Pin It

दुइ तिहाइ वहुमतको वामपन्थी सत्ताको पतनसंगै भएको सरकार परिवर्तन, कोरोनाको दोश्रो लहरको पुनारागमन र नेपाली काँग्रेशको आसन्न १४ औं महाधिवेशको चर्चाले मुलुक यति वेला तरंगीत वनेको छ ।

                सर्वोच्च अदालतको निणर्य वाट के.पी. ओलीको सत्ता पतन पछि नेपाली  काँग्रेशका सभापती सेर वहादुर देउवाको नेतृत्वमा वनेको गठवन्धन सरकारले कोरोना महामारी विरुद्धमा खोप अभियान लाई प्राथमिकता दिएर अगाडी वढाएपछि जनतामा केहि सन्तुष्टि देखिए पनि यतिवेला नेपाली काँग्रेशको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका स्थगीत भएपछि अहिले महाधिवेशनको नया मिति र विभिन्न तहका पदहरुमा काँग्रेश कार्यकर्ताहरुको उमेदवारी घोषणाले ब्यापक चर्चा पाएको यसै सन्दर्भलाई समेटेर परिवर्तन खबर डट कम डट एनपि ले नेपाली काँग्रेश मोरड्डका सभापती पदका लागी आफ्नो उमेदवारी घोषणा गर्नु भएका वर्तमान सभापती डिग वहादुर लिम्वु सँग गरिएको कुराकानीको सार संक्षेप प्रस्तुत गर्ने जमर्को गरेको छ ।

प्रश्नः आसन्त १४ औं महाधिवेशन र आफ्नो उमेदवारीको विषयमा केहि वताइदिनुहोस न ?

उत्तरः नेपाली काँग्रेशको १४ औं महाधिवेशन नजिकै आइरहेको अवस्था छ, मेरो आफ्नो उमेदवारीको कुरा चाहि म के अनुरोध गर्न चाहन्छु भने मोरड्डवाट प्रतिनिधित्व गर्ने सवै केन्द्रिय नेताहरुसंग पनि मैले परामर्श लिइरहेको अवस्था छ । जिल्ला गाउ, नगर र वडामा रहेका महत्वपुणर् साथीहरुसंग पनि परामर्श लिइरहेको अवस्था छ । मेरो व्यक्तीगत चासो चाहि केहि वढुवा होस भन्ने नै हो तर परिस्थिति नवन्ने नै हो भने मैले फेरी आफ्नो ठाँउमा फर्केर प्रतिस्पर्दा गर्नु पर्ने वाध्यकारी अवस्थै रहेको छ । त्यसकारण मेरो उमेदवारी चाहि सवैको साझा उमेदवारीको रुपमा लिएर जान चाहन्छु । अहिले स्थानिय तहको अधिवेशन स्थागीत भएकोले गर्दा अहिले त्यती हत्तार गरिहाल्नु पर्ने अवस्था पनि छैन । केन्द्रिय समितिमा जुन क्रियासिल सदस्यताको विवाद छ, त्यो सकिएपछि अधिवेशनको मिति तय हुन्छ र त्यसपछि म आफ्नो उमेदवारी लाई लिएर अझ ससक्त तरिकाले साथी भाइहरुको माझमा आउनेछु भन्ने सवैलाई अनुरोध गर्न चाहन्छु ।

प्रश्नः १४ औं महाधिवेशनको पहिलो तालिका स्थगीत भएको छ अव माहाधिवेशन के होला ? भन्ने आशंका भइरहेको छ तर याहाँले क्रियाशिलको विवाद सकिएपछि नयाँ मिति तय हुन्छ भन्नु भयो तत्काल महाधिवेशको मिति तय हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

