Pin It

विराटनगर , सधैं भिडभाड र अब्यबस्थित देखिने बरिाटनगर स्थित सिमा नाका रानी अहिले निकै ब्याबस्थित देखिन थालेको छ ।
भारतिय बजार जोगबनि मा किनमेल गर्न जाने र आउनेको भिड संगै मोटरसाइकल , सिटिरिक्सा , अटो , मोटर गाडी लगाएत को पार्किङ्ग र तिनमा चढन चाहने यात्रुको ठेलम ठेल भिडले रानी नाका सधैं अब्यबस्थित , फोहर गन्ध युक्त थियो । हाल सो नाकाको ब्यबस्थित पार्किङ्ग र सवारी नियन्त्रणले नाका सफा सुग्र र खुल्ला देखिन थालेको रानी नाकाका भेन चालक राकेश कार्की बताउछन ।


नाकामा सवारी साधन जथाभावि पार्कीङ्ग गर्नै अनुसासनहनि चालक हरुलाइ ट्राफिक का असइ – प्रहरी सहायक निरीक्षक ) प्रेम कुमार साहले कडा नियम लागु गरी पाकर््िङ्ग ब्यबस्थित गरेपछि नाका ब्यबस्थित भएको सोहि ठाँउका अटो चालक राम कुमार मिश्रा बताउछन ।
परिर्वतन खबरको टिम रानी नाका पुग्दा पार्किङ्गमा बस्न नचाहने आफुखुशि हिडन खोज्ने दुइ वटा सिटिसफारी लाइ असइ साहले सडक किनाराको रेलिङमा फलामको साङलोले बाँधेर दिनभर चावि लगाइ सजाए दिएका थिय । पाइडल रिक्साचालक दुखाराम सदाले य िअसइ आएपछि मात्र रानी नाकाको स्वरुप फेरीयको परिवर्तन खबरको टिमलाइ सुनाउदै खुशी ब्यक्त गर्दै थिए ।
दुइ मिनट मात्र ट्राफिक सडकमा बसेन भने सबै सिटिरिक्साहरु सडकभरी छरिएर जाम लगाउछन भन्दै आफु बसुन्जेलमा सवारी चालकहरु लाइ अनुसासन पुर्णपालन गर्ने बनाएर नाका ब्यबस्थितबनाउरै छाडने असइ साहले हामीलाइ बताए ।