ।
१) ठोस फोहोर प्रदुषण ९क्यष्मि धबकतभ उयगितबतष्यल० ः– विश्वमा अहिले करिव २ अरव १० करोड टन ठोस फोहोर उत्पादन हुन्छ र यस्को ४४% पेपर, कार्डवोर्ड, कम्पोस्टीङ फोहोर रहेको छ, १७% प्लास्टीक, १२% ग्लास, ५% धातु, ४% छाला र रवर, काठ र काठका टुक्राहरु २% र अन्य फोहोर १४% रहेको छ । औधोगिकरण र सहरीकरण वढ्दैं जाँदा फोहोरको परिमाण पनि दिन प्रतिदिन वढिरहेको छ । संकलन भएको फोहोर विर्सजन गर्ने ठाउँको अभाव भैरहेको छ । व्यवस्थीत ल्याण्डफिल्ड साईट बनाउनका लागि अहिले खासगरी जग्गा प्राप्ती नै ठूलो समस्या भएको छ । व्यवस्थित फोहोर जम्मा गर्ने ठाँउका अभावमा अहिले नदिनाला, पोखरी वनजंगल आदी ठाँउमा विर्सजन गर्ने गरेकाले वातावरणीय रुपमा ठूलो समस्या भै रहेको छ । जनसंख्या वृधि, औधोगिककरण शहरीकरण वढ्दै जाँदा आगामी दिनहरुमा अजैविक फोहोरको परिमाण वढ्ने छ । ल्याण्डफिल्ड साईटका लागि जग्गा अभाव भई यस्को विर्सजन गर्न ठूलो चुनौती हुनेछ । आन्तरिक तथा अन्तरदेशिय रुपमा समेत ठूलो चुनौती सामना गर्नु पर्ने छ । ठोश फोहोर समुन्द्रमा डम्पिङ हुँदा सामुन्द्रिक जलचर समेतको अस्तित्वका संकटमा परेको छ ।
२) जल प्रदुषण ९ध्बतभच उयगितबतष्यल० ः– सवै जिव तथा वनस्पतिहरुलाई स्वच्छ सफा पानी अत्यावश्यक हुन्छ र त्यो प्रकृतिबाट नै प्राप्त हुन्छ तर त्यही स्वच्छ पानी अहिले हाम्रो घर गाउँबाट निस्कने फोहोर पानी र उद्योगबाट निस्कने फोहोर पानीका कारण प्राकृतिक रुपमा सफा स्वच्छ तरिकाबाट वहने नदी नाला, तलाउ, पोखरी, सिमसार, झरना धारा कुवा, खानेपानीका श्रोतहरु समुन्द्रहरु प्रदुषित भएर त्यस वरिपरिको वातावरणलाई अत्यन्त दुर्घन्दित बनाएको छ । शहर बजार बाट निस्कने ढलहरुलाई प्रशोधित नगरी सिँधै नदीमा मिलाउँदा पवित्र नदीहरु, तालतलैया, जलाधार आदि ढलमा परिणत भईरहेका छन् । त्यसैगरी समुन्द्रमा अहिले वार्षिक रुपमा ८० लाख टन प्लास्टीक लगायतको फोहोर थुप्रिएको छ जस्का कारण सामुन्द्रिक जनावर अधिकांश घाईते भई ठूलो परिमाणमा मरिरहेका छन् । यस्को उपयुक्त समाधान गर्न सकिएन भने सामुन्द्रिक जलचर र अन्य जलचरहरु लोप हुनेछन । प्रदुषणकै कारण हिमनदी तथा हिमाली क्षेत्र पग्लिदै जानेछन । यो मानव तथा जैव समुदायका लागि ठूलो समस्या र चुनौतीको रुपमा खडा भै रहेको छ ।
३) वायु प्रदुषण ९ब्ष्च उयगितबतष्यल० ः– हावामा विभिन्न किसिमका जैविक तथा रासायनिक पदार्थ, धुँवा धुलो आदि मिसिन गई हावाको स्वच्छतामा प्रदुषण थपिन गई मानव वा अन्य प्राणीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्ने किसिमको हावालाई वायु प्रदुषण भएको भनिन्छ ।
हावाको गुणस्तरको मापदण्ड २४ घण्टा भित्रको समयमा डब्लु.एच.ओ.ले १० माईक्रो ग्राम घनमिटर तोकेको छ भने नेपाल सरकारले ४० माईक्रो ग्राम घनमिटर तोकेको छ । तर काठमाडौको वायु प्रद ुषण करीव ५५ माईक्रोन प्रति घनमिटर रहेको छ । यसलाई आधार मान्दा यहा वसोवास गर्ने मानिसको आयु ४.५ वर्षको दरले घटीरहेको अनुमान गरिएको छ । सवारी साधनबाट निस्कने धुवाँ, धुलो औधोगीक प्रदुषणबाट मुख्य रुपमा वायु प्रदुषण भै रहेको छ । वायु प्रदुषण प्राकृतिक प्रकोप जस्तै डडेलो आगलागी र हावा हुरीमा मिसिने धुलोको कणले पनि वायु प्रदुषण गरेको पाईएको छ । अहिले सम्मको तथ्याङ्क आंकडा हेर्दा वायु प्रदुषणबाट असामयिक निधन हुने झण्डै ७५% मानिसहरु जो ६० वर्ष माथी उमेरका छन् । अत्ति हानिकारक रासायनिक कणहरुले वायु प्रदुषण गरी क्यान्सर, हृदयघात र मस्तिस्कघात गराएको तथ्य पाईएको छ । वायु प्रदुषणबाट नेपालमा मात्रै वर्षेनी ९९४५ मानिसहरु मरिरहेका छन् भन्ने सरकारी तथ्याङ्क रहेको छ । त्यसै गरी हाम्रो छिमेकी देश भारतमा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा २० गुणा बढी वायु प्रदुषण रहेको पाईएको छ । भारतको हरियाणा र पंजावमा किसानहरुले वाली भित्र्याए पछि पराल, गहुँको छ्वाली र मकैको खोस्टा आगो लगाउनाले वायु प्रदुषण भएको र सो प्रदुषणको प्रभाव नेपालमा समेत परेको पाईएको छ । त्यसैगरी दिपावली र अन्य चाडपर्वमा पडकाईने पटका र आतसवाजीले पनि वायु प्रदुषण हुने गरेको छ ।