उत्तरः पहिला त क्रियाशिलको विवाद टुड्डो लगाउनु पर्यो, त्यसपछि  मतदाता सुचि तयार हुन्छ, त्यसपछि महाधिवेशन गर्नका लागी पुर्वाधार पुराहुन्छ, मतदाता सुचि भनेको क्रियासिल सदस्यताको स्विकृति हो, त्यो नभइकन मतदाताको सुचि तयार हुन सक्दैन, त्यसै कारण त्यो विषयलाइ टुड्डाउनु पर्छ, पहिलो कुरा अर्को कुरा चाहि तोकिएको मिति मै महाधिवेशन हुन्छ की हुदैन भन्ने खालको आंशकाहरु वढी रहेको अवस्था छ यसमा म के भन्न चाहन्छु भने कोरोनाको संक्रमण अहिले वढी रहेको अवस्था छ, शहरलाई छाडेर भित्रि गाउँहरुमा पनि भयावह अवस्था वनेको छ । त्यसको अदाहरणका लागी झापाका १० वटा पालीका लकडाउन भइसके, मोरड्डकै उर्लावारी पनि लकडाउन भइसकेको अवस्था छ । यसरी संक्रमण वढ्दै वढ्दै देशै लकडाउन गर्ने परिस्थिति वन्यो भने यो महाधिवेशन पनि तोकिएको मितिमा हुन सकक्ने अवस्था देखिदैन महामारी र अहिलेको वर्षातको समयलाई ध्यानमा राखेर हामीले उचित निकाशा दिनु पर्ने आजको आवश्यकता हो । यसका लागी सवै पार्टीका नेताहरुले एक आपसमा विश्वासको वातावरण तयार गरेर अधिवेशनको मितिलाइ अलिकति वरतिर परतिर गर्दा अप्ठारो परिहाल्ने अवस्था होइन, अहिले चाहि पार्टी र सरकारले जनताको जिवनको रक्षा गर्न सव भन्दा ठुलो भुमिका निर्वाह गर्नु पर्ने कुरा आउछ, अव महामारीले मान्छे मरिरहेको अवस्था छ । यस्तो वेलामा नेपाली काँग्रेशको महाधिवेशको लागी मात्रै कुरा सोच्ने, मान्छेको जिवन रक्षाको लागी नसोच्ने हो भने जनतामा नकारात्मक सन्देश जान सक्दछ त्यसकारण यो गम्भिर विषयलाइ पनि नेपाली काँग्रेशले अनदेखा गर्न मिल्दैन । यो सँग सँगै मिलाएर मिल्दो जुल्दो ढंगले अधिवेशनका मिति तयार गरेर अगाडी वढ्नु पर्ने हुन्छ ।

प्रश्नः हल्लाको रुपमा काँग्रेशको महाधिवेशन दुई वर्ष पछि सर्छ भन्ने आइरहेको छ , सत्य के हो ?

उत्तरः हल्लाको पछि हामी किन लाग्नु पर्यो र । तेत्रो समय पछि लैजाने सम्भावना छैन, वैधानिक रुपमा भदौ महिना भन्दा उता जान सक्ने अवस्था छैन । तर हामीसंग वाध्यता के छ भने कोरोनाको महामारी छ त्यस कारण यो कुरोलाई देखाएर उचित समयका निम्ती वरतिर परतिर गर्न सकिने कुरा सोच्न सकिन्छ तर दुइ वर्ष सम्म जान्छ भन्ने मलाइ लाग्दैन त्यो हल्लाको पछि लाग्नु उपयूक्त हुँदैन ।

प्रश्नः याहाँले अधि म साझा उमेदवार भन्नु भयो काँग्रेश केन्द्रवाटै गुट, उपगुट मा विभाजित छ मोरड्डमा चाहि साझा उमेदवार सम्भव होला ?

