Pin It

 

 

प्रश्नः यहाँलाई हार्दिक स्वागत छ, परिवर्तन खबरमा ।
उत्तरः धन्यवाद परिवर्तन खबरका सम्पादक ज्यू ।
प्रश्नः निर्वाचित भएर आउनु भए पछि अहिले के गर्दै हुनुहुन्छ ?


उत्तरः उर्लावारीमा हामी निर्वाचित भएर आई सके पछि हामीले हरेक कुरालाई ब्यावस्थीत गर्ने, उर्लाबारीलाई सफल उर्लावारी ,समृद्ध उर्लावारी बनाउने कुरामा हामी लागेका छौं । हामी आइ सके पछि खानेपानीलाई ब्यवस्थीत गरेका छौं । शिक्षालाई ब्यवस्थीत गर्न अगाडी बढाइ रहेका छौं । विभिन्न पुर्वाधारका कार्यक्रमहरु अगाडी बढाइ रहेका छौं । खोला तट बन्धन कार्यक्रम गैंडे मार्फत रतुवा, मावा खोलालाई विभिन्न ठाउँमा तट बन्धन भई सकेको छ र हुँदै पनी छ । ए.डी.वि.वाट वक्राहामा तटबन्धन चलीरहेको छ । विभिन्न वडामा परेका परियोजना अन्तरगत पिच र ड्रेनको काम भइरहेको छ र हामी आइ सके पछि हामीले गर्ने पिच भनेको असफल भएको हुनाले कमसेकम पनि पाच वर्ष त्यो पिच भत्किनु हुदैन कम्तिमा पनि भन्ने छ । साना बाटाहरुमा चाँहि हामीले पेबल लगाउने र अलि ठुल ठुला बाटाहरुमा चाहि पिच गर्ने लक्ष्य हाम्रो छ । र हामीले झापा, मोरङ्ग र सुनसरी मै पहिलो पटक भुमि वर्गीकरण अन्तरगत जग्गा विभिन्न समुहमा विभाजन गरेर कृषि, ब्यापार, आवास लगायतका भुमि वर्गीकरणको काम सिद्धाएर धमाधम कित्ताकाट खोलेको छ । र जनतालाई सहज बनाइएको छ । स्वास्थ्य विमा लगायत यस्तै यस्तै कार्यहरु गर्दैछांै ।
प्रश्नः तपाइहरु निर्वाचित भएर आएको करिब एक वर्ष पुगेको छ । घोषणा पत्रमा उल्लेख गरिएका कामहरुगर्न कतिको सफल भएको अनुभव गर्नु भएको छ ?
उत्तरः अब समस्या त धेरै छन किनभने आठ ओटा भन्दा वेशी खोलाहरु चाही उर्लावारी नगर हुँदै वगीरहेका छन । हाम्रो स्थानिय श्रोत कम्ति छ तर हुदा हुँदै पनि हामीले सकेसम्म माथिल्लो निकाएहरुमा अनुरोध गरेर अहिले नै धेरै कुराहरुलाई सफल पार्न सकेका छौं भने आगामी अर्को वर्ष सम्ममा हामीले यिनिहर्रु सबैलाई नैे सम्बोधन गर्न सक्छौ जस्तो लागेको छ । सँगसँगै चुनौंतीहरु प्नि छन । चुनौतीलाई पनि पार गर्नको लागी हामी एकदम दिनरात लागेका छौ र हामीले एउटा भ्रष्टचार मुक्त उर्लावारी बनाउने हाम्रो लक्ष्य रहेको छ ।