खास गरी वायु प्रदुषण जैविक अजैविक धुलाका कणहरु, नाईट्रोजन अक्साईड, ओजन र सल्फर डाई अक्साईडबाट प्रदुषण हुने पाईएको छ । वायु प्रदुषणबाट मानव स्वास्थ्यमा मुटु, कलेजो, फोक्सो, छाला, स्वास प्रश्वास र नसा सम्बन्धि रोग लाग्ने पाईएको छ । त्यसैगरी वायु प्रदुषणले अन्य जीवजन्तुको स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको छ । यस वाहेक वातावरणमा समेत गम्भिर असर गरी जलवायु परिर्वतन वैश्विक उष्णता, अम्लिय वर्षा, कृषि उपजमा गिरावट र तुवालो वाक्लो कुहिरो लागि वातावरणलाई असर पारेको छ । प्रकृति दोहनको चर्को दवावका कारण आईपर्ने विपत्ती र मानवीय कृयाकलापका कारण वायु प्रदुषणको असर भविश्यमा समेत वढ्दै जाने र जीवन अत्यन्त कष्टकर हुनेछ ।
४) माटो प्रदुषण ९क्यष् िउयगितबतष्यल० ः– प्राकृतिक वा मानवीय कृयाकलापबाट जमीनको वास्तविक अवस्थामा फेरवदलाव ल्याई माटोको उर्वरा शक्तिमा ह्रास गराउने जमीनको प्राकृतिक सुन्दरतालाई विगार्ने कामलाई नै माटो वा जमीन प्रदुषण भनेर वुझ्न सकिन्छ । प्राकृतिक प्रकोपहरु बाडी पहिरो भू–क्षय, भुकम्प र डुवानका कारण विश्व लगायत हाम्रो देशमा समेत ठूलो परिमाणमा जमीनको क्षति भएको छ । प्लास्टिकजन्य पदार्थहरु, पेट्रोलियम पदार्थहरु, उद्योग कलकारखानाबाट निस्कने रासायनिक फोहोरले माटोका अवस्था तथा त्यस्को उर्वरा शक्तीमा क्षयिकरण गरेको छ ।
पछिल्लो अवस्थामा खेतीवालीमा अत्याधिक मात्रामा रासायनिक विषादी र मलखाद प्रयोग गरेका कारण माटोको उर्वर शक्ति दिन प्रतिदिन ह्रास भै रहेको छ । त्यसैगरी औधोगिक फोहोर र शहर वजारबाट निस्कने फोहोर अव्यवस्थित ढंगले विसर्जन गर्ने गरेकाले माटोको अवस्थालाई प्रदुषण गरेको छ । अहिले हाम्रो माटोको अवस्था अत्यन्त हानिकारक रासायनिक तत्व मिसावटका कारण माटोमा हाईड्रोकार्वन–४२%, हेभी मेटल–३१% मिनरल आयल– २०% र अन्य तत्वहरु–७% को मिसावट भई माटोमा भएका प्राकृतिक जीवहरु जो कृषि उपजको लागि अनिवार्य भानिन्छन, दिन प्रतिदिन ह्रास भै रहेको छन् । प्रदुषणको मात्रा दिन प्रतिदिन बढिरहदा प्रकृतिलाई पनि ठूलो दवाव परेको छ । जलवायु परिर्वतन संग संगै अम्लिय वर्षा, नुनिलो वर्षा र रक्त वर्षा समेतका कारण माटोको गुणलाई क्षयीकरण गरेको छ ।
हामी मानव लगायत सम्पूर्ण जीव जगत माटोलाई खाद्य आहारा उत्पादन गर्ने आधार रेखाको रुपमा लिएका छौ र यहाबाट उत्पादित उपजले सवै प्राणीहरुले जीवन निर्वाह गरी यो सृस्टि नियमित रहिरहेको छ । तर वातावरणीय प्रदुषण प्रभावले सिधै माटोलाई घातक रुपमा प्रहार गरेको हुँदा कतिपय खाद्य वस्तुका प्रजातीहरु लोप भए भने उत्पादनको अवस्था समेत विभिन्न रोग व्याधीले घट्दो अवस्थामा छ ।
५) ध्वनी प्रदुषण ९क्यगलम उयगितबतष्यल० ः– आजको यान्त्रिक युग, शहरी भिडभाड र कोलाहलपूर्ण जनजीवनमा मानिस लगायत पर्यावरणमा भएका सवै जैव जगतलाई ध्वनी प्रदुषणले शान्तपूर्वक वाच्ने अवस्थालाई खलल पुर्याएको छ । ध्वनी प्रदुषण विभिन्न कारणबाट हुने गरेको हुन्छ । प्राकृतिक कारणबाट चट्याङ, गडयाङगुडुङ, भुकम्प, आधिवेहरी, ज्वालामुखी विस्फोट, वाढी पहिरो, हिमाली पहाडी क्षेत्रबाट झर्ने नदी तथा झरनाको आवाज एवं जंगली जनावर, चराचुरुङ्गीबाट निस्कने आवाजलाई बुझाउँछ भने मानवद्वारा निर्मित वा कृतिम श्रोतबाट निस्कासन हुने ध्वनीमा यातायातका यान्त्रिक साधनहरु, निर्माण तथा उद्योग कलकारखानामा जडित हेभी ईक्युपमेन्टबाट निस्कने आवाज आदिलाई जनाउँछ ।