उत्तरः सम्भव गर्नुपछ भन्ने मलाइ लाग्छ किन भने गुटको कारणले गर्दा काँग्रेश कमजोर भया। । गुटको कारणले गर्दा सहि कार्यकर्ताको मुल्याड्ढन हुन सकेन । गुटको कारणले गर्दा जस्तो सुकै मान्छेलाइ वाकेर लगेर जिम्मेवारी दिने, गुटको कारणले सहि र योग्य पुराना र निष्ठावान मान्छेलाई आझेलमा पार्ने खालको प्रवृति वार वार देखिन थालेको अवस्था छ । त्यसकारण पार्टीमा लामो समय सम्म काम गरेका प्रजातन्त्रका लागी मानव अधिकारका लागी स्वतन्त्र न्यायापालीका का लागी समग्रमा नेपाली काँग्रेशको मूल्य मान्यता त्यसको आदर्श, सिद्धान्तलाई वोकेर काम गरेका लामो समय सम्म योगदान पुर्याएका साथीहरुको मान मर्दन हुने काम भइरहेको छ , त्यसलाई रोक्नको निमित्त गुट भन्दा माथी उठेर काम गर्न सक्नु पर्दछ । नेपाली काँग्रेशलाइ वलियो वनाउनु पर्दछ । अहिलेको २१ औं शताब्दीमा नेपाली काँग्रेशले उठाएका मुद्धाहरुले प्रत्येक यूवाहरुलाइ छुनु पर्दछ । प्रत्येक किसानलाई छुुनु पर्दछ, प्रत्येक मजदुरहरुलाइ छुनु पर्दछ र सिमान्तकृत वर्गलाइ छुनु पर्दछ , काँग्रेशले त्यो खालका मुद्दाहरुलाई उठाएर जानु पर्दछ, गुटगत कुरामा लाग्यौ भने हामी यो कुरा उठाउन सक्दैनौ । एउटा गुटले उठाएको कुरा अर्को गुटले काट्ने । एउटा गुटले राम्रै कुरा उठायो भने पनि अर्को गुटले काट्ने त्यसकारण काँग्रेशले उठाएका महत्वपुणर् मुद्दाहरु पनि जन समक्ष जान सकिरहेको छैन । त्यसकारण जनताका आधारभुत आवश्यकता परिपुर्ति गर्ने खालका मुद्दाहरुलाई काँग्रेशले अगाडी सार्नुपर्दछ , त्यो गुट भन्दा माथी उठ्यौं भने मात्र हामी त्यो मुद्दा उठाउन सक्छौं । त्यसकारण गुटभन्दा माथी उठ्न पर्दछ भन्ने मेरो मुद्दापनि छ । यो मुद्दामा पार्टीका नेताहरु पार्टीका कार्यकर्ता सवै साथीहरुले काँग्रेश हितको लागी संगठनको वृहत्तर हितको लागी एकताका लागी यो साझा मुद्दालाइ स्विकार गर्नु हुन्छ भन्ने मलाइ पुणर् विश्वास छ ।

प्रश्नः तपाइले १३ औं महाधिवेशनवाट अहिले सम्म पाँच वर्ष सभापति चलाइ सक्नुभएको छ, अव फेरी डिगवहादुर लिमु कै सभापतित्व के का लागि ?

उत्तरः संगठनमा लामो समय देखि काम गर्दै आएको कुरा सवैलाई थाहा छँदैछ ।  म सभापती भएर आइसकेपछि पनि संगठनका गतिविधिहरु हामीले निर्वाधरुपमा अगाडी वढाएको अवस्था छ विभिन्न चरणका निर्वाचनहरु हामीले सम्पन्न गर्यौं । संविधान सभावाट संविधान त्यो मुद्दाहरु थातिनै छन तिन लाइ पनि सम्वोधन गर्दै अगाडी वढ्न जरुरी छ र थप्रै साथीहरुलाइ पार्टी संगठनको रुपमा एकाकार गरेर पंतिवद्द गरेर नेपाली काँग्रेश मोरड्ड जिल्ला कार्य समितिको संगठन लाई सुदृढ गरेर लैजान वाँकी नै छ, त्यो कामलाइ निरन्तरता दिन वाँकी नै छ र मोरड्डवाट आगामी दिनमा निर्वाचनमा विजय गराएर नेपाली काँग्रेशको वर्चस्व र नेपाली काँग्रेशको शक्त्ती प्रदर्शन गर्नु पर्ने पनि वाँकी नै छ । ति मुद्दाहरुलाइ फेरी पनि साथीहरुसंग मिलेर अगाडी वढाउनु पर्ने यावत कुराहरु वाँकी रहेको अवस्था छ ।

