az
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केही नेताहरुले पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा गुन्डागर्दी देखाइरहेको आरोप लगाएका छन् । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेको विरोधमा जारी धर्नामा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले यस्तो बताएका हुन् ।
त्यस्तै उनले डडेल्धुरामा सभापति शेरबहादुर देउवा पक्षले प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाए । उनले कांग्रेसको इतिहासमै अहिलेसम्म नभएको काम डडेल्धुरामा भएको उनको भनाइ छ । ‘डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छ,’ उनले भने, ‘७५ वर्ष लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा यस्तो भएको थिएनi]=8