नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा तनहुँ पुगेको टोली चुनावी प्रचार प्रसार अभियानमा सरिक भएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मोरङको टोली तनहुँ पुगेको हो ।
पराजुली संगै नेपाली कांग्रेस मोरङका युवा नेताहरु अरुण न्यौपाने,प्रविण जोशी र विनायक पन्त लगायतको सहभागिता रहेको छ । उनीहरु तनहुँ , तलको छाउदी , रम्घा टार ,माथिको भानु नगरपालिका देउरालि टार लगायतका चुनावी कार्यक्रममा सहभागि भएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले तनहुँको माटोमै हुर्किएर भिजेको र दु:ख सुखमा साथ दिएको मानिस गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे । तनहुँले जिताए उहाँ यस क्षेत्रको मन्त्री बन्ने पक्का भएको र जनताको सेवामा काम गर्ने दावी गरे ।
यस्तै कार्यक्रममा बोल्दै उम्मेदवार गोविन्द भट्टराईले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए ।
यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु जितेर गएपछि यहाँका जनतालाई नचिन्ने र विकासका सवालमा पछि पर्ने बताए । बरु माटोले सिन्चित भएको मानिस जिताएर सेवा गर्ने अवसर प्रदान गर्न आम क्षेत्रका जनता संग उनले आग्रह गरेका छन् ।