Pin It

असार, काठमाडौं काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले गएराति साढे बजे सूचना जारी गरी पछिल्लो चार घण्टा काठमाडौं उपत्यका, काभे्रपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा आसपास भारी वर्षा मापन भएको जानकारी दिंदै सतर्कता अपनाउन आग्रह गरेको थियो

साथै बागमतीका सहायक नदीहरू मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा बहाव सतर्कता नजिक पुगेको भन्दै सूचनामा तटीय क्षेत्रमा अर्को चार घण्टा उच्च सतर्कता अपनाउन भनिएको

जल तथा मौसम विज्ञान विभागले आज बिहान साढे बजे ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पारेको बढ्दो क्रममा रहेको भन्दै आज बिहान बजेसम्म बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन एसएमएस मार्फत् आग्रह गरेको

जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको भोर्लेनी स्टेसनमा पनि भारी वर्षा मापन भएको त्यहाँको वर्षा खतराको तहसम्म पुगेको बाढी पूर्वसूचना केन्द्रले जनाएको

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश , मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशका केही बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको

साथै प्रदेश , बागमती प्रदेश गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको