भुपालराज शाक्य , प्रमुख कर अधिकृत आन्तरीक राजश्व कार्यालय विराटनगर
वि सं २०८१ साल श्राबण १७ गते मोरङ्ग जिल्लाको समग्र राजश्व गतिविधि बारे परिवर्तन खबर संग आन्तरीक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य ले गर्नुभएको कुराकानीको सार संक्षेप ः
परिवर्तन खबरः स्वागत छ सर याहाँलाई परिवर्तन खबरमा ?
प्रमुख कर अधिकृत ः धन्यबाद अशोक जी ।
परिवर्तन खबरः सर नेपाल अहिले आर्थिक रुपले अत्यन्त गम्भिर अबश्थामा छ । नेपालको अर्थतन्त्र चाँहि गीर्दो अबश्थामा छ भनेर ब्यापक हल्लाहरु छन । हामीले देखि पनि रहेका छौं , उधोगी , ब्यापारीहरु अहिले निक्कै अप्ठारो स्थितिमा हुनुहन्छ । बजारमा क्रय विक्रय निक्कै कम छ । यो अ बश्थालाई मुल्याङ्कन गर्दा अर्थतन्त्रलाई कसरी हेर्नु हुन्छ याँहा ?
प्रमुख कर अधिकृत ःयस्तो छ । अहिलेको हाम्रो राजश्व संकलनको अबश्था , याहाँको स्थानिय कारोबारको अबश्था , हाम्रो ब्यापारी , ब्याबसायी साथिहरु , ब्यापार संघका साथिहरु लगायत वाहाँहरुको कुरा सुन्दाखेरी आर्थिक रुपमा वाहाँहरुलाई कारोबार गर्न केहि कठीनाइ हो की जस्तो भन्ने भाको छ । तर राजश्व संकलनको अबश्था हेर्दाखेरी गत सालको तुलनामा राजश्व संकलनको बृद्धिदर साढे आठ , नौ प्रतिशतको हाराहारीमा देखिन्छ । यो टे«न्ड हेर्दा खेरी अर्थतन्त्र सकारात्मक दिशा तिरै गएको जस्तो देखिन्छ । तथापी आर्थिक संकुचन विचमा केहि अप्ठाराहरु आको चाँहि पक्कै पनि हो । यस लाई सरकारले लिएका राजश्व सम्बन्धिका नितीहरु , आर्थिक नितीहरु हेर्दा खेरी अर्थतन्त्रलाई अब सकारात्मक दिशा तर्फ लान खोजेको देखिन्छ ।
परिवर्तन खबरःः सरले भन्नुभयो आठ , नौ प्रतिशतले राजश्व संकलनमा बृद्धि भई रहेको छ भनेर ब्यापारी हरु अहिले ब्यापार नभएर सटर बन्द गर्नु पर्ने बाध्यतामा छन । अनि बजारमा चाँहि क्रय विक्रयको स्थिति करिब करिब ठप्प जस्तै छ । जनता संग र ब्यापारी संग पैसा छैन भनेर आम मानिस रोई रहेको अबश्था छ । यो अबश्थामा सरकारले अत्यन्त आक्रामक तरिकाले राजश्व संकलनको निती लएिर राजश्वमा बृद्धि भाको हो की के हो सर ?
प्रमुख कर अधिकृत ः होईन । यस्तो छ । सरकार आक्रमक रुपमा प्रस्तुत भाको पनि छैन यो विचको परिस्थितिमा कतिपय अन्तराष्ट्रिय परििस्थति सृजना भए , रोग ब्याधिको कारणले पनि विचमा केहि आर्थिक सिथिलता देखिएको थियो । अहिलेको वर्तमान परिस्थितिमा निजी क्षेत्र लाई पनि विश्वासमा लिएर जानु पर्ने आवश्यