Pin It
 

विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको हो  ।