प्रश्नः याहाँले भ्रष्टचारको पनि कुरा उठाउनु भयो । समग्रमा अहिले मुलुक आर्थिक कठिनाइको घडिबाट गुज्री रहेको छ यो अवश्थामा जनताको विकाशको आकांक्षालाई सम्बोधन गर्न सकिएला के लाग्छ याहाँलाई ?
उत्तरः देशमा आर्थिक मन्दीको कारणले विभिन्न विकासका योजनामा कटौती हुन थाली सकेका छन । तर पनि हामीलाई लाग्छ हामीले उर्लावारीलाई यो वर्ष कुनै पनि विकासका योजना कटौती गरेका छैनौं र गर्दैनौ पनि ।
प्रश्नः स्थानिय तहको आफ्नो आयश्रोतको भरमा याहाँका खास चुनौतीहरुलाई समाधान गर्न सजिलो होला त ?
उत्तरः हो हुदैन त्यो अप्ठेरो छ, तर पनि हामीले हाम्रा तिनवटा आयश्रोत हो। एउटा कर अर्को खोला ठेक्का र मालपोतबाट आउने राजश्व । तिनटै कुराहरु अहिले हामी संग कमजोर छ तर कमजोर हुँदा हुँदै पनि हामीले तिनटै कुरालाई परिचालन गरेका छौं र करको दायरा मात्रै बढाएका छौं हामीले वजार क्षेत्रलाई कुनै करको दर रेट वढाएका छैनौं । भुमि वर्गीकरणमा केहि शिफरिश जस्तो वढाएका छौं र उर्लावारीलाई ब्यवस्थित उर्लावारी बनाउनको लागी यो कित्ता काट गरे पश्चात हामीले यो प्लटिङ्ग गर्नेहरुलाई एउटा कानुन बनाएर मात्रै अगाडी बढ्ने र शहर राम्रो बनाउने भन्ने हाम्रो लक्ष्य छ ।
प्रश्नः याहाँहरु विगत एक वर्ष देखि पदमा रहेर काम गर्दै आउनुभएको छ । एक वर्षको अनुभवलाई संगाल्दा तपाईको कार्यकाल भरमा सम्बोधन नगरी नहुने उर्लावारीका खास समस्या चाँहि के के हुन ?
उत्तरः उर्लावारीका खास समस्या भनेको चाहि नदि अर्थात विभिन्न खोलाले वर्षयाममा हामीलाई धेरै ठुलो नोक्सान गर्ने र तटबन्धनको पहिलो समस्या हो भने दोश्रो ठुलो समस्या शिक्षाको समस्या हो । हामी संग भएका संस्थापक स्कुल ३० वटा सरकारले चलाएका सामुदायीक स्कुल २२ वटा छन् र त्यो स्कुललाई कसरी ब्यवस्थित गर्ने, वच्चाहरु सामुदायीक स्कुल छाडेर वोर्डिङ्ग स्कुल जान थालेको हुनाले गरिबलाई छोरा छोरी पढाउन पनि गाह्रो परेकाले त्यो स्कुललाई ब्यवस्थीत गर्ने दोश्रो चुनौती छ हाम्रो । तेश्रो चाँहि पुर्वाधार बाटाहरु, पुलहरु, कलबोटहरु यि आदि कुरामा पनी हामी लगनसिल भएर लागेका छौं र त्यो पनि हाम्रो चुनौती हो र अर्को कृषिलाई कसरी ब्यवस्थित गरेर जाने भन्ने कुरा पनि छैन र त्यसलाई पनि हामी ब्यवस्थित गर्ने कुरामा लागेका छौं । यस्तै यस्तै समस्या हुन सम्बोधन नगरी नहुने ।
प्रश्नः जनताका आकांक्षालाई सम्बोधन गर्ने सवालमा कतीको सन्तुष्ट हुनुहुन्छ ?
उत्तरः जनताको माग धेरै छ । हामी संग आएश्रोत र पुरा गर्ने साधन सिमित छ । त्यसले गर्दा सबैको माग पुरागर्न सकिदैन र सकिएको पनि छैन तर पनि क्रमागत रुपमा हामीले काम गरिरहेका छौं र छिट्टै नै जनताका आवश्यकतालाई पुरा गर्ने तिर लाग्छौं भन्ने विश्वास र सन्तुष्टी छ ।
प्रश्नः याहाँहरुले ५ वर्षे कार्यकाल पुरा गरेर छोड्दै गर्दा उर्लावारीलाई कस्तो बनाएर छोड्ने लक्ष्य राख्नु भएको छ ?
उत्तरः हामी ५ वर्ष पुरा गरेर छोड्ने अवश्थामा जे होस उर्लावारीको ब्यापक सुधार आमुल परिवर्तनका साथ उर्लावारी भन्ने चिनाएर चै छोड्ने हाम्रो लक्ष्य छ र विभिन्न ठाउँमा रहेका पुल, कलभट र वाटा घाटालाई ब्यवस्थित गरेर कृषिलाई राम्रो ब्यावस्था गरेर स्कुल शिक्षालाई व्यवस्थित गरेर स्वास्थ्यलाई व्यवस्थित गरेर चाँही हामी यो पाँच वर्षमा याहाँवाट छुटकारा लिन्छौं भन्ने छ र उर्लावारी मात्र नभएर दमक, उर्लावारी, पथरी आदि सबैलाई समेट्ने गरिको वक्राहा घाटको पनि हामीले निर्माण गर्न सुरु गरेका छौं, घाट पनि यहाँको जल्दो बल्दो समस्या हो र त्यसको पनि ब्यवस्था गर्दै छौं ।
प्रश्नः परिवर्तन खबर मार्फत उर्लावारीबासीलाई केहि सन्देश छ कि ?
उत्तरः उर्लावारीवासीमा मेरो भनाई के छ भने तपाईको क्षेत्रमा भइ रहेको विकाश कार्यहरु तपाइको रेखदेख हुनुपर्छ । हामी दिगो विकाश भनेर लागेका छौं । त्यसौले तपाईको घर छेउ छाउमा बन्ने कलभट, पुल, वाटा त्यो तपाईको निगरानी हुनुपर्छ । एउटा भने, अर्को कुरा तपाईको छोरा छोरीलाई तपाईले काहाँ पढाउदै हुनुहुन्छ कस्तो संगत छ, कलेज त पठाउनु भएको छ तपाईको छोरा छोरी डाक्टर बन्न पठाइरहनु भएको छ, कतै ड्रगीष्ट त बनि रहेको छैन ? उसको कतै गलत संगत त छैन ? त्यो कुरामा तपाईहरु होसीयार रहनु पर्छ र अर्को कुरा तपाईको घर अगाडी तपाइको छर छिमेकमा भएका नराम्रा गतीविधिलाई तपाइले तुरुन्तै हामी समक्ष जानकारी गराउन पर्छ । तपाइको घर र घर वरिपरि रहेको सरसफाई तपाईहरु आफैले नै गर्यो भने उर्लावारी एउटा सफा सुन्दर उर्लावारी बन्छ भन्ने म सन्देश दिन चाहन्छु ।
प्रश्नः विचारका निम्ति धन्यवाद मेयर साव !
उत्तरः हवस धन्यवाद परिवर्तन खबर पत्रिकालाई ।