Pin It

सात दशक बढी समय नेपाली कांग्रेसको मियो सम्हालेको कोइराला परिवार यति बेला मुख्य नेतृत्वमा छैन। 

पार्टीको बागडोर कोइराला परिवारबाट फुत्केसँगै पार्टी कमजोर भएको विश्लेषण कोइराला परिवारमा हुँदै आएको छ। यद्यपी, कोइराला परिवारका नेताहरु खुला रुपमा त्यसलाई सार्वजनिक गर्न भने हिच्किचाउँछन्। कांग्रेस स्थापनादेखि चालिसको दशकसम्म अनेक रुपमा यसको नेतृत्वमा संस्थापक नेता बिपी थिए।

बिपीको निधनपछि उनकै पदचाप पछ्याउँदै गिरिजाप्रसाद कोइराला नेतृत्वमा आए। २०३१ देखि २०४७ सम्म पार्टीको महामन्त्री भएका गिरिजा २०५३ देखि मृत्युपर्यन्तसम्म सभापतिका रुपमा रहे।

त्यसपछि सुशिल कोइरालाको हातमा पार्टी नेतृत्व पुगेको थियो। संस्थापक नेता बिपी कोइराला, गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालामा आएको कांग्रेसको लगाम अहिले सभापति शेरबहादुर देउवासँग छ।

२०७२ सालमा पार्टी सभापति बनेका देउवाका कारण पार्टी झन्झन् कमजोर बनेको बुझाई धेरै कांग्रेसीमा छ। कोइराला परिवारबाट देउवामा सरेको नेतृत्वले पार्टीलाई गतिशील बनाउन नसकेको उनीहरुको ठम्याइ छ। यसैबाट प्रेरित भएर हुनसक्छ, महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा देउवाको प्रतिस्थापन गर्न चाहेका छन्। भावी सभापतिका लागि उनले दाबी प्रस्तुत समेत गरिसकेका छन्। 

सभापति देउवालाई संस्थापन विरोधी समूहले खेदिरहँदा पनि शशांकले लामो समयसम्म देउवा विरुद्ध तीतो पोखेनन्। बरु, उनकै पक्षमा टाउको हल्लाए। अभिव्यक्ति दिए।

देउवालाई बचाउनको शशांकले खेलेको भूमिका निकट विगतसम्म थियो। निर्वाचनमा पराजय भोगेपछि पार्टी सभापति देउवाको कार्यशैलीलाई लिएर अनेक प्रश्न उठे। कार्यक्षमता नभएको भनी देउवा विरोधी खेमाको आवाज चर्को सुनियो। तर, महामन्त्री देउवाकै पक्षमा रहे।

तत्कालीन समयमा प्रतिक्रिया दिने क्रममा महामन्त्री कोइरालाले भनेका थिए, ‘मैले पनि सभापतिको आलोचना गरें भने पार्टी कसरी बलियो हुन्छ? सभापतिलाई गाली गर्न मेरो पदीय भूमिकाले दिदैन।’

देउवा विरोधी अभिव्यक्ति, इतर समूहको गठजोडको प्रयास जिल्ला दौडले कोइरालाको भावी सभापतिको लाइनमा अग्रपंक्तिमा भएको छनक दिएको छ।

आफ्नो भूमिकालाई सभापति शशांकले देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संयोजन गरी पार्टी एकढिक्का बनाउने अर्थ दिएका थिए। दुवै नेता मञ्चमा भएको समयमा उनी भन्थे– तपाईंहरु मिल्नुस्।

महामन्त्रीले देउवाकै पक्षमा वकालत गरेपछि संस्थापन इतर समूहका नेताहरुले कोइरालाले कित्ता स्पष्ट छुट्याउनुपर्ने अभिव्यक्ति दिए। इतर समूहको ईच्छा शशांकले आजभोलि पूरा गर्दैछन्। उनी पछिल्लो समय खुलेरै देउवाको विपक्षमा बोल्न थालेका छन्। आफ्नो समूह र निकटका नेताहरुसँगको छलफलमा उनले देउवाप्रति आक्रोश पोख्ने गरेको सहभागी नेताहरु बताउँछन्।

देउवाइतर समूहको भेलामा उनले देउवालाई पुनः सभापतिमा रोक्न इतर समूहको गठजोडलाई प्राथमिकताका साथ उठाउने गरेको उनी निकट नेताहरु बताउँछन्।

