Pin It

यादव दुलाल कार्य वाहक अध्यक्ष उद्योग वाणिज्य संघ पथरी शनिश्चरे


मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले मोरङ्ग जिल्लाका विभिन्न ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा मोरङ्ख जिल्लाको मध्यपुर्बि क्षेत्रको पथरी शनिश्चरे नगर पालिका स्थित उधोग बाणीज्य संघका कार्य बाहक अध्यक्ष यादब दुलाल संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।


प्रश्नः स्वागत छ याहाँलाई परिवर्तन खबरमा ।
उत्तरः धन्यवाद, नमस्कार पनि ।
प्रश्नः हामी मुलुकको तरल अर्थतन्त्रको विषयमा याहाँसंग केन्द्रित भइरहेका छौं । खासगरी अहिले देशब्यापक आर्थिक संकटमा छ । अर्थतन्त्र टाटउल्टीने खतरा नजिक पुगेको छ । ब्यावसायीको विषयमा सरकारले सोचेन भन्ने व्यापक गुनासो छ । अहिले ब्यापार व्यवसाय नहुनुको कारण के लाई मान्नु हुन्छ याहाँ ?
उत्तरः अहिले ब्यापार व्यावसाय नहुनुको कारण तरल अर्थतन्त्र नै हो । आर्थिक अवश्था न्यून भएर गएको छ । जुन सरकारले सोच्नु पर्ने कुरा, सरकारले पनि वाश्ता नगरेर हो । यहि प्रदेशलाई पनि हेर्ने हो भने ५,५ पटक सम्म मुख्यमन्त्रि फेरीइ सक्नु भएको छ । प्रदेश सरकार सम्म स्थीरता छैन । दशंैको वेला छ । यति वेला सम्म व्यापार व्यवसाय पथरीको हकमै भन्नु पर्दा भइरहेको छैन । व्यापार व्यवसाय दशैको बेला नै हो चल्नु पर्ने, एक दम चापाचाप हुनु पर्ने । पथरी वजारको दिन पनि किना बेचा सुन्य छ र वजारमा चाप पनि छैन ।
प्रश्नः राजनैतिक नेतृत्वको अकर्मणयताले पनि आर्थिक संकट आएको हो पनि भन्छन नी ?
उत्तरः त्यो पनि हो, राजनितिज्ञहरुलाई व्यापारी व्यावसायीहरुको चिन्ता छैन । वहाँहरुलाई कसरी सत्तामा जाने कसरी कुर्सी बचाउने आफ्नो चिन्ता वाहेक केहि छैन । वहाँहरुलाई कर उठाउनसंग मतलब छ । ब्यावसायीको समस्यासंग कुनै चिन्ता छैन । आफु कसरी माथि जाने व्यापारीलाई मारमा पार्ने मात्रै काम छ अरु केहि छैन ।
प्रश्नः सरकारको अस्थिरताको कारण पनि हो आर्थिक तरलता ?
उत्तरः हो, मेन भनेकै सरकारको अस्थिरता हो । त्यो पनि कोशी प्रदेशमा झन बढि अस्थिरता छ ।
प्रश्नः तपाईले अस्थिरताको कुरा गरी रहँदा नेपाली जनताले भोट नै त्यसरी हाले की कुनै पनि पार्टी वहुमत साथ स्थिर सरकार बनाउन सक्दैनन भनेर जनतालाई नै दोष लगाउछन नि त राजनितिक पार्टिहरु ?
उत्तरः हो, सबै एउटै खालका भएपछि कसलाई भोट दिने त ? जनताले छान्ने ठाउँनै नभएर । अव चाहिं जनताले राम्रो मान्छेलाई छान्ने छन । अहिले मन्त्रीमा विषय विज्ञ छैनन् । अर्थमन्त्री कस्लाई बनाएको छ ? शिक्षकलाई । को कुन पदमा उपयुक्त हुनुहुन्छ, कुन मन्त्री कुन मन्त्रालयमा उपयुक्त छानेर राख्नु पर्यो नि, स्वास्थ्य मन्त्री राजनितिज्ञ भएर हुन्छ ? स्वास्थ्य सम्बन्धिको ज्ञाता हुनुपरेन । त्यो कारणले पनि हामी अलीकती पिछडीएका छौं ।
प्रश्नः सरकारको सहि दृष्टिकोण अर्थतन्त्र प्रति नभएको कारणले, अर्थ सम्बन्धिका कार्यक्रमहरु सहि नभएको कारणले पनि व्पापार व्यवसायमा असर परेको छ हो ?
उत्तरः हो ।
प्रश्नः अब तपाईले भन्दै हुनुहुन्थ्यो नि २०८४ आउँदै छ भनेर यो २०८४ को कुरा चाहि के हो ? २०८४ को आम निर्वाचनमा अब नेपाली जनताले कस्तो मानसिकता बनाएका होलान ? तपाई व्यापारीहरुको तर्फबाट अर्थतन्त्र उकास्न २०८४को चुनावमा के योगदान हुन्छ ?
