विराटनगर , भ्रष्टाचार विरुद्ध मेचिकाली अभियानले सुरु गर्न लागेको मेचिकाली भ्रष्टाचार विरोधि महाअभियान लाइ मोरङ्ग को एघार दलीय मोर्चाले पुर्ण सर्मथन गर्ने भएको छ ।
मोर्चाका संयोजक नेपाली काँग्रेस वी पी का केन्द्रिय सदस्य अशोक पौडेलको सभापतित्व हिजो विराटनगरमा सम्पन्न एघार दलको बैठकले निकट भविष्यमा मेचि नदि बाट सुरु गरेर महाकालीमा अन्त्य गरिने भ्रष्टाचार विरोधि महायात्रा लाइ एघार दल ले पुर्ण सर्मथन र सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको मोर्चाका सदस्य देवि प्रसाद सिवाकोटी ले वताउनु भएको छ ।
भ्रष्टाचार लाइ नियन्त्रण गर्नुपर्ने , अख्तियारलाइ जन निर्वाचित अंग बनाउनु पर्ने लगायतका १३ बँुदे माग राखेर आगामि २०८० साल बाट सुरु गर्न लागीएको भ्रष्टाचार बिरोधि महायात्रा लाइ सफल पार्न नागरिक समाज लाइ समेत आग्रह गर्ने निर्णय एघार दलले गरेको हाम्रो नेपाली पार्टी का प्रतिनिधि एवं मोर्चा सदस्य प्रवेश पाण्डेले परविर्तन खबर लाइ जानकारी दिनुभयो ।