सरकारले बनाएको ध्वनीको मापदण्ड भन्दा अहिले हाम्रो देशमा दोव्वर प्रदुषण रहेको छ । जथाभावी म्यूजिकल साउण्ड सिस्टम जेनेरेटर मोटर गाडी उद्योग कलकारखानाबाट निस्कने ध्वनी प्रदुषण थपिएर जीवन दैनानुदिन कस्टकर वनाईरहेको छ । ध्वनीको गुणस्तर सम्बन्धि मापदण्ड नेपाल सरकारले वि.सं. २०६९ सालमा जारी गरेको थियो जसनुसार औधोगिक क्षेत्रमा दिनमा ५ र रातमा ७० डिसेवल, व्यापारीक क्षेत्रमा ६५ र ५५ डिसेवल, ग्रामिण आवश क्षेत्रमा ४५ र ४० डिसेवल, शहरी आवाश क्षेत्रमा ५५ र ५५ डिसेवल, मिश्रीत आवास क्षेत्रमा ६३ र ४० डिसेवल र शान्त क्षेत्रमा ५० र ४० डिसेवल गरी ६ क्षेत्रमा ध्वनीको वर्गिकरण गरेको थियो । विश्व स्वास्थ्य संगठनले भने ६० देखि ७० डेसिवल सम्मको ध्वनीलाई सुन्न सकिने ध्वनी र त्यो भन्दा माथिको ध्वनीलाई प्रदुषण मानेको छ ।
ध्वनी प्रदुषणले मानिस लगायत अन्य प्राणीहरु समेतलाई सुन्ने क्षमतामा कम गर्दै पछि वहिरोपन समेत गराउन सक्छ । रातदिन चल्ने हवाईजहाज मोटर गाडी उद्योग कलकारखाना को आवाज कोलाहलपूर्ण सहरी जनजीवनले रातमा निद्रा समेत राम्ररी नहुन सक्छ खासगरी वच्चा तथा गर्भावस्थाका महिलाहरुलाई यस्को ठूलो मनोवैज्ञानिक असर पर्दछ । उनीहरुमा टोलाउने एकोहोरो हुने र गर्भको वच्चामा समेत त्यसको असर पर्नेछ । यस्तो प्रदुषणले डिप्रेसन, हाईपरटेसन (उच्च रक्तचाप) र हिस्टेरीया हुन सक्ने कुरा विज्ञहरुले गरेका छन् । अत्याधिक मात्रामा ध्वनी प्रदुषण भए पछि घर परिवार, आफन्तजन छरछिमेक ईस्टमित्र संग राम्ररी कुराकानी समेत गर्न सकिदैन ।
मानव लगायत सवै जनावर चराचुरुङगी जैव जगतलाई निद्रा तथा आराम चाहिन्छ । शान्तीपूर्वक सुत्न र आरामगर्न नपाउँदा विभिन्न रोग लागेर अकाल मृत्यु व्योहोर्नु पर्ने हुन्छ । आधुनिक जीवनमा ध्वनी प्रदुषणको समस्या दिन प्रतिदिन वढिरहेको छ र समस्या पनि त्यसरी नै वढिरहेको छ ।
६) वैश्विक उष्णता तथा जलवायु परिर्वतन ९न्यिदब िधबचmष्लन बलम अष्mिबतभ अजबलनभ० ः– हरित गृह ग्यास अत्यधिक मात्रामा उत्सर्जन भएका कारण पृथ्वीमा दिन प्रतिदिन तापमान बढि रहेको छ । जनसंख्या वृधी, शहरीकरण, औधोगिकीकरण र यातायातको वढ्दो कारणले वातावरण अत्यधिक मात्रामा प्रदुषण भएका कारण वाष्फिकरण ९ ज्द्दइ०, मिथेन ९ऋज०, नाईट्रस अक्साईड ९ल्द्दइ०, ओजोन ९इ०, क्लोरोफ्लोरो कार्वन ९ऋँऋक्० र हाईड्रोेफ्लोरो कार्वन ९ज्अँअक ७ ज्ँऋक० जस्ता ग्यासहरुको उत्पादन हुन गई ओजन तह क्षयिकरण भएर पृथ्वीको तापमान वितेको १०० वर्षमा १.५ं फरेनहाईट वृधि भैसकेको छ । जस्को कारण जलवायुमा परिर्वतन आई सुख्खा खडेरी, अत्याधिक वर्षा, हावा हुरी, सामुन्द्रिक आंधी, वाक्लो हुस्सु र असिना खण्ड वृस्टि आदिका कारण कृषि क्षेत्रलाई ठूलो प्रभाव परि उत्पादनमा भारी गिरावट आएको छ । त्यसैगरी हिमरेखा ९कलयध ष्लिभ० पनि माथि सर्दै जांदा पहिले भैरहेका फसल वालीहरुलाई उपयुक्त हावापानी नभएर उत्पादन हुन छोडेको छ । जलवायु परिर्वतन के कारणले पहाडी र हिमाली जन जिवन र जैविक विविधता संकटपूर्ण अवस्थामा छन् । हिमनदी र हिमताल पग्लिएर फुट्ने तयारीमा छन् । हिमालमा रहेको हिउ दिनहू पग्लिरहेको छ र हिमालहरु काला पहाडमा परिर्वतन हुदैछन । खानेपानीका मुहान, श्रोत सिमसार क्षेत्र पनि सुख्खाग्रस्त भै रहेका छन् ।
संकटमा परेका जंगली जनावरहरु चराचुरुङगी र वनस्पति लोप भईरहेका छन् । जलवायु परिर्वतनले सिङ्गो मानव समुदाय र विश्वभरका जैविक विविधताहरुले संकटपूर्ण जीवन विताई रहेका छन् । विभिन्न प्राकृतिक प्रकोप र महामारीको सामना गरी राख्नु परेको छ । प्लेग, एचआइभीइ एड्स, सार्स, जीका भाईरस र अहिले कोरोना भाईरस (कोभिड–१९) जस्ता माहामरीबाट विश्व आतंकित भैरहेको छ । धनजनको ठूलो मात्रामा नोक्सान भईरहेको छ । दैनिक जिवन चलाउन अत्यन्त कस्टकर भएको छ भने वातावरणीय अवस्थामा सुधार भएन भने जीवन अरु थप कस्टकर हुने कुरामा दुईमत हुन सक्दैन । जलवायु परिर्वतन कै कारण सामुन्द्रिक जीवन पनि उति कै कस्टपूर्ण भईरहेको छ । सन् २०२१ सम्मा सामुन्द्रिक सतह १.८ फिट वृधि हुने अनुमान गरिएको छ । समुन्द्र तटीय वस्तीहरु डुस्ने हुँदा त्याहाँबाट सर्नु पर्ने भएको छ त्यसै गरी मालदिव्स समुन्द्रमा डुव्ने संकेत गरिसकेको छ । यी सवै परिणाम जलवायु परिर्वतनबाट आएको हो ।
नेपाल हिमाल, पहाड, तराई, नदीनाला, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज आरक्षहरु हिमताल र प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउहरु हेर्न वर्षेनी विदेशी पर्यटकहरु आउने गरेका छन् । पर्यटन उद्योगबाट नेपाललाई धेरै राम्रो फाईदा भएको छ र यस उद्योगबाट धेरै मानिसहरु रोजगार भएका छन् र वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य बाटो भएको छ तर जलवायु परिर्वतनका कारण यस क्षेत्रलाई उच्च जोखिममा राखेको कारण ठूलो चुनौति श्रृजना भएको छ ।
७) वन जंगल फडानी ९म्भायचभकतबतष्यल० ः– नेपालमा वन जंगल फडानी नियमित प्रकृया भित्रै पर्दछ । अन्य देशहरुमा पनि वढ्दो जनसंख्या र औधोगिकीकरणले वन जंगल फडानी गर्ने काम तिव्र रुपमा भै रहेको छ । नेपालमा जम्मा क्षेत्रफलको ३९.६% अर्थात ५८२८३.६७ वर्ग कि.मि. जमीन वनजंगलले ढाकेको छ । अहिले सम्म फडानी, बाढी पहिरो र आगलागी समेतबाट २४.५% वन क्षेत्र नस्ट भै सकेको छ । त्यसैगरी पृथ्वीको जम्मा क्षेत्रफलको ३१% क्षेत्रमा वनजंगल वाँकिरहेको छ भने १३ लाख वर्ग कि.मि. मा वन फडानी भै सकेको छ र १५.३ अरव रुखहरु प्रत्येक वर्ष फडानी गरिन्छ । वन जंगल फडानीका कारण जंगली जनावरहरु सम्पूर्ण जैव पारिस्थतीक प्रणाली, वाढी पहिरो हरितगृह ग्यासको अत्याधिक उत्सर्जन भएको छ । जंगल फडानीबाट खास गरी जंगली जनावरहरुको वासस्थानमा असर पर्ने भएको हुँदा वांसको खोजीमा चारैतिर भौतारिदा जंगली जनावरहरु मासिदै जान्छन । वन जंगलको फडानीबाट पानीका श्रोतहरु सुक्ने, वर्षा कमि हुन्छ । वनजंगल र वर्षाको विचमा अन्योेन्याश्रित सम्वन्ध छ । कृषि क्षेत्रमा सुख्खा खडेरीका कारण किसानहरु प्रत्यक्ष रुपमा मारमा परिरहेका छन् । आदिवासी समुदायहरु प्राय उनीहरुको जीवन निर्वाह वनजंगल संग रहेको हुन्छ र फडानी पछि उनीहरु संकटमा पर्दछन । वनबाट आपूर्ति हुने चिज वस्तुहरुलाई सहज आपूर्ति गर्न नसकेर उनीहरु वसाई सर्नु वाध्यता हुन्छ । जंगल मासिदै गएकै कारण वाघ, गैडा, रेडपाण्डा हिम चितुवा आदि जनावर उपयुक्त वासस्थान नभेट्दा मासिदै गैरहेका छन् । वातावरण भएको कार्वनडाइ अक्साईडलाई वोटविरुवा लिने गर्दछन तर यस्को संख्या वर्षेनी कमि हुँदै जादा कार्वनडाइ अक्साईड ग्यास सिधै १५% सम्म हरित गृह ग्यास भण्डारमा जम्मा हुृने हुँदा वैश्विक उष्माकरण हुन्छ र जलवायु परिर्वतन भै हाम्रो जीवनलाई पिडादायी वनाउंछ ।
८) अनुवांसिक परिमार्जन ९न्भलभतबअबििथ mयमषष्भम यचनबलष्कm० ः– जनसंख्याको वृधी संग संगै उत्पादनमा परिमाण पढाउने उदेश्यका साथ कृषि विज्ञानमा हरेक खोज अनुसन्धान भए र अनुवांसिक परिमार्जन युक्त फसलबाट उत्पादन वढाउन सकिन्छ र वढ्दो जनसंख्यालाई खाद्यान्न पुर्याउन सकिन्छ भन्ने उदेश्यका साथ यो पद्दतिलाई प्राथमिक्ताका साथ अगाडी वढाउने काम भयो । तर अहिले हाम्रा परम्परा रैथाने प्रजातिहरुलाई अनुवांसिक विउ विजनहरुले विस्थापित गरिरहेका छन् र ती स्थानीय विउ विजनहरु जो जैव स्वास्थ्य मैत्री हुनुको साथ साथै स्थानीय हावापानीमा अभ्यस्त भै रोग सहन क्षमता पनि वढि थियो । प्राकृतिक वरदानकै रुपमा जिवहरुको सृस्टि संगै प्राप्त भएको जैविक विविधताको यति धेरै महत्व छ जस्लाई हाम्रो परम्परा शिप तथा पद्धती तरिकाबाट तीनलाई हुर्काउन वढाउन र उपचार गर्न सहज तरिकाले सकिन्थ्यो तर तिनीहरुको प्रतिस्थापनको रुपमा आएका अनुवांसिक खेती अत्यन्त खर्चिलो रासायनिक विषादी र मलखाद अनिवार्य लगाउन पर्ने हुँदा वातावरण पनि त्यतिकै प्रदुषण भएको छ र खाद्यान्नमा पोषक तत्व पनि प्राकृतिक जातको भन्दा कमि रहेको छ । अनुवांसिक प्रजातिहरुको फसललाई विउको रुपमा अर्को पुस्ता जन्माउन नसकिने हुँदा कृषि जैविक विविधता पनि समूल रुपमा नस्ट हुने पक्का पककी भएको छ । किसानहरुले प्रयोग गर्दै आएका कैयौं धान, गहँु, मकै, तोरी दलहन आदि दिन प्रतिदिन लोप हुदै गईरहेका छन । अहिले किसानहरु प्रत्येक सिजनमा निगमवादी नाफाखोर व्यापारीहरुसंग चर्को मूल्यमा विउ विजन खरिद गर्न वाध्य छन । यो पद्दतिलाई सम्वन्धित तहका सरकारहरुले हस्तक्षेप गरी कृषि जैविक विविधतालाई वचाउनु पहल गर्नु पर्नेमा त्यसो नगरी नाफाखोर व्यापारीसंग मिलेर राज्यकोष दोहन गर्ने र प्रकारान्तरले किसान माथी नै शोषण गर्ने काम भैरहेको छ ।
ठूला विकसित मुलुकमा जि.एम.ओ खेतीवालीलाई रोग उपचार गर्दा हेलीकेप्टरबाट समेत विषादी स्प्रे गरेको हामीले देखेका छौ । जस्को कारण वातावरणमा कति असर हामी सहजै अनुमान गर्न सक्छौ । जिएमओ खेतीका लागि माटोमा अत्याधिक मात्रामा रासायनिक विषादी र मलखाद प्रयोग नगरीने हुने हुँदा माटोमा भएका जिवाणुहरु नस्ट भै माटो कंक्रिट जस्तै वञ्जर भएको छ । परागसेचनको माध्यमका रुपमा कृयाशिल चराचुरुङ्गी, भंगेरा, भमरा पुतली आदि पनि विषादी अत्याधिक प्रयोगका कारण लोप भैसकेका छन । किसानहरु जिएमओ खेती कै कारण आत्महत्या गर्ने अवस्थामा समेत पुगेका छन ।
९) प्राकृतिक श्रोत साधन र जैविक विविधताको लोप ९न्यिदब िधबचmष्लन बलम अष्mिबतभ अजबलनभ० ः– वातावरणलाई स्वच्छ हराभरा र नियमित प्रकृयाबाट संचालन गर्नका लागि प्राकृतिक श्रोत साधनलाई सन्तुलित ढंगबाट संचालन गर्नु पर्दथ्यो तर दुर्भाग्यवस प्राकृतिक श्रोत साधनहरुको न्यायोचित वितरण, उपयोग र प्रयोग हुन सकेन धनी र शक्तिशाली देशहरुले अत्यासधक रुपमा दोहन गरीरहेका छन् । त्यसै गरी गांउघर समुदायलाई हेर्ने हो भने पनि कमजोर, गरिव मानिस भन्दा धनी र शक्तिशाली व्यक्तिहरुले प्राकृतिक श्रोत साधनको वढी प्रयोग गरी वातावरणलाई प्रदुषण गर्ने काम गरीरहेका छन् । अहिले प्रकृतिमा भएका खनिज पदार्थहरु जस्तै युरेनियम, पेट्रोलियम, नेचुरल ग्यास, फलाम सुन चादी, टीन तामा सिसा जिङ्क कोईला वालुवा माटो ढुङगा, ग्रावेल जिपसन आदि अत्याधिक रुपमा उत्खनन गरी प्रयोग भैरहेको छ । अत्याधिक रुपमा प्राकृतिक श्रोत साधनको दोहन गरेका कारण आज विश्वमा यहि नै ठूलो र भयानक समस्या भएको छ । शक्तिशाली पहँचवाला राष्ट्रहरुले प्रकृतिलाई अन्यायपूर्ण ढंगले शोसन र दोहन गरी पर्यावरण ध्वस्त पारीरहेका छन् । र यस्को सहज रुपमा क्षतिपूर्ति पनि हुने वाला छैन । तिव्र दवावका कारण पर्यावरणीय विपत्तीलाई भने गरिव र कमजोर राष्ट्रलाई वढि असर गरेको छ । अहिले विश्वमा सैनिक शक्तिका लागि हात हतियार उत्पादन, भण्डारण र विक्रि वितिरणको होडवाजी चलेको छ । नीजि धन आर्जन गर्ने पनि उतिकै प्रतिस्पर्धा छ । विश्वको जनसंख्याको करिव १% मानिसले प्राकृतिक श्रोत र साधन लाको ९९% प्रयोग गर्दछन भने वाँकि ९९% मानिसले भने श्रोत साधनको १% मात्र प्रयोग उपभोग गर्दछन । यस तथ्यलाई हेर्दा वितरण र प्रयोगमा पनि ठूलो असमानता देखिन्छ, न्यायोचित वितरण छैन ।
दिन प्रतिदिन जनसंख्या वढिरहेको छ । मानिसहरु वसोवासको उद्योग, कलकारखाना, सडक, पुल आदि वनाउन विश्व भरिनै वन जंगल फडानी गर्ने काम तिव्र उपमा भएको छ जस्का कारण वन्यजन्तुहरुको वासस्थान संकटमा परेर दिनहु लोप हुदै गईरहेका छन् । समुन्द्रमा पेट्रोलियम पदार्थ, रासायनिक हानिकारक फोहर वस्तु तथा ठूलो मात्रामा प्लास्टिक थुप्रिन गएको कारण सामुन्द्रिक जीवहरु ठूलो परिमाणमा घाईते भई दैनिक रुपमा भरिरहदा सामुन्द्रिक पारिस्थितीक पद्दति पनि संकटमा परेको छ । त्यसैगरी समुचित रुपमा संरक्षण नहुँदा महत्वपूर्ण जडीवुटीहरु लोप भैरहेका छन् । ती जडीवुटीहरु जैव जीवनमा संजिवनीको रुपमा काम गरीरहेका थिए ।