पछिल्लो समय देउवासँग उनको तिक्तता बढ्दै गएको छ। देउवासँग विवादकै क्रममा उनले देउवाको निर्णय उल्टाइदिएका पनि छन्। उनी पक्षीय बेल्जियम जनसम्पर्क समिति अध्यक्ष सीता सापकोटालाई संस्थापन पक्षले हटाएपछि गत बैशाखमा कोइरालाले थमौती समेत गरेका छन्। यस घटनापछि दुई नेताबीचमा दुरी बढाएको थियो।  

महामन्त्री कोइराला शान्त स्वभावका नेतामध्ये पर्छन्। सभा तथा पार्टीको बैठकमा अत्यन्तै छोटो समय बोल्ने कोइराला कुनै पनि नेतालाई पिरोल्दैनन्। सांगठनिक क्षमतामा कमजोर रहेका उनले अहिले जिल्ला दौडाहालाई प्राथमिकतामा राखेका छन्।

देउवा विरोधी अभिव्यक्ति, इतर समूहको गठजोडको प्रयास र जिल्ला दौडले कोइरालाको भावी सभापतिको लाइनमा अग्रपंक्तिमा भएको छनक दिएको छ।

डा कोइरालालाई बुबा बीपीको विरासतले पनि साथ दिएको छ। १३ औं महाधिवेशनमा मूलतः पिताको विरासतले उनी महामन्त्री बनेका थिए। विरासतकै कारणले नेतृत्वमा पुगेको केही हदसम्म उनी पनि स्विकार्न तयार छन्।

उनलाई सभापति बन्न विरासतको आडले भरथेग गर्ला तर पर्याप्त हुँदैन।

वाक कौशल नभए पनि कार्यकर्तालाई बचाइराख्न उनी निपूर्ण रहेको उनी निकट एक नेताले बताए। केन्द्रीय सदस्य समेत रहेका ती नेता भन्छन्, ‘उहाँको कसैलाई चिढाउने बानी छैन। वाक्पटुता नभए पनि उहाँसँग कार्यकर्तालाई आफैसँग राख्ने कौशल छ।’

सभापतिको उम्मेदवार बन्ने आफ्नो आकांक्षालाई मूर्त रुप दिन शशांकले कोइराला परिवारकै अर्का सदस्य शेखरको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

तर के उनी इतर समूहको एकल उम्मेदवार र कालान्तरमा सभापति बन्न सक्लान् त? त्यसका लागि कोइराला परिवारको विविध आयाम बुझ्नु जरुरी हुन्छ।

गिरिजाप्रसादले आँखा चिकित्सकका रुपमा कार्यरत उनलाई राजनीतिमा ल्याएका थिए। उनैले अर्का चिकित्सक कोइराला अर्थात् शेखरलाई पनि राजनीतिमा ल्याएका थिए। गिरिजाकै छत्रछायामा राजनीतिमा प्रवेश गरेकी केन्द्रीय सदस्य सुजाता कोइराला स्वास्थ्यका कारण सक्रिय छैनन्। महामन्त्री कोइरालाको बाटोमा सुजाता कोइराला अवरोधक बन्ने सम्भावना छैन।

तसर्थ, सभापतिको उम्मेदवार बन्ने आफ्नो आकांक्षालाई मूर्त रुप दिन शशांकले कोइराला परिवारकै अर्का सदस्य शेखरको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

तर, व्यवस्थापन शेखरको मात्रै होइन। अहिलेको इतर समूहको जालो धेरैतिर जेलिएको छ। वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला लगायत उनीहरु नजिकका झन्डै आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन्।

२०७५ को मंसिरमा जीपी कोइराला फाउण्डेशनको विराटनगर कार्यालय उद्घाटनका क्रममा कोइराला परिवारबाट सभापतिको दाबी गरेका थिए। त्यहाँ उनले सभापतिमा आफैं अघि बढेको अवस्थामा कोइराला परिवारले अवरोध नगर्ने आशय व्यक्त गरेका थिए। भनेका थिए, ‘कोइरालाहरुको रगतमा राजनीति छ। हामी बीचमा प्रतिस्पर्धा छैन।’

सभापतिको दाबेदारी गरेका शशांकले हिन्दू एजेण्डालाई आगामी महाधिवेशनलाई उठाउने भएका छन्। महासमिति बैठकमा करिब सय प्रतिनिधिको हस्ताक्षरको आड पाएका उनले उक्त मतलाई महाधिवेशनसम्म लैजाने छन्।