उत्तरः अब २०८४ को चुनावमा व्यापारी लगायत नेपाली जनताले के सोचेका छन भने जुन ०७९ मा दिएका भोटले अहिले देशको आर्थिक स्थिति नाजुक भयो भने हामी २०८४ आफैं जाग्ने छौं । जसरी २०४६ मा जनता जागे २०६२÷०६३ मा जनता जागे हो त्यसरी नै अब मुलुकको अर्थतन्त्र जोगाउन जनता जाग्ने छन् ।
प्रश्नः आर्थिक परिवर्तन र उन्नतीका निम्ति स्थिर सरकार नेपाली जनताले दिन जरुरी छ र त्यसको निम्ति याहाँहरु जनतालाई अनुरोध पनि गर्नुहुन्छ ?
उत्तरः अब प्रत्येक ठाउँबाट उद्योग वाणीज्य महासंघले उर्दि पनि गर्छ । याहाँको (पथरीको) उद्योग वाणीज्यसंघले पनि हामी याहाँका जनतालाई स्थाइ, जनप्रिय र स्थिर सरकारका निम्ति चुनावमा उर्दि गर्छौ ।
प्रश्नः स्थिर सरकार दिनोस चाहे जसको दिनोस होइन ?
उत्तरः हो ।
प्रश्नः दुलाल सर अहिले जुन तरल अवश्था छ नि अर्थतन्त्रको यो हुनुमा वैंक तथा वित्तिय संस्थाहरुको पनि मुख्य हात छ भनिन्छ हो ?
उत्तरः बैंक, वित्तिय संस्थालाई त नियन्त्रण र अनुगमन गर्न त्यो भन्दा माथिल्लो निकाए छ । त्यो निकायले उनिहरुलाई अनुगमन गर्दा हुन्छ किनभने बैंक तथा वित्तिय भनेको याहा ठुलो कुरा होइन मेन भनेको सरकार नै हो ।
प्रश्नः हैन व्यापारीहरुलाई ऋण लिंदा सस्तो र सुलभदरमा ऋण उपलब्ध गरायो त्यसपछि बैंकहरुले व्यावसायीलाई मतलबै नराखी एकलौटी तरीकाले मुलुकमा आर्थिक तरलता भयो भनेर व्याज बढाउने काम गर्यो भन्ने यहाँहरुको आरोप छ नि ?
उत्तरः ६ प्रतिशत देखि ८ प्रतिशतमा लगानी गरेका ऋणको व्याज १२,१४,१५,१६ प्रतिशत सम्म पुर्यायो किनभने ब्यापारीले यति सम्म तिर्न सक्छु भनेर एउटा सम्झौता गरेको हुन्छ । जस्तै वार्षिक २ लाख तिर्न सक्छु भनेर कुनै व्यापारीले ऋण लिएको हुन्छ । अब व्याज वढाएर ४ लाख बनायो किस्ता वढाइ दियो भने अब २ लाख त त्यो व्यापारीले तिर्न सक्दैन अनि धितो लिलामको प्रकृयामा जान्छ । यसले पनि व्यापारीहरुलाई त्रसित र हतोत्साहित बनाएको छ । ब्यापार र ब्याबसाय त नचलेर गयो । घरबारै गयो भनेत सकियो। हो यो त्रास छाएको छ अहिले ।
प्रश्नः तपाई वाणीज्य संघको इकाइको अध्यक्ष भएको नाताले अहिलेको अवश्था भनेको व्यापारीहरु व्यापार व्यावसाय छोडेर भाडाको घरहरु खाली गर्दै भागी रहेको अवश्था छ । यो अवश्थाले अर्थतन्त्रलाई काहाँ पुर्याउला के भन्नुहुन्छ याहाँ ?
उत्तरः राजधानीका मात्र होइन अर्थतन्त्रमा संकट आइसके पछि हाम्रो वजारका पनि धेरै पसलहरु सधैका लागी बन्द भइसके । विक्री नै नभएपछि भाडा के ले तिर्ने साहुलाई के दिने र घर परिवार व्यावहार के ले चलाउने बाध्य भएर पसलहरु बन्द गर्नु पर्ने स्थिति आइलागेको हो । हाम्रो उद्योग वाणीज्य संघ पथरीको टिम यो अवश्थाबाट ब्यापार व्यवसायलाई कसरी उकास्ने भनेर लागी रहेका छौं ।
प्रश्नः अब के गर्दा चाहि यो अवश्थामा सुधारहोला भन्ने लाग्छ याहाँलाई सरकारलाई याहाँको के सुझाव छ ?
उत्तरः पहिलो त वन्द भएका उद्योग धन्दा खोल्न पर्यो, त्यसपछि युवाहरु वाहिर जान रोकिन्छ । व्यापारी व्यावसायीहरुलाई सस्तो र सुलभ दरमा ऋण उपलब्ध गराउनु पर्यो । कृषि क्षेत्रमा ,उत्पादन मुखि क्षेत्रमा वढि भन्दा वढि लगानीलाई केन्द्रित गर्नु पर्यो ।
प्रश्नः हव्स याहाँको महत्वपुर्ण समय उपलब्ध गराई दिनु भएकोमा याहाँलाई धेरै–धेरै धन्यवाद ।
उत्तरः धन्यवाद तपाई र तपाईको मिडियालाई हाम्रा क्षेत्रको समस्या मिडिया मार्फत उजागर गरिदिनु भएकोमा ।