प्राकृतिक श्रोत साधनलाई समुचित तथा न्यायोचित ढंगबाट प्रयोग गर्न नसकेकै कारण आज हामीले वैश्विक उष्णतालाई व्योहोरी रहेका छौं जस्का कारण हाम्रो दैनिक जीवन अतिकष्टकर भएको छ । त्यसै गरी प्रकृतिमा रहने सारा जैव विविधता माथि पनि श्रोत साधनको दुरपयोग गर्दा ठूलो अन्याय भएको छ । मूलत मानविय कृयाकलापबाट नै आजको विपत, महामारी, संकट र जैव जिवनको विलुप्ता हुने श्रृङखला भैरहेको छ । भविश्यमा हामीले पिउने, पानी, खाने आहारा श्वास प्रश्वासका लागि अक्सिजनको अभाव भई वातावरणीय हिसावले भयावह हुने स्थिती देखिन्छ ।
१०) जनसंख्या वृधि ९इखभच एयउगबितष्यल० ः– सन् २०२० सेप्टेम्वर सम्ममा विश्वको जनसंख्या ७ अरव ८० करोड पुगीसकेको छ । वार्षिक रुपमा ८ करोड १० लाख मानिस जन्मन्छन र ६ करोड २ लाख मानिस मर्छन । यसरी प्रत्येक वर्ष २ करोड ८ लाख मानिसको जनसंख्या वढिरहेको छ । पृथ्वीको जम्मा जनसंख्या थेग्न सक्ने क्षमता भनेको ९ अरव देखि १० अरव सम्म मात्र हो भन्ने प्रक्षेपण गरिएको छ । भविश्यमा वढ्दो जनसंख्याका कारण प्राकृतिक श्रोत साधनको खपत तथा उत्खन्न अहिलेको भन्दा धेरै वढि हुनेछ । वासस्थान र खाद्यान्नका लागि ठूलो परिमाणमा वनजंगल फडानी हुनेछ । पेट्रोलियम पदार्थको खपत पनि धेरै वढ्ने छ । जंगली जनावर र चराचुरुङगीहरुको संख्या पनि घट्दै जाने छ । असिमित रुपमा जनसंख्या वृधि भएपछि भोकमारी, कुपोषण सरुवा रोग र अहिले हामीले भोगीरहेको कोरना भाईरस (कोभिड–१९) जस्ता थुप्रै महामारी सामना गर्नु पर्नेछ । उपचार अभावमा धेरै मानिसले ज्यान गुमाउने छन् । जनसंख्या वृधि संगसंगै रोजगारीको समस्या पनि वढ्दै जाने छ धनि र गरिव विचको खाडल त्यतिकै फराकिलो हुनेछ । खेतीयोग्य जमीन बढाउनका लागि अक्सिजनको श्रोत मानिएका वनजंगल भारी मात्रामा फडानी गरी खेती योग्य जमीन वनाईने छ भने घरवास र उद्योग कलकारखानाका लागि खेतीयोग्य जमीन मासेर भौतिक संरचना वनाउदा खाद्यान्न संकट वढ्न जानेछ । प्राकृतिक श्रोत र साधन अहिले खपत भएको भन्दा दोव्वर रुपमा खपत हुनेछ जस्का कारण वैश्विक उष्णता र जलवायु परिर्वतनबाट पारिस्थिक प्रणाली, खेतीवाली पानीका श्रोतमा समस्या आईपर्ने छ । पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास लगायत खनिज पदार्थहरुको भण्डारण रित्तिदै जानेछ । समुन्द्रमा माछा मार्ने काम यति धेरै हुनेछ कि समुन्द्रमा माछा लगायतका जीवन समाप्त हुने गरी दोहन हुनेछ । पृथ्वीको तापमान वढ्दै जांदा अमेजन लगायतका घना जंगलमा वर्षौसम्म आगलागी भई वन्य जैविक विविधता नोक्सान हुने र ग्रिन हाउस ग्यास भण्डारणमा कार्वनडाइ अक्साईडको मात्रा अति धेरै हुनेछ । यति धेरै वातावरणीय असन्तुलन भैं त्यस्को परिणाम स्वरुप अहिले भैरहेको वातावरणीय संकट मानव कृयाकलापबाटै भएको हो भन्ने कुरामा ९७% वैज्ञानिकहरु सहमत भएको हुँदा अव वर्षेनी थपिदै जाने जनसंख्याको कारण पर्यावरणमा अरु थप संकट चुनौती छ ।
११) ओजन तह ह्रास ९इशयलभ बिथभच मभउभितष्यल० ः– अक्सिजन ग्यासको ३ अणु र ३ परमाणु मिलेर वनेको ग्यास नै ओजन हो । यो अत्यन्त विशालु ग्यास हो । यो पृथ्वीको वायुमण्डलबाट ३० फिट माथि स्थाई रुपमा तह वनेर वसेको हुन्छ । यसैलाई ओजन तह भनिन्छ । यस्ले सूर्यबाट आउने प्यारावैजनी विकिरणलाई ओजन तहले छेकेर पृथ्वी समम आउन दिदैन । ओजन तहलाई नाश गर्ने हानीकारक ग्यासहरुमा क्लोरोफ्लरो कार्वन लगायत विभिन्न ९४ वटा रसायन ग्यासहरु पर्दछन । उद्योग कलकारखाना र हाम्रो दैनिक जीवनमा प्रयोग हुने यातायात ईन्जिनहरुका धुँवा, फ्रिज, एअर कन्डीसनरबाट निस्कने ग्यास अत्तर, पफ्र्यूम लगायत गन्ध आउने सुगन्धित पदार्थहरुलाई ओजन तह विनाशकको रुपमा लिईन्छ । रंग रोगन इनामेल आदिले समेत ओजन तह नोक्सान गर्दछन । यस्ता ग्यासहरुले परावैजनी विकरण संग मिलेर ओजन तहलाई नस्ट गर्ने काम गर्दछन । यी ग्यास अति धेरै हानिकारक हुन्छन कि एउटा क्लोरीनको अणुले हज्जारौ ओजनका अणुलाई नस्ट गरीदिन्छ ।