आफ्नो बोलीलाई निरन्तरता दिने क्रममा विराटनगरपछि बुटवलमा पनि सोहि भाषा दोहोर्‍याए। त्यहाँ पनि कोइराला परिवारबाटै सभापतिको उम्मेदवार बन्ने ठोकुवा गरेका थिए।

जिपि कोइराला फाउण्डेसनको कार्यक्रममा कोइरालात्रय वीरगन्जमा पनि एकत्रित भए। एउटै मञ्चमा भएका बेला उनीहरुले संयुक्त रुपमा एउटै माला पनि पहिरिँदै आएका छन्।

तत्कालीन समयमा महामन्त्री कोइरालाको अभिव्यक्तिले कांग्रेसमा तरंग ल्याएको थियो।

निर्वाचन पराजयपछि कांग्रेसजनमा नेतृत्वको विकल्प खोज्नुपर्ने जबरजस्त आवाज मुखरित भएको छ। देउवाकै नेतृत्वमा पार्टी अघि बढे अझै कमजोर हुँदै जाने तर्कहरु पार्टीभित्र सुनिन्छन्। कोइराला परिवारको जानकार समेत रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘कांग्रेसमा देउवाको विकल्पको खोजी भएको छ। शशांकले दाबी गर्नु स्वभाविक हो।’

कोइरालालाई आफ्नै समूहलाई व्यवस्थापन गर्ने चुनौती रहेको बताउँदै आचार्य भन्छन्, ‘देउवा समूहमा देउवा नै एक्ला हुन्। अर्को समूहमा धेरैले दाबी गर्छन्।’

संस्थापनइतर समूहबाट एक मात्रै उम्मेदवार भए जुनसुकै व्यक्ति सभापतिमा निर्वाचित हुने उनको बुझाई छ।

महामन्त्रीको पदमा रहेका उनले समेत पार्टी कमजोर हुनुको दोषको भागिदार हुनुपर्ने विचार आउँछन्। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘पार्टीलाई सशक्त बनाउने कार्यमा उहाँको भूमिका कमजोर देखिएको हो।’ 

महामन्त्री कोइरालामा तार्किताको कमी रहेको आरोप लाग्ने गरेको छ। विचारलाई प्रधान रुपमा प्रस्तुत गर्न नसक्ने नेताका रुपमा उनी चित्रित हुँदै आएका छन्। साथै, पुर्ख्यौली थलो मोरङलाई छोडेर सुरक्षित स्थानको खोजीमा नवलपुरको उम्मेदवार बन्ने गरेको आरोप उनलाई लाग्ने गरेको छ।

देउवाइतर समूह एकत्रित भए मात्रै फरक धारका नेताले सभापति विजयी हुने शर्माको आंकलन छ। उनी भन्छन्, ‘१३ औं महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता पौडेल पहिलो प्राथमिकताका उम्मेदवार हुन्।’

सभापतिको दाबेदारी गरेका शशांकले हिन्दू एजेण्डालाई आगामी महाधिवेशनलाई उठाउने भएका छन्। महासमिति बैठकमा करिब ७ सय प्रतिनिधिको हस्ताक्षरको आड पाएका उनले उक्त मतलाई महाधिवेशनसम्म लैजाने छन्। पंक्तिकार समेत सहभागी एउटा छलफलमा उनले यस विषयलाई जोड दिएका थिए।

महामन्त्री कोइरालामा तार्किताको कमी रहेको आरोप लाग्ने गरेको छ। विचारलाई प्रधान रुपमा प्रस्तुत गर्न नसक्ने नेताका रुपमा उनी चित्रित हुँदै आएका छन्। साथै, पुर्ख्यौली थलो मोरङलाई छोडेर सुरक्षित स्थानको खोजीमा नवलपुरको उम्मेदवार बन्ने गरेको आरोप उनलाई लाग्ने गरेको छ। २०६४ पछि नवलपु र(नयाँ संघीय संरचनाअनुसार)लाई रोज्दै आएका उनले त्यसपछि तीन निर्वाचनमा विजयी भएका छन्।

१३ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट महामन्त्रीको उम्मेदवार बनेका कोइरालाले १ हजार ४ सय १७ मत प्राप्त गरी विजयी भएका थिए।