Pin It

सेमन्तराज दहाल अध्यक्ष मिक्लाजुङ्ग ब्यापार संघ , मधुमल्ला मोरङ्ग

मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले मोरङ्ग जिल्लाका विभिन्न ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा मोरङ्ख जिल्लाको उत्तरपुर्बि क्षेत्रको बिकट पहाडी गाँउ लाई समेत समेटेर बनेको मिक्लाजुङ गाउ पालिकाको ब्यापार संघका अध्यक्ष सेमन्तराज दहाल संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।


प्रश्न ः अध्यक्ष ज्यू हार्दिक स्वागत छ याँहा लाई परिवर्तन खबर डट कममा ।
उत्तर ः नमस्कार , धन्यबाद ।
प्रश्न ः अध्यक्ष ज्यू अहिले मुलुकमा आर्थिक तरलता छ भनेर बिज्ञहरुले पनि भनिरहनु भएको छ । स्वयम सरकारले पनि स्विकारी सकेकोछ । तपाई मिक्लाजुङको ब्यापार संघको अध्यक्ष भएको नाताले याहाँकाँ ब्यापारिहरुका समस्याहरु क्े के हुन छोटकरीमा भन्नु पर्दा ?
उत्तर ः यो ग्रामिण भेगको बजारहो । याहाँ ग्रामिण क्षेत्रका ब्यापारी छन । विषेश गरि उधोग ,कल कारखाना कम भएको र याहा खुद्रा तथा होलसेल ब्यापार बढी छ । आर्थिक समस्या देशकै समस्या भईसके पछि यो समस्या संग हामि नजोडिने भन्ने कुरै भएन । हामि आर्थिक संकट संग जोडिएकाछौं । विक्रि न्युन छ । ब्यपार घटेर गएको छ । आर्थिक चलखेल कम भएर गएको छ । आम्दानिको श्रोत पनि घटेको अबश्था छ । सबै मानिस लाई आर्थिक संकटले छोएको कुरा हामीले पनि बुझेका छौं । जनताले खुलेर खर्च गर्न सकिरहेका छैनन किनकी किसानको उत्पादनले बजार पाएको छौन । ग्रामिण भेगमा उत्पादित सामाग्रीको बजार मुल्य छैन । नागरिक संग पैसा नभए पछि बजारमा क्रय विक्रय घटछ । त्यसकारण मिक्लाजुङमा पनि आर्थिक संकट छाएको छ ।
प्रश्नः मिक्लाजुङका ब्यापारी हरुको खास खास समस्या भन्नु पर्दा के के हुन ?
उत्तर ः मिक्लाजुङका ब्यापारीहरुको समस्या भनेको बास्तबमा यो ग्रामिण बजार नै भईदिएको हुनाले अहिले सबैतिर बाटो र गाडी पुगी सकेकाले यो बजार घट्दो अबश्थामा छ । र जति बिक्रि गर्नुपर्ने समान , चिज बश्तुहरु बिक्रि वितरण नभई सके पछि आथर््िक चलखेल कम भयो । प्राय सबै ब्यापारीहरु ले ऋणबाटै ब्यापार गरेका हुन्छन । बैंकिंङकारोबार हुन्छ । बिक्रि वितरण नभए पछि ऋण तिर्न समस्या हुन्छ कोना पछिको समस्या भनेकै यहि हो ।
प्रश्न ः तपाई ले अप्रत्यासित रुपमा बृद्धिभएको ब्याजदरको कुरा उठाउन खोज्नु भएको हो ?
उत्तर ःहो ब्याज बृद्धिदर अहिले अलिकति घटेकोछ तर त्यो भन्दा तरत्यो भन्दा अगाडि चाहि बढेर गा थियो । हामि ब्यापारी हरुले लोन लिदाको समयमा ७ प्रतिशत देखि ९,१० प्रतिशत सम्म सम्झौता गरेको ब्याज थाहै नपाईकन १४ प्रतिशत देखि १६ प्रतिशत सम्म बढेर गएको अबश्था थियो । त्यो ब्याज दर चाहिँ अहिले अलिकति घटेको अनुभुति भएको छ । तर त्यसले हामिलाई खासै फरक पर्को छैन । हामि ब्याज निकै कमहोस भन्ने चाहन्छौं । जसले गर्दा हामि ब्यापार ब्याबसायबाट कमाई गर्न सकौं । हाम्रो माग बैंक संग लोन लिंदा सम्झौता गरिएको बेलाकै ब्याज कायम होस भन्ने हो । यसरी थाहै नदिइ ब्याज बढाउँदा ब्यापारी लाई निक्कै ठुलो समस्या पर्छ ।
प्रश्नः ब्यापारीहरुको ब्यपक गुनासो यसैमा छ ६ प्रतिशत ब्याज लिने भनेर हामि संग सम्झौता गर्यो बैंकले , त्यस पछि आर्थिक तरलता देखाएर एकलौटी हामिलाई थाहै नदिइ १८ प्रतिशत सम्म ब्याज बढायो , यो बढेको ब्याज हामि तिर्न सक्दैनौ यसैमा हामिलाई बैंकले मारेको छ भन्ने ब्यापारी हरुको ब्यापक गुनासो सुनिएको छ । बैंकल् यसो गर्नुको कारण के होला जस्तो लाग्छ याहाँ लाई र यसको समाधान के हो ?
उत्तर ः मैले अहिले बुझेसम्म डिपोजित बढायो र ग्रहाक लाई दिने ब्याज पनि बढायो किनभने आर्थिक संकट आयो । सहकारी होस या बैंक होस आर्थिक संकट आई सकेपछि उसले डिपोजित कलेक्सन गर्नको लागी ग्रहाक लाई दिने ब्याज बढायो र ऋण लिने हामि ब्यापारीको ऋणको ब्याज पनि बढायो ।