यसरी ओजन तहको विनाश भयो भने प्यारा वैजनी किरणहरु सोझै पृथ्वीमा आउछ र जीव जगतमा क्यान्सर लगायत विभिन्न रोग लाग्दछ । पृथ्वीको अन्य क्षेत्रमा २०% जति ओजन तह नस्ट भएको छ भने अन्टार्टिका माथी भने झण्डै ८०% ओजन लिएर चिसो मौसम र क्लोरीनका वाक्लोपनको कारण विनाश भै रहेको छ । परमाणु तथा न्यूक्लियर भट्टीहरुबाट भारी मात्रामा ओजन तहलाई नस्ट गर्ने ग्यास दिनहु उत्पादन भै रहेको छ । ओजन तह विनाशको कारण सामुन्द्रिक इकोसिस्टम वनस्पति, जैविक विविधता, मानव स्वास्थ्य र समग्र पर्यावरणमा असर पर्दछ । अम्लिय वर्षा र नुनिलो वर्षाका कारण कृषि क्षेत्रको उत्पादन र खाद्यान्नको गुणात्मक अवस्थामा कमि आएको छ । हामीले ओजन तहलाई वचाउन सकेनौ भने जीवहरुमा आंखाको रोग, शारिरीक वृधिमा कमि, मुटुको रोग लागेर मृत्यु हुन्छ । त्यसैगरेर गर्भधारण क्षमतामा समेत कमि आई शरिरमा रोग संग लड्ने क्षमताको ह्रास आउंछ ।
१२) जैविक विविधताको ह्रास ९ीयकक या दष्यमष्खभचकष्तथ० ः– पृथ्वीमा जैविक विविधताको उत्पति संगसंगै एक आपसमा पारिस्थितीक प्रणालीमा निर्भरताको अवस्थामा जीवन चक्र चलीरहेको हुन्छ । एक आपसमा सवैको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अहिले औद्योगिकरण, भौतिक विकाश निर्माण, खेतीयोग्य जमीन वनाउने देखि वसोवास गराउन समेत वन जंगल मास्ने काम तिव्र रुपले भएको छ । यसरी जंगल मासिदा वन जंगलमा आश्रित जैविक विविधता लोप भएर गएका छन् । वढ्दो जनसंख्यालाई खाद्यान्न वढाउने भनि कृषिमा अत्याधिक रासायनिक मल विषादी प्रयोग भैरहेको भने विविधायुक्त स्थानीय विउ विजनको शट्टा अनुवांशिक विउ विजनको प्रयोगले कृषि जैविक विविधतामासंकट परेको छ । खेतीवारीमा हुने शुश्म जीव र परागसेचन कृयामा संलग्न चराचुरुङगी भमरा माहुरी र पुतली नस्ट भैसकेका छन् । अत्याधिक मात्रामा समुन्द्रमा ठोस फोहर र रसायन डम्पिङ्ग भएका कारण समुन्द्रि जीव जगत पनि संकटमा परेका छन् । त्यसरी नै दिन दिनै हुने प्राकृतिक प्रकोपका कारण पनि जल, स्थल र आकाशमा विचरण गर्ने प्राणीको विनाश भैरहेको छ । समुन्द्र छेउछखउमा वस्ने मछुवारे, माझी र अन्य समुदाय पनि सकसपूर्ण ढंगले जीवन विताई रहेको छ । जैविक विविधता ह्रास हँुदै जांदा समुन्द्रमा माछाको संख्या कमि भएकाले माछा मारेर जीविका गर्ने समुदाय प्राचिन समय देखि जंगलमा निर्भर भएर आएका समुदाय अहिले वातावरण प्रदुषणको कारण तिनीहरुको गुजारा चल्न छोडेको छ ।
जैविक विविधताको ह्रास पश्चात वातावरणमा ठूलो वदलाव आएको छ । खासगरी इकोसिस्टम प्रणालीमा असर पुगेर थुप्रै जीव मरेर गैरहेका छन् । दैनिक रुपमा झण्डै १४० देखि १५० प्रजाती सम्म प्रतिदिन लोप भएर गैरहेको अवस्था छ । जस्को कारण जलवायु परिर्वतन भैरहेको छ यस्ले समग्र क्षेत्रलाई असर पुगेको छ । अधिकतम रुपमा शिकार गर्ने माछा मार्ने, वनजंगल नदीनाला दोहन गर्ने र क्षमता भन्दा वढि कृषिवाली उत्पादनले पनि वातावरणमा नकारात्मक प्रभाव परेको छ । त्यसैगरी नेपालको भौगोलिक रुपमा हिमाल, पहाड, तराई चुरे आदि क्षेत्रमा जल, जमीन जंगल तथा वायुमण्डल सारा नै जैविक विविधताको विनाशले वातावरणमा भयानक खरावी आएको छ । यो समस्या विश्वभरी नै भयावह भै रहेको छ ।
१३) कृषि क्षेत्रमा संकट ९ब्नचष्अगतिगचभ अचष्कष्क० ः– विश्व तथ्याङ्क हेर्दा झण्डै ६०% जनसंख्या अझै पनि कृषिमा निर्भर भएको देखिन्छ भने नेपालमा प्रत्यक्ष कृषिमा निर्भर हुनेको संख्या करिव ६६% रहेको छ । नेपालमा कृषि क्षेत्रबाट राष्ट्रिय आयमा ३३% योगदान रहेको छ । कृषि उपजलाई जीवन वचाउने आधारको रुपमा परिभाषित गरिनुपर्ने थियो तर अहिले यस्लाई व्यवसायको रुपमा लिईराखेको अवस्था छ र यस्लाई अनुवांशिक वनाएर, कृतिम हार्मेनको प्रयोग लगायत अन्य धेरै अमानविय तकनिकी प्रयोगबाट उत्पादन वृधि गर्ने प्रकृया चलिरहेको छ । त्यसैगरी अत्ति धेरै रासायनिक मल तथा विषादी प्रयोग गरेर वढी उत्पादन लिने कामले कृषि क्षेत्र र प्रकृति माथी दोहन भएको छ, जो अमानविय र संकटग्रस्त छ । खेतीवारीमा विभिन्न