Pin It


विराटनगर, असोज १५ गते नेपाली काँग्रेशका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री महेश आचार्यले जनताले दुःख पाएको विषयमा कसैको आदेश नपर्खि तरुण युवाहरुले जनताको हकहित रक्षाका निम्ति तुरुन्त सडकमा उत्रन निर्देशन दिनु भयो ।
मोरङ्गको क्षेत्र नं. ४ स्थित ग्रामथान वार्ड नं. २ को झोराहाट स्थित सामुदायीक भवनमा आयोजित तरुण युवा संग नेपाली काँग्रेश बिषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतले मन्त्रि आचार्य ले उक्त निर्देशन दिनुभएको हो ।


नेपाली काँग्रेश मोरङ्गका सदस्य एवं तरुण विभागका संयोजक संजय मंडलको सभापतित्वमा आयोजित समारोहमा अधिकांस अतिथि वक्ताहरु ले बोलेका कुराको जवाफ दिने क्रममा मन्त्रि आचार्यले काग्रेश यतिबेला कमजोर छैन, दरीलो प्रतिपक्षहो तर प्रतिपक्ष भन्दैमा जथा भाबि उत्पात र अशान्ति मच्चाउने प्रतिपक्ष काँग्रेश होईन, काँग्रेश धैर्य र शान्ति चाहने पार्टि हो तथापि दुई तिहाई को दम्भमा मनपरी तन्त्र चलाउन थालेको वामपन्थि सरकारलाई आफ्नो हैसियत सम्झाउन काँग्रेशको भातृ संगठन तरुणदल लाई अब आन्तरीक झगडा र प्रतिस्पर्दालाई अन्त गरेर जनता र जनसरोकार का काममा लाग्न आग्रह गर्नुहुदै मन्त्रि आचार्यले चाडबाडको बेलामा सरकारलाई देखाएर ब्यापारी र बिचौलियाहरुले जनताले दैनिक उपभोग गर्ने तरकारीमा समेत मनपरी भाउ बढाएको प्रति सबैलाई सचेतहुन आग्रह गर्नुभयो ।
काँग्रेशका तरुणहरुलाई सडकमा उत्रन र गलत कार्यको प्रतिवाद गर्दै सम्बन्धित निकायलाई अनुगमन र कार्बाहिका लागी दबाब स्वरुप ज्ञापनपत्र , शान्तिपुर्ण धर्ना लगायतका कार्यक्रम गर्न निर्देशन दिनुभयो ।
बिजया दशमीको शुभ अबसर पारेर आयोजना गरीएको सो कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले काँग्रेश पार्टी भित्रको गुटबन्दिको अन्त्यका लागी पहल गर्न र भातृ संगठनहरु तरुणदल र ने.वि.संघको विवाद अन्त्य गराउन पार्टीका प्रभाबसाली नेताका रुपमा रहनुभएका पुर्व मन्त्रि आचार्यलाई आग्रह गरेका थिइ ।
समारोहलाई नेका जिल्ला सभापति अशोक कोईराला, महासमिति सदस्य विश्वनाथ रिनाल, महासमिति सदस्य बल बहादुर खवास, प्रदेश सभा सदस्य विध्धान्नद माझी , ने.का.४ नं.क्षेत्रिय सभापति बिनोद कुमार बस्नेत, बिराटनगर महानगरका मेयर भिम पराजुली, ट्रेड युनियन काँगे्रशका कृष्ण कार्की, तरुणदलका महानगर सभापति सन्तोष न्यौपाने लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।