असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् ।
आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ‘हेर्दै जाऔं्र राजनीतिले कस्तो कोल्टे फेर्छ रु’
दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं
कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने – देउवासँग ४५ वर्षदेखिको सम्बन्ध हf
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् ।
आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए ।
शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ उनले भने ।
प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए । अनलाइनखबर