बिराटनगर , कार्तिक ९ गते , संजाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड को ९औं बार्षिक साधारण सभा आज एक समारोहका विच विराटनगर ३ खार्जि भौकमा सम्पन्न भयो ।
सहकारीका सात सिद्धान्त अनुरुप कार्यक्रमका प्रमुख अतिथि बिराटनगर वार्ड नं.३ का वाडाध्यक्ष विनोद बस्नेतले सात मैनबति सहित पानसमा बतिबाली कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बस्नेतले विराटनगर उतरतर्फ छसय भन्दा बढी सेयर सदस्य भएको आफ्नै जग्गा र पाँच करोड सेयर पुँजि भएको संजाल सहकारी यस क्षेत्रको निक्कै श सक्त सहकारी भएको र यसले आगामि निकट भविष्यमै समान उद्धेश्य बोकेका अन्य सहकारी हरुलाई मर्च गर्दै लैजाने खबर थाहा पाएर म निक्कै खुसि छु , साथै सहकारी सम्बन्धि हाम्रो महानगर पालिकाले कानुन बनाई सकेकोले अब हामि कानुन बमोजिम सहकारी लाई अगाडी बढाउने मानसिकतामा भएकाले संजाल सहकारीलाई म अग्रीम शुभकामना दिन चाहन्छु ।
समारोह लाई विशिष्ट अतिथिको आशनबाट वडा नं. ४ का वडाध्यक्ष देवेन्द्र पोख्रेल , वडा नं. ३ का वडासदस्य कैलाश भट्टराई , लेकाली कृषि सहकारीका अध्यक्ष बिन्दु श्रेष्ठ प्रतिबद्धता सहकारीका अध्यक्ष नगेन्द्र ढकाल लगायतका बक्ताहरु ले सम्बोधन गर्नु भएको थियो ।
अध्यक्ष कृष्ण प्रसाद धितालको अध्यक्षतामा सम्पन्न समारोहमा अध्यक्ष र काषाध्यक्षको प्रतिबेदन पढेर सुनाउनुका साथै विभिन्न खाले बचतकर्ता हरुलाई सम्मान पनि गरिएको थियो ।