Pin It

 

विराटनगर जेष्ठ १५, नागरिक श–सक्तिकरणका लागी जागरण अभियान नेपालले आगामी असार १५ गते र असार २९ गते भ्रष्टाचार विरुद्ध पदयात्रा गर्ने जनाएको छ ।


अभियानका केन्द्रिय संयोजक अशोक पौडेलले दिएको जानकारी अनुसार आगामी असार १५गते मोरङ्गको उर्लावारी स्थित मावाखोलाको पुलबाट प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेर भ्रष्टाचार विरुद्ध पदयात्रा गर्ने भएको हो । मावापुलबाट विहान ८ वजे देखि हिड्दै उर्लावारी मंगलवारे इलाका प्रशासन कार्यालय पुगेर प्रशासकिय अधिकृत मार्फत प्रधानमन्त्रीलाई १३ वुदे ज्ञापन पत्र पठाउने एक दिने कार्यक्रम रहेको छ ।
त्उसै गरी अभियानले उर्लावारीको कार्यक्रम सकेर असार २९ गते विराटनगरको उत्तरी सिमाना बुढिगंगा छेउ ढाट गेटबाट विहान पदयात्रा सुरुगरी ५ किलोमिटर दक्षिण रोडशेष स्थित मुख्यमन्त्रीको कार्यालय पुगी मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम अभियानको आठौं कार्यकारिणी वैठकले तय गरेको जानकारी संयोजक पौडेलले परिवर्तन खवरलाई दिनुभयो ।
वैठकले केन्द्रिय उप–संयोजकमा प्रवक्ता देवि प्रसाद शिवाकोटीलाई महा–सचिमा दमक झापाका केन्द्रिय सदस्य यज्ञ प्रसाद भट्टराईलाई, उपमहा–सचिवमा विराटनगरका केन्द्रिय सदस्य किशोर मालीलाई र वुढिगंगा–३ कि केन्द्रिय सदस्य श्रीमती राधा आचार्यलाई केन्द्रिय कोषाध्यक्षमा पदस्थापन गरेको संयोजक पौडेलले बताउनु भयो ।