Pin It

 

विराटनगर, पौष २३ गते, आगामी माघ ११ गते मतदान हुने राष्ट्रिय सभाको कोशी प्रदेशबाट २ खाली सिटका लागी ४ पार्टीका ५ जना उमेदवारले आज मनोनयन दर्ता गराएका छन् ।
आज विहान ९ वजे देखी कोशी प्रदेशको निर्वाचन कार्यालय विराटनगरमा नेपाली काँग्रेशका तर्फबाट कृष्ण सिटौला, ने.क.पा. एमालेका तर्फबाट पर्शुराम अघिकारी र राप्रपाको तर्फबमट उद्धव पौडेलको उमेद्धारी अन्य समुहमा परेको र महिलामा एमालेको तर्फबाट रुकमणी कोइराला र माओवादी केन्द्रको तर्फबाट चम्पा देवि कार्कीले उमेद्धारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।


आफ्नो उमेद्धारी दर्ता गराउन दलबल सहित पुगेका काँग्रेशका उमेद्धार कृष्ण सिटौलाको पक्षमा कार्यकर्ताको उत्साहपुर्ण उपस्थिति देखिएन, श्रोतका अनुसार सिटौलाको उमेद्धारीले काँग्रेश भित्रको शेखर कोइराला समुह सन्तुष्ट देखिदैन, काँग्रेश संस्थापनले विगतमा चुनाव हारेका र जनता र कार्यकर्ता द्धारा अस्विकृत व्यत्तिहरुलाई नै राष्ट्रिय सभामा अधिकांश उमेद्धार बनाएको छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एकजना काँग्रेश मतदाताले सिटौलालाई कुनै पनि हालतमा कोइराला पक्षधर मतदाताले मत नदिने परिवर्तन खबरलाई बताए उनका अनुसार काँग्रेश पार्टी कार्यालय मै सिटौला कै अगाडी एक पालीका अध्यक्षले उनलाई मत नदिने अडान राखेको श्रोतले बताएको छ ।
त्यसैगरी एमालेले दिएका उमेदवार पर्शुराम अधिकारी माओवादीबाट एमालेमा आएका कार्यकर्ता हुन र एमाले भित्रै उनि त्यति लोकप्रीय छैनन्, सुत्रका अनुसार राप्रपा र एमालेको गठवन्धनको तयारी भएको वताइन्छ ।
यसरी हेर्दा आगामी २८ गते भित्रै जित्ने उमेद्धारको टुङ्गो लाग्नेछ । राप्रपा र एमालेको गठवन्धन भएको खण्डमा राप्रपाका उद्धव पौडेल र एमाले की रुक्मणी कोइरालाको कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य हुने सम्भावना बढेको देखिन्छ ।
त्यसैगरी निर्वाचन कार्यालयमा नामांकन दर्ता पछि राप्रपा उमेद्धार उद्धव पौडेलको विराटनगर स्थित घरमा राप्रपा केन्द्रिय, प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुको भेलाले राप्रपाका केन्द्रिय सदस्य केदार कोइरालाको संयोजकत्वमा कोशी प्रदेशमा रहेका केन्द्रिय पदाधिकारी एवं चौधै जिल्लाका जिल्ला अध्यक्षहरु, प्रदेश सांसदहरु, प्रदेश भित्रका राप्रपा पार्टिका नगर तथा जिल्ला अध्यक्षहरु, उपाध्यक्षहरु सहित १०१ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको राप्रपाले जनाएको छ ।