Pin It

 

 एस पि नवराज कार्की जि प्र का मोरङ्ग

वि सं २०८१ साल अषाढ १३ गते मोरङ्ग जिल्लाको समग्र सुरक्षा गतिविधि बारे परिवर्तन खबर संग जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख ,प्रहरी उपरिक्षक नबराज कार्की ले गर्नुभएको कुराकानीको सार संक्षेप ः
परिवर्तन खबर ः एस पि साब स्वागत छ याहाँ लाइ परिवर्तन खबरमा ?
प्रहरी उसरिक्षक ः धन्यबाद ।
परिवर्तन खबर ः सर तपाइ मोरङ्ग मा आउनुभएको पनि निक्कै समय भयो अहिले मोरङ्गको सुरक्षाको गतिविधि कस्तो छ सर ?
प्रहरी उसरिक्षक ः मोरङ्गको समग्र शान्ति सुरक्षाको स्थिति हेर्दा खेरी अहिले सामान्य नै छ । सन्तोषजनक रहेको छ । अहिले कुनै त्यस्तो अप्रिय ठुलाठुला जघन्य प्रकारका घटनाहरुमा कमि आएको छ ।सामान्य घटनाहरु सडक दुर्घटना बाहेक स्थिति सामान्य नै छ ।


परिवर्तन खबर ः सर यो मोरङ्ग जिल्लाको दक्षिणी सिमाना भारतको बिहार संग जोडीएको छ । बिशेष गरिकन बिहार बाट अपराध गतिविधि गरेर नेपाल प्रवेश गर्ने , नेपालबाट अपराधिक घटना गराएर , बिहार प्रवेश गर्ने गरेको भनेर बार बार सुरक्षा बैठकमा कुरा उठने गरेको छ । याहाँ पनि त्यस्ता दुई देश विचका सुरक्षा बैठकहरुमा सहभागी हुनुभएको छ । अहिले के छ बोडर को स्थिति सर ?
प्रहरी उसरिक्षक ः यो बोडरमा खुल्ला सिमानाको कारणले गर्दा कहिले कहिँ छिटपुट घटनाहरु भइरहन्छन । यता पट्टि अपराध गरेर पारि पट्टि भाग्ने अबश्था छ । त्यसमा पनि हामिले भारतिय सिमा सुरक्षा बलका अधिकृतहरु संग , त्यसैगरि उताका डि एम संग समय समयमा छलफलहरु गरिरहेका छौं । हाम्रा समन्वयात्मक बैठकहरु चल िरहेका छन । त्यस्तो धेरै ठुलो समस्याहरु आइ सकेको अबश्था छैन । सानातिना घटनाहरु हामिले आपसि समझदारीमा घटना लाई न्युनिकरण गर्न र निर्मुल पार्नका लागी समन्वयात्मक बैठक बसेर एक आपसमा स्थानिय स्तरमै , क्रस बोडरकै अबश्थामा पनि स्थानिय समस्याहरु लाई समाधान गरिरहेकै छौं अहिले सम्म ।
परिवर्तन खबर ःबिशेष गरिकन बिगतमा चाहिँ बोडरमा तश्करीको कुरालाई लिएर प्रहरीहरु संग बेला बेलामा तश्करहरुको झडप हुने गरेको कुराहरु पनि आइरहेका थिए । हजुर मोरङ्गमा एस पि भएर आईसके पछि चाहिँ तश्करीको स्थिति के छ ?