किसिमका हानिकारक फोहोर मैला, रासायनिक तत्व, औद्योगिक क्षेत्रबाट निस्कने अति हानिकारक फोहरबाट जमिनको उर्वराशक्ति ह्रास आएको छ । वाढी पहिरो, धुवाधुलो, अप्राकृतिक वर्षादले पनि माटोको उर्वर क्षमता कमि गराएको छ । जंगल फडानीले वर्षाद कम हुने खोला नाला सिमसारबाट आउने पानीका मूल सुख्खा हुँदा सिंचाईकोे अभावमा प्रभाव परि उत्पादन कम हुने गरेको छ । जमीनको खण्डिकरण, प्लटीङ्ग घडेरी विस्तार बाट जमीनको ठूला ठूला फाँटमा कृषि वाली लगाउन सकिएको छैन । हामीले कृषिलाई चाहिने प्राकृतिक मल गाई भैसी पशुपालनबाट प्राप्त गर्दै आएकोमा पछिल्लो अवस्थामा किसानहरु पशुपालन छोडेर रासायनिक मल संग निर्भरता हुँदै वढाउदै जाँदा यस्ले वातावरणमा र खाद्यवली लगायत मानव स्वास्थ्यका लागि समेत गम्भिर असर पुर्याएको छ । विकाश खेती तथा हरित क्रान्तीका नाममा अनुवांशिक खेतीमा किसानहरुलाई अभ्यस्त गराउँदा हाम्रा अति महत्वपूर्ण स्थानीय जातका जैविक विविधता संकटमा परेका छन । दिन प्रतिदिन विलुप्त हुदैछन यस्ले कृषि जैविक विविधता पुरै लोप भई किसानहरुले अत्ति धेरै मूल्य तिरेर कर्पोरेट विउ विजन घरना संग खरिद गर्नु पर्ने देखिन्छ । हाम्रा कृषिवालीहरुलाई खाद्यान्नको रुपमा मानिस तथा जनावर दुवैलाई उपभोग गर्दै आएकोमा अहिले अति विषादीका कारण कतिपय अवस्थामा ती वालीनालीका वोट, पराल, खोल्टा, मकैका टुप्पा आदि घासको रुपमा खुवाउँदा पशुस्वास्थ्यमा असर पर्नेछ गरी उत्पादन वनाएका छौं । जस्तो कट्न लुगा वनाउन प्रयोग गरिन्थ्यो र त्यस्को वोट र पातबाट गाई वस्तुले खाने खुवाउने गरिन्थ्यो अहिले विषादी युक्त वि.टी. कटनका विउ प्रचलनमा छ जो विषादीबाट विउमै उपचार गरिएकोले त्यो वोटविरुवा गाईवस्तुलाई घासको रुपमा ख्वाउन योग्य छैन ।
किसानहरुलाई सरकारहरुले नै परम्परा प्राकृतिक पद्धति समाप्त पार्न उदत्त गराएर ठूलो भूल गरेको छ । जेनेटिक इन्जिनियरीङ पद्दति भनेको प्राकृतिक दिगो खेतीको शत्रु हो भन्दा फरक पर्दैन । अहिले रासायनिक मल खाद र विषादी युक्त अनुवांशिक खेतीले उत्पादन वढी दिन्छ भन्ने जुन भ्रमवश गरिएको दावी पनि मिथ्या सावित भएको छ । यो पद्दतिमा प्रत्येक वर्ष विउ किन्नु पर्ने रासायनिक मलको मात्रा प्रत्येक वर्ष थप्दै जानु पर्दा लागत बढ्दै जाने हुँदा तुलनात्मक रुपमा यो खेती सुलभ देखिदैन । खेतीलाई हामीले दीगो वनाईराख्न प्राकृतिक पारिस्थतीक पद्दतिलाई दीगो राख्न परम्परागत मल विउ खेती पद्दतिलाई सुधार गरेर वढाउने प्रयास भएको भए आज कृषि क्षेत्रबाट वातावरणमा भएको विनाश पुरापुरी रुपमा रोकिने थियो । आज कृषि क्षेत्र चौतर्फी रुपमा घेरावन्दीमा परेको छ । वातावरणीय प्रभाव जलवायू परिर्वतनले हामीले कल्पना नगरेका घट्ना घटी रहेको हुँदा ठूलो मार व्योहोर्नु परेको छ । सुख्खा खडेरी, अत्तिवृस्टी, खण्डवृस्टि, अति हिमपात असिना एसिड वर्षा वाडी पहिरो आदिले कृषि क्षेत्रलाई तहशनहश वनाएको छ ।
आज यस्तो विषम परिस्थिती श्रृजना भएको छ कि कृषिक्षेत्र आफैमा दीगो हुन विभिन्न परिस्थितीले व्यवधान श्रृजना गरेको छ । व्यापारी तथा विचौलियाहरुको पनि ठूलो स्वार्थ रहदा यस क्षेत्रलाई प्राकृतिक रुपमा उत्पादन फर्काउन ठूलो समस्या भएको छ भने कृषि क्षेत्रमा भए गरेका कृयाकलाप जस्तो रासायनिक विषादी मलखाद, कृषि वालीका वाई प्रोडक्ट जलाउने वातावरण तथा मानव स्वास्थ्यको लागि ठूलो चुनौती भएको छ । यस्लाई जिवन वचाउने आधारको रुपमा वचाउन मूलत किसान र यस क्षेत्रमा काम गर्नेहरुले निकै ठूलो संघर्ष गर्नु गर्दै पनि संभव भैरहेको छैन । प्राकृतिक कृषिमा थुप्रै प्रजातीहरु खेती गरिन्थे र त्यसमा मानव लगायत विविध पशु चराचुरुङ्गी अन्य जैव जगत आश्रित थिए । अहिले व्यापारिक रुपमा नाफा घाटाको हर हिसावले चल्दा धेरै कृषि जैविक विविधता लोप भएर वातावरण विनाश भई अपुरणीय क्षति व्योहोर्नु पर्ने वाध्यता भएको छ । क्रमश ः