Pin It

उर्लाबारी , माघ २९ गत,े आज एक समारोहका बिच नौ दिने प्रादेशिक औधोगीक , ब्यापार , कृषि तथा पर्यटन महोत्सव उर्लाबारीको प्रदेश १ का उधोग , कृषि तथा सहकारी मन्त्रि भक्ति सिटौलाले बेलुन उडाएर समापन गर्र्नु भएको छ ।


गत माघ २१ देखिे २९ गते सम्म ९ दिन चलेको उक्त महोत्सवमा भारतिय , पाकिस्तानि र बंगलादेशी ब्यापारीहरु सहभागी भएको र भारतियहरुले पोलीथिन पाइप , ईलेक्ट्रोनिक सामान र कपडा ल्याएका थिए भने पाकिस्तानिहरुले कपडा साथै बंगलादेशी हरुले घरायशी उत्पादनका सामानहरु लिएर सहभागी भएका थिए े ।
दैनिक उपभोग्य वस्तु , कृषिजन्य बस्तुहरु , साना तथा घरेलु उत्पादनहरु , हस्तकलाका उत्पादनहरु , गार्मेन्टका उत्पादनहरु , फुटबेयर , अटोमोबायल्स , होटल तथा रेष्टुरेण्ट , शैक्षिक तथा वितिय संस्था , निर्माण सामाग्री , इलेट्रोनिक तथा इलेक्ट्रिक सामाग्री , फर्निचर तथा फर्निसिङ , जडिबुटि तथा औषधिजन्य बस्तुहरु , विभिन्न साँस्कृतिक एवं मौलिकता झल्किने बस्तुहरु गरि १५० स्टलहरु रहेकोे महोत्सवमा २५ करोडको आर्थिक कारोबार हुने र २ लाख स्वदेशि तथा विदेशी अबलोकन कर्ताले महोत्सव अबलोकन गर्ने अनुमान गरिएको थियो ।
त्यसैगरि समापन समारोह लाई प्रमुख अतिथि प्रदेश १ का उधोग , कृषि तथा सहकारी मन्त्रि भक्ति सिटौला प्रदेश सांसद विधा चाम्लिङ , उधोग बाणीज्य महासंघका सार्क उपाध्यक्ष चण्डीराज ढकाल , उर्लाबारी नगरपालिका का मेयर गंगा प्रसाद खरेल लगायतका बक्ताहरु ल्े सम्बोधन गर्नुभएको थियो ।