Pin It

विराटनगर, नेपाली काँग्रेशका उप–सभापती विजय कुमार गच्छदारले आइतबार देखि हुन लागेको चिनियाँ राष्ट्रपती सि जिन पिङ्गको नेपाल भ्रमण निकै उत्साहप्रद र फाइदाकारी बताउनु भयो ।
सुनसरीको दुहवीमा आयोजना गरिएको थारु जातीको गोठाले पर्व कार्यक्रममा सहभागी हुन आजै काठमाण्डौबाट विराटनगर

आइपुग्नु भएका उप–सभापती गच्छदारले विराटनगर विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै सरकारले सि जिन पिङ्गको सिद्धान्त होइन सहयोगको अपेक्षा गर्नु पर्छ र वहाँ भ्रमणलाइ वढि भन्दा वढि विकाश निर्माणमा केन्द्रित गरी देशलाई फाइदा पुग्ने विषयमा वहाँ संग सहकार्य गर्न सक्नु पर्ने बताउनु भयो ।
पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा नेपाली जनता लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्र जस्तो स्वतन्त्र व्यावस्थालाई त्याग्न चाहदैन र सरकारले अन्य कुनै पनि गलत सिद्धान्तको व्याख्या र विश्लेषण गर्ने मनसाय राख्न नहुने पनि वहाँले प्रष्ट्र पार्नु भयो ।