Pin It

 

 

विराटनगर, पौष १६ गते, राप्रपा समर्थित युवा, विद्यार्थीहरुको समुहले आज मोरङ्गको विराटचौकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
आज साँझ ५ः३० वजे पुर्व पश्चिम राजमार्ग २० मिनेट अवरुद्ध गरेर राप्रपा समर्थित विद्यार्थी संगठनले कोणसभामा सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रविण सापकोटाले कोण सभालाई सम्बोधन गर्दैै यो हत्यारो सरकारले युवालाई रोजगारी दिनुको साटो विदेश जान परिक्षा दिने वहानामा राजधानी काठमाण्डौं बोलाएर हत्या गर्न थालेकाले यो सरकारले राजीनामा गर्नुपर्ने बताउनु भएको थियो ।


२० मिनेट चक्काजाम सहित विरोध प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गर्नुका साथै प्रधानमन्त्री तथा गृहमन्त्रीको राजीनामा माग गरेका थिए । सो जुलुश तथा पुत्ला दहन कार्यक्रमलाई राप्रपाका केन्द्रिय सदस्य रमेश रिजाल, मोरङ्ग जिल्ला सचिव जय सिटौला, युवा नेता पर्शु सुवेदी, गीतामणी दहाल लगाएतले उपस्थिति सहित समर्थन जनाउनु भएको विद्यार्थी नेता प्रविण सापकोटाले परिवर्तन खवरलाई जानकारी दिनु भयो ।