काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारीका उम्मेदवार हुनेहरूको नाम लगभग टुंगिएको छ ।
सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उम्मेदवार हुने भएका छन् ।
महामन्त्री पदमा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेलको नाम टुंगिएको छ भने अर्को महामन्त्रीमा डा. प्रकाशशरण महत उम्मेदवार बन्ने निश्चितजस्तै छ ।
सहमहामन्त्री पदमा मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही तथा महिलाबाट डीना उपाध्याय उम्मेदवार हुने भएका छन् ।