प्रश्न ः यसो गर्नु आर्थिक तरलताको समाधान समाधान हो त अध्यक्ष ज्यू ?
उत्तर ः त्यो होईन । तर थाहै नपाईकन ब्याज बढाएकै हो । ब्यापारी हरुले लिएको ऋणमा नेपाल सरकारको निर्देशन पनि नमानी बैंकहरुले ५ प्रतिशत भन्दा बढी ब्याज बढाएका छन । ठुलो ठुलो ऋणमा ०.५ प्रतिशत ब्याज बढाउदा पनि बैंकहरु लाई नाफै छ । आर्थिक तरलता बाट निश्कन बैंकहरुले ब्यापारीहरु संग सरल निति अपनाउनु पर्छ ।ब्यापारीहरु लाई सरल ब्याजको ब्याबस्था , र स्थानिय उत्पादन लाई बाहिर देशमा निर्यात गर्ने कुरामा राज्यले सहज र सरल निति निर्माण गर्नु पर्छ ।
प्रश्न ः पहिलो प्राथमिकता चाहिँ ब्यापार नितिलाई सरल गर्नुपर्यो होईन ?
उत्तरः हो ब्यापार ब्यवसायी निति परिवर्तन गर्नु पर्यो सहज र सिघ्र काम गर्ने वातावरण बनाउनु पर्यो । निर्यातजन्य ब्यापारका लागी सरकारको यस्तो निति छ की सरकारी अड्डा घुम्दा घुम्दै निर्यात गर्नुपर्ने समान बोडरमै सडेर जान्छ । त्यसैले निर्यात ब्यापारका लागी ब्याबहारीक , सरल र सहज निति हुनुपर्यो । अर्को कुरा नेपाललाई कृषिप्रधान देश भन्ने कृषक संग पुग्ने गरी अनुदान नदिने , तल्लो स्तरको कृषक संग पुग्ने गरी पर्याप्त अनुदान दिंईदैन । पुगीगयो भने पनि एकदमै थोरै पुग्ने ।त्यसैले हामिले आर्थिक क्रान्ति गर्ने कुरामा कृषिक्रान्ति गर्नु पहिलो प्राथमिकता हो ।
प्रश्न ः अध्यक्ष ज्यू तपाई आफैं पनि जन प्रतिनिधि हुनुहुन्छ , ब्यापारीहरु को गुनासो के आएको छ भने कतिपय ठाउँमा स्थानिय सरकारले पनि कर बढाएर ब्यापारी र जनताको ढाड सेक्ने काम गरेको छ । मिक्लाजुङको हकमा के छ ?
उत्तर ः म आफै मिक्लाजुङको कार्य पालीका सदस्य र वाड नं ९को वडा अध्यक्ष भएको हैसियतले बढी भन्दा बढी ब्यापारीहरु लाई करको दायरा भित्र समेटेका छौं तर त्यो पँुजि र कारोबारको हसिाबले ब्यापारी हरु संगै सहमति लिएर सहुलियत दरमा कर लागु गरेकाछौं । यो भन्दा अगाडिको स्थानिय सरकारभन्दा अहिले एकदम सरल कर लगाएका छौं । अन्य स्थानिय सरकारहरुले कै गरेका छन थाहा छैन । मिक्लाजुङको हकमा चाहि हामिले करको दायरा फराकिलो र सरल पारेका छौं ।
प्रश्न ः नेपाली जनता संग पैसा छैन । आर्थिक संकटले चारै तिर प्रभाब पारेको छ । यो आर्थिक संकटको वाश्तविक कारण चाहि के हुन सक्छ याहाँको बिचारमा ?
उत्तर ः पहिलो कुरा त ब्यापारमा निर्यात कम ज्यादा आयात ले गर्दा मुद्रा बिदेशिएको छ । अर्को कुरा नेपालबाट अष्ट्रेलिया, अमेरीका, क्यानेडा ,जापान लगायतका देशहरुमा अध्यनका लागी जाने नेपाली बिर्धाथिको संख्या ज्यादा छ । एउटा बिधार्थिले साधारण पनि २५ लाख रुपैया खर्च गर्छ बिदेशका लागी यसले पनि ठुलो संख्यामा नेपाली मुद्रा विदेशीयो । अर्को कुरा हाम्रो उत्पादन पनि घटेको छ । हामि कृषीमै तरकारी , फलफूल आयात गरिरहेका छौं । निर्यातमा अदुवा अलैंचि र कुचो मुख्य रुपमा छ । अब त्यसलाई निर्यात गर्न पनि एल . सि . खोल्नु पर्छ । एल . सि .खोल्ने अधिकार याहाका ब्यापारी लाई छैन । ठुलो ठुलो कृषि निर्यात गर्ने ब्यापारीले पनि समान को सहि मुल्य पाउदैन । विदेशीको भाउमा बेच्नु पर्छ । उसलाई पनि ब्यापार घाटा छ । ठुला ब्यापारी देखि साना कृषक सम्मले उत्पादनको मुल्य नपाए पछि आथिर्क संकट आएको हो ।
प्रश्न ः अध्यक्ष ज्यु परिवर्तन खबर डट कम को तर्फ बाट याहाँलाई धेरै धेरै धन्यबाद छ । महत्वपुर्ण कुराकानिका लागी समय दिनुभएकोमा ।
उत्तर ःहवस धेरै धेरै धन्यबाद परविर्तन खबर लाई मिक्लाजुङका ब्यापार ब्याबसायीहरुका समस्या र गुनासाहरु संचार माध्यमको तर्फ बाट सम्बन्धित निकाय र जनता सम्म पुर्याउन सहयोग गर्नु भएकोमा । समाप्त ।.