                आवश्यकता र परिस्थिति अनुसार ति मुद्दाहरुलाइ उठाउनका निम्ति पनि मैले मोरड्ड जिल्लामा उमेदवारी दिएर उभिनु पर्ने अवस्था देखिएको छ त्यसलाइ पनि मैले साझा रुपमा लानुपर्छ साझा रुपमा यसलाइ स्विकार्नु पर्छ भनेर मैले मुद्दा उठाउन खोजेको कुरापनि त्यहि हो खास गरी पार्टीलाइ चाँहि गुट भन्दा माथी उठेर नेपाली काँग्रेशको संगठनलाइ वलियो वनाउने कुरामा सवै कार्यकर्ताहरु वडा देखि जिल्ला तह सवै नेता कार्यकर्ता साथीहरुले स्विकार गर्ने खालको मुद्दा उठाएको छ । त्यो मुद्दालाइ जिवन्त राखेर अगाडी वढाउन पनि परिस्थितिले मेरो उमेदवारी दोहाराउनु पर्ने अवस्था देखिरहेको अवस्था छ र यसलाइ सवै साथीहरुले सकारात्मक रुपमा र स्वभाविक रुपमा ग्रहण गर्नु हुन्छ भन्ने मैले पुणर् विस्वास गर्न चाहन्छु ।

प्रश्नः तपाइले आफ्नो उमेदवारीको वारेमा पुष्टी गरि रहँदा उठायनु भएका मुद्धाहरु नै नेपाली काँग्रशे मोरड्डका समस्याहरु हुन ?

उत्तरः हैन समस्या अरुपनि छन । केन्द्र देखि जिल्ला सम्म समन्वय अभाव भएको कुरा जिल्लाले पनि तल्लो निकायमा समन्वयको हिसावले कामहरु लानु पर्ने कुराहरु देखि लिएर याँहाको विकाश निर्माणको कुरा, सांगठानिक अरु कुराहरु पनि छन । जनताले आवश्यकता महसुस गरेको समस्यालाइ समाधान गर्ने कुरा जस्तै तटवन्धनका कुरा, विकाश निर्माणका कुरा, वाटो घाटोको कुरा, सिचाइको कुरा खानेपानीको कुरा भो विद्यालयको कुरा भो कलेजको कुरा भो सुकुम्वासीको मुद्दा भो मजदुरहरुको समस्या यो/यो कुरालाइ पनि नेपाली काँग्रेसले सदैव सम्वोधन गरेर उच्च प्राथमिकताका साथ लिएर अगाडी वढ्नु पर्ने काँग्रेशको दायित्व पनि हो यो दायीत्व वाट काँग्रेश पन्छिन मिल्दैन । यो समस्यालाइ नेपाली काँग्रेशले आफ्नो पार्टी भित्र रहेर गर्नुपर्ने समस्याका रुपमा पनि काँग्रेशले यसलाइ अंगीकार गरेको अवस्था छ र काँग्रेशको सांगठानिक समस्या देखि लिएर विकाश निर्माण देखि लिएर यावत किसानको समस्या मजदुरको समस्या वेरोजगार यूवाहरुको समस्या व्यापारीहरुको उद्योग पतीहरुको समस्या समग्रमा जे दखिएको अवस्था छ त्यो सवै समस्या संग जुधेर नै काँग्रेशको संगठन विस्तार गर्न त्यो विचवाटो वाट लिएर नै अगाडी वढ्नु पर्ने चुनौतीहरु छ , त्यो चुनौतिहरुको सामना गर्नु पर्ने काँग्रेशको छुटै दायीत्व पनि छ त्यस कारण काँग्रेशले याँहा देखिएको थुप्रै राष्ट्रियरुपमा जिल्लागत रुपमा स्थानिय रुपमा देखिएका जति पनि समस्याहरु देखिएका छन त्यसलाइ पनि काँग्रेशले आफ्ना ठानेर दायीत्व भित्र परेको कुरा ठानेर व्यावस्थापन गर्दै जानु पर्ने चुनौतीहरु पनि छ त्यो कुराहरुलाइ पनि काँग्रेशले ग्रहण गरेर अगाडी वढ्नु पर्ने हुन्छ ।

