
३ जेठ, काठमाडौं । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ ।
ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसक्रममा एक जना पक्राउ परे भने अर्का भाग्न खोज्दा गोली चलाउनुपरेको ब्यूरोका अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी गोविन्द थपलिया प्रहरी टोलीमाथि आक्रमण हुने स्थितिमा न्यूनतम बल प्रयोग गर्ने व्यवस्था अनुरुप गोली चलाइएको दाबी गर्छन् ।
ब्यूरोले पछिल्लो दुई सातामा तीन जनालाई नियन्त्रणमा लिन गोली प्रहार गरिसकेको छ ।