प्रहरी उसरिक्षक ः तश्करी यो क्षेत्रमा खुल्ला बोडरको कारणलेसधैं समस्या बनिरहेको छ । अब याहाँ साँच्चै भन्नु पर्दा खेरी केहि यस्ता पात्र र समुह हरु छन । उनिहरुको रोजि रोटी चाहिँ त्यहि तश्करी गरेर चलीरहेको अबश्था छ । त्यसलाई न्युनिकरण गर्नका लागी हामिले उनिहरुलाई पटक पटक बैकल्पिक ब्याबसाय खोज्न सुचित गरेका छौं । तर पनि वाहाँहरुको पहिले देखि चलि आएको बानिले गर्दा साना तिना ( एकदमै ठुलो संगठित रुपमा कुनै पनि तश्करि भएको छैन ) पोका पन्तुराहरु बोकेर जाने आउने क्रम छ । त्यसलाई पनि हामिले न्युनिकरण गरेका छौं । अस्ति भर्खरै दुई तिन पटक उनिहरुले बोडरमै प्रहरी विरुद्ध विरोधका कार्यक्रम गरेकाथिए । प्रहरीले कडाई गर्यो भन्ने हिसाबले प्रहरीको बिरोध गरेका थिए । त्यस्ता पोका पन्तुरालाई पनि कसरी नियन्त्रण गर्न सकिन्छ भनेर भन्सार कार्यालय संग समन्वय गरेर हामिले कुनै सुरक्षा योजना बनाउन लागी रहेका छौं । उनिहरुको लागी सामान्य के के गर्न सकिन्छ । उनिहरुलाई नियमन गर्न कसरी सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेका छौं ।
परिवर्तन खबर ः सर मोरङ्ग जिल्ला राजनैतिक रुपमा पुर्वको अत्यन्तै सम्बेदनसिल जिल्ला हो । यो जिलाले देशलाई ५ वटा प्रधानमन्त्री दिईसकेको छ । यो जिल्लामा अहिले नै चानचुन २८ जना जति सांसदहरु नै हुन्हुन्छ । यो अहिले कोसी प्रदेशको राजधानी पनि हो । त्यो हिसाबले हेर्दा सुरक्षा चुनौती कतिको छ सर ?
प्रहरी उसरिक्षक ः राजनैतिक बिषय एउटा बिषय भयो । सुरक्ष्ँ चुनौति एउटा फरक बिषय हो ।
परिवर्तन खबर ःहैन प्रदेश कै राजधानिमा कतिपय साना राजनैतिक पार्टीहरुले जातिय पार्टी हरुले हुलदंगा मच्चाउने प्रयास गर्छन नि त ?
प्रहरी उसरिक्षक ः अस्ति भर्खरै मात्र पनि हिन्दु मुस्लिमको झडप हुने अबश्था पनि आयो । तर त्यसलाई स्थानिय स्तरमा स्थानिय राजनितिज्ञहरु संग हामिले समन्वय गरेर नियन्त्रण गर्यौं । सबैका नेताहरु संग समन्वय गरेर बेला बेलामा हुने धार्मिक तथा जातिय द्धुन्द्धहरु न्युनिकरण गर्ने प्रयासm गरेका छौं ।राजनैतिक रुपमा सचेतता भएको जिल्ला हो यो र यो कोशी प्रदेशको राजधानी नै भएको हिसाबले यो एउटा राजनैतिक हब नै बनेको छ अहिले ।
परिवर्तन खबर ःहजुर सर समग्रमा भन्नु पर्दा मोरङ्ग जिल्लामा अहिले आत्महत्याका घटनाहरु बढी रहेका छन भन्ने सुन्नमा आएको छ । के छ यसको अबश्था बताई दिनुन ?
प्रहरी उसरिक्षक ःयो आत्मा हत्याका घटनाहरु बिगतको तुलनामा अहिले धेरै नै बढी रहेको छ । यो बर्षको बैशाख २५ देखि यता झण्डै दुई महिनाकै अबधिमा ४९ जनाले आत्माहत्या गरेको अबश्था छ । त्यसैगरी आत्माहत्याको प्रयास बाट बचेका ६५ जना हुनुहुदो रहेछ । आत्माहत्या लाई रोक्न हामिले अहिले नयाँ प्रयोग गरिरहेकाछौं ।जुन जुन एरियामा वाहाँहरु ले आत्माहत्याको प्रयास गर्नु भएको थियो , त्यहि एरियाको प्रहरी कार्यालयमा वाहाहरुको अभिलेख राखेर स्थानिय पालीकाहरु संगको समन्वयमा ( स्थानिय पालीकाहरुमा साइको सोसएिल काउन्सिलरहरु ह्न्ह्न्छ ) वाहाहरु स.ग नियमित मनोचिकित्सक परार्मश लिने ब्याबस्था मिलाएका छौं । यो प्रयास बाट वाहाँहरुको ज्यान बचाउने प्रयास सफल हुनेछ र जनमानसमा यो कायइले प्रहरी को छवि उच्चो हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।
परिवर्तन खबर ः सर कतब्र्य ज्यान सम्बधिको अपराधमा चाहिँ कस्तो छ यो जिल्लाको स्थिति ?