प्रश्नः अन्त्यमा दाइ यो संयोग वश भनौ १४ औं महाअधिवेशनको मुखमै आएर सरकार परिवर्तन भयो र एकाएक नेपाली काँग्रेशको नेतृत्वमा सरकार निर्माण भयो सरकारलाई सफल वनाउन जिल्ला या सरकारमा सहभागी दलहरुमा कस्तो समन्वयको खाँचो छ र याँहाहरु के गर्दै हुनु हुन्छ ?

उत्तरः अहिले अव केन्द्रमा नेपाली काँग्रेशको सरकार स्थापना हुनु भनेको समयको माग हो।उृसु्र ७४ सालको निर्वाचनमा नेकपालाइ दुइ तिहाइ भन्दा वढी जनताले विश्वास गरेर जनमत दिए । नेकपाका पार्टी अध्यक्ष के.पी. ओलीको नेतृत्व सरकार वन्यो त्यो सरकारले जन आकांक्षा अनुसार काम गर्न सकेन त्यो सरकार भ्रष्टाचार मा डुव्यो, कमिसनमा डुब्यो सारा सरकारी सम्पती पार्टीका नेता कार्यकर्ताका नाममा दर्ता गरेर सवै स्वाहा गर्ने काममा लाग्यो । त्यसले जनताको आकांक्षा भन्दा विपरित जनताले दिएको अभिमतको अपमान गरेर नेकपा सरकारले जुन काम गर्यो त्यसले देशको विकाश हुन सकेन देशमा जनता ले चाहेको कुरा अगाडी वढ्न सकेन । त्यसलाइ व्यावस्थापन गर्नका निम्ति समयले नेपाली काँग्रेशको नेतृत्वमा सरकार गठन गर्नु पर्ने आवश्यकता देखियो त्यसमा विभिन्न राजनैतिक दलहरुले समेत नेपाली काँग्रेशको पार्टी सभापती सेर वहादुर देउवाको नेतृत्व स्विकार गर्नु पर्ने परिस्थिति आयो । त्यो परिस्थिति अनुसार अहिले नया सरकार वनेको छ । यो सरकार केन्द्रमा जनु ढंगले अगाडी वढ्छ । त्यो हिसावले नै जिल्ला गाउँ तह सम्म हामी समन्वय गरेर अगाडी वढ्छौं । र यो सरकारले समन्वयात्मक ढंगले देशकोे सम्पूणर् समस्यालाई सम्वोधन गर्नु पर्छ  । अहिले स्वास्थ्य समस्यामा जल्दो वल्दो रुपमा कोरोनाको संक्रमण देखिन्छ यो वाट सवै नेपाली जनतालाइ मुक्त गर्नु पर्ने र सुरक्षित राख्नु पनि सरकारको पहिलो दायीत्व भनेर प्रधानमन्त्रीले व्यक्त गरी सक्नु भएको छ, र हामी जिल्ला, गाउँ, नगर, वडा तहको सवै कार्यकर्ता पनि त्यहि पंक्तिमा रहेर जनताको स्वास्थ्यलाइ सुरक्षित राख्ने कामको निमित्त राजनितिक रुपमा सामाजिक रुपमा रहेर हरेक तहलाइ जिल्लाले समन्वय गरेर अन्य राजनैतिक दलहरु संग मिलेर काम गर्ने एउटा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु र केन्द्रले जसरी मिलाएको छ त्यहि हिसावले तल वार्ड स्थानिय तह सम्म हामी त्यहि हिसाबले काम गर्छौं ।