सप्तरी , माघ ७ गते , सप्तरी जिल्लाको हनुमान नगर कंकालीनी नगरपालिका को आयोजना र गोल्डेन हस्पिटल प्रा. ली विराटनगरको प्राविधिक सहयोगमा हनुमान नगर कंकालीनी नगरपालिका वाड नं ८ को वडा कार्यालय भवनमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भ्एको छ ।
विहान १० बजे देखि बेलुका ४ बजे सम्म संचालित उक्त शिविरमा गोल्डेन हस्पिटलका सिनियर फिजिसियन डा.श्याम कुमार रौनियार , सिनियर बालरोग बिषेशज्ञ डा.सतिस यादब , सिनियर हाड जोर्नी रोग विषेशज्ञ डा.यज्ञराज खरेल , बरिक्ष्ठ न्युरो सर्जन डा.रोशन खतिवडा , बरिष्ठ इ एन टी रोग विषेशज्ञ डा.बालेश्वर यादब , बरिष्ठ रेडियोलोजिष्ट डा.रंजिब यादब , जनरल फिजिसियन डा.सरोज यादब, जनरल फिजिसियन डा.राजु वोस , जनरल फिजिसियन डा.कोमल गुप्ता , जनरल फिजिसियन डा.अशोक मण्डल लगायतले सेवा दिनुभएको थियो ।
एक दिने उक्त निशल्क शिविरमा मेडिसिनमा ६ सय , नाक कान घाँटीमा १ सय , न्युरोमा २ सय , गाइनेमा १५० , यु यस जि र इ सि जि मा २७५ गरि जम्मा एक हजार तिन सय विरामिले निशुल्क उपचार लिएका थिए । सर्वसाधारणको उत्साह पुर्ण सहभागीता रहेको उत शिविर प्रारम्भमा नगरपालिका का मेयर विरेन्द्र माझीले चिकित्सकहरु लाइ फुल माला र अबिरले स्वागत गर्नु भएको थियो ।