अमेरीकाको लसएन्जलस बस्नुहुने मोरंग को उर्लाबारीका नेपाली
साहित्यकार डन कार्की ज्युलाई , परिवर्तन खबर च्यानल का लागि गरिएको कृराकानी को केही सार संक्षेप
। प्रश्न नं १ तपाईको जन्म नेपालमा कहिले र काहाँ भएको हो ?
। उत्तर ः मेरो जन्म विसं २०१३ वैशाख १, आसामको तिनसुकिया जिल्ला लखीपथारमा भएको हो ।
प्रश्न नं २ परिवारमा को को काहाँ , काहाँ हुनुहुन्छ ?
उत्तर ः प्रवासी जीवनलाई खल्लो मान्दै विसं २०३९ देखि आफ्नै मातृभूमि नेपालको मोरंग जिल्ला उर्लावारीमा बस्दै आएको थिए ।
प्रश्न नं३ नेपाल बाट कहिले देखि बिदेशीनु भएको र किन ?
उत्तर ः मेरो परिवारमा दुई आमाको तर्फबाट हाल १० सन्तान छन र म भने जेठों सन्तान हुँ । केहि भाईहरू अझै आसामको भूमिमा छन ।
प्रश्न नं ४ तपाईं कहिले देखि अमेरीकाको लसएन्जलसमा बस्दै हुनुहुन्छ , त्याँ हा के ब्याबसाय गर्दै हुनुहुन्छ ?
उत्तर ः नेपालबाट विसं २०६१ वैशाखदेखि अमेरिकामा बस्दै आएको छु ।पेशाले शिक्षण हुँदा शुरूमा श्री सरस्वती मावि ईटहरामा सहायक प्रधानाध्यापक थिए । उर्लावारीमा विसं २०४३ मा क्याम्पस संचालन भएकोले शुरूदेखि नै नेपाली विषयको उप प्राध्यापक र पछि सहायक क्याम्पस प्रमुख भएर सेवा गरे ।पब्लिक क्याम्पसको दयनीय स्थितिले गर्दा परिवारको समृद्ध भविष्य बनाउन आर्थिक बृद्धिको लागि मुग्लालिन अमेरिका जान बाध्य भए ।
प्रश्न नं ५ के आफ्नो देश छोडेर अमेरीकामा सन्तुष्ट हुनुहुन्छ ?
उत्तर ः लस् एन्जेलसमा शुरूदेखि प्राइवेट सेक्टरमा काम गरे पनि हाल ब्यूटी पार्लर व्यवसाय खोलेर जीविका गर्दै छु ।
प्रश्न नं ६ नेपालमा के भयो भने नेपालीहरु बिदेशीनु पर्दैन ?
उत्तर ः नेपालमा सबभन्दा पहिलो राजनैतिक स्थिरता हुनु पर्छ१ त्यस पछि मुलुकमा रोज़गारी सृजना बढ़ाउने तर्फ विश्वासिलो वातावरण हुन आवश्यक छ ।देशमा अझै भ्रष्टाचार र अव्यवस्था उस्तै छ ।जन विश्वासिलो सरकार बनेर सबको मन जित्नु पर्छ ।
प्रश्न नं ७ अब बिदेशीएका नेपालीहरु लाई देशमै रोजगार सहित फर्काउन सम्भब छ ?
उत्तर ः अझै विदेशिएका नेपालीवाई स्वदेश फिर्ता गराउँने परिवेश बन्न सक्छ ।नेपाल प्राकृतिक स्रोतमा विश्वको अब्बल देश मानिन्छ ।आन्तरिक एवं वाह्य आर्थिक लगानी बढ़ाउने अठोट सरकारमा हुँन सक्नु पर्छ ।मुलुकको प्रगतिको लागि भौतिक पूर्वाधार र संरचनाको ठूलो खॉचो छ ।हाम्रो आवश्यक जनशक्ति पलायन अझै रोकिएन ।
प्रश्न नं ८ तपाईं त साहित्य लेखन पनि गर्नुहुन्छ, आफ्नो देशमा बसेर साहित्य सृजना गर्नुर बिदेशमा बसेर गर्नुमा के अन्तर छ ?
उत्तर ः आफ्नै देश र परदेशमा वसेर साहित्य लेखनमा लाग्नु धेरै फरक छ ।जीवनको ऊर्बरा समय स्वदेशमा रहेर त्यहॉको हरेक क्षेत्रकों वस्तुस्थिति र विसंगति देखिएको हुँदा आफ्नो काव्य रचनामा अझै देशको झझल्को आउँछ र समस्या समाधानको धारणा गीत(कवितामा देख्ने गर्दछु ।हाल म ग्रेटर लस् एन्जेलसको अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज एलए च्याप्टरको अध्यक्षमा पुनः दोस्रो पटक मनोनित भएर अनेकौ साहित्यिक र सामाजिक क्षेत्रमा कार्यरत छु ।मेरो अहिलेसम्म दुइटा काव्य कृति ‘त्रिवेणी’ र ‘परदेशी मन’ तथा दुइटा भिडियो गीत ‘कर्मको गति’ र ‘गोधूलि साँझैमा’ प्रकाशमा आएका छन । कर्मको गति गीतले विसं २०७९ को म्युजिक खबर म्युजिक अवार्डमा डायस्पोराका गीतकार तर्फ सर्वोत्कृष्ट अवार्ड पाऊँ न सफल भएको हो । हाल पनि विभिन्न पत्रिका र मिडिया मार्फ़त गीत तथा कविता लेखनमा निरन्तरता छ ।
प्रश्न नं ९ अन्तमा नेपाली जनताको लागि तपाईको केही सन्देश छ कि ?
उत्तर ः अन्त्यमा नेपाली जन्ताको लागि म के भन्न चाहन्छु भने कर्मले गर्दा हामी जस्ता तमाम नेपालीको अलग्गै भूगोल भए पनि स्वदेशको उन्नति र स्थिरताको लागि म जस्ता सबै नेपालीको ध्यान र दृष्टि नेपाल प्रति समर्पित हुनु पर्छ भन्ने लाग्दछ ।