प्रहरी उसरिक्षक ः कर्तब्य ज्यानको त्यति ठुलो समस्या अहिले छैन । छैन भन्दाखेरी पनि ज्यान जस्तो कुरा कसरी छैन भन्ने यो त्रि बर्षिय डाटा हेर्दा के देखिन्छ भने कतब्र्य ज्यानको अपराध निक्कै कम भएको देखिन्छ । आ ब २०७७ , ०७८ मा २४ जनाको ज्यान गएको थियो भने २०७८, ०७९मा २९ जनाको ज्यान गएको थियो , त्यसैगरी २०८९, ०८० मा आएर ११ वटा मुद्धा दर्ता भएको थियो ।
परिवर्तन खबर ः भनेपछि समग्रमा अपराध गतिविधि माथि नियन्त्रण बढन थालेको भन्ने कुरा हो ?
प्रहरी उसरिक्षक ः समग्रमा पहिले को हिसाबले हेर्दा कर्तब्य ज्यान सम्बन्धिको अपराध कम भएको छ । सवारी दुघटना पनि छ त्यसमा अलि बढेको भनेको आमहया क घटना हो ।
परिवर्तन खबर ःलागु औषध कारोबार मोरङ्गमा बढन थालेको र खासगरी पुर्वि मोरङ्गमा धेरै चहल पहल देखिन थालेको भनेर केहि कुराहरु आई रहेको छ । हजुरले पनि लागु औषध विरुद्ध कार्यक्रम चलाई रहनु भएको होला । के छ सर लागु औष सम्बन्धि मोरङ्गको अबश्था ?
प्रहरी उसरिक्षक ःमोरङ्ग जिल्ला को ठुलो समस्या भनेकै लागु औषध दुब्यसनी हो । यो बढदो अबश्थामा छ । हामिले यसलाई नियन्त्रण गर्न ठुलो प्रयास गरिरहेका छौं । अहिले प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय, कोशी प्रदेश प्रहरी कार्यालय , जिल्ला प्रहरी कार्यालय , लागु औषध नियन्त्रण ब्युरो लगायत टिमहरु मिलेर कसरी नियन्त्रण गर्न सकन्छि सहकार्यमा जुटी सकेका छौं । त्यसका लागी कोशी प्रदेश प्रहरी कार्यालयले लागु औषध विरुद्ध आमाहरु भन्ने कार्यक्रम नै चलाएको छ ।यो कार्यक्रममा हरेक पालीकाका वडा वडामा समिति गठन गरेर त्याहाँका आमाहरु लाई लागु औषध दुब्र्यसनिमा लागेका आफ्ना बच्चाहरुका लक्षणहरु के के हुन्छन वाहाँहरु आफैंले पहिचान गर्नै गरी अनुशिक्षण दिईदैछ ा र गाउँ घरमा दुब्र्यसनिहरु आफैले पता लगाएर त्यस लाई कसरी कन्ट्रोल गर्ने भन्ने बिषयमा तालिमहरु दईिदैछ । यो कार्यक्रम अहिले समाज मा एकदमै प्रभाबकारी भएको देखिदै छ । त्यो भन्दा पछाडी अहिले हामिले लागु औषधलाई नियन्त्रण गर्न विधालय , प्रहरी र स्थननिय निकाय बिच त्रिपक्षय सम्झौता गरेका छा । त्यो सम्झौता बाट यो आर्थिक बर्ष २०८१ ्र ०८२ मा बिधालयको पाठ्यक्रममा नै लागु औषध दुब्र्यसनि बारे बिषय बस्तु राखेर स्कुलमाने पढाउने गरी पाठ्यक्रममा नै ब्याबस्था गरिएको छ ।
परिवर्तन खबर ः अन्त्यमा केहि सुरक्षा सन्देश भए दिनुहुन अनुरोध छ ।
प्रहरी उसरिक्षक ः अहिले बाढी पहिरोको जोखिम छ । विपतको समय छ । हिजो अस्ति मात्रै पनि बाढीले धेरैजना मान्छेलाई बगाएको थियो । यसबाट धेरै धनजनको क्षति भएको छ । यो विपतको बेलामा समयमै प्रहरी लाई खबर गर्नु होला । अहिले यो मौसममा बाढी ड्बान कटान ले गर्दा हुने क्षतिबाट बच्न बेलैमा सतर्क र सजग भई दिनुहुन अनुरोध छ । धन्यबाद ।