Pin It

Midsection Of Murderer Holding Blooded Knife Against Black Background  knife murder stock pictures, royalty-free photos & images

डमि चित्र

सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। 

झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए। उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो। 

घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ।

प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

‘चार जनालाई नियन्त्रणमा लिएर भेरिफाइ गर्ने काम भइरहेको छ,’ एसपी कार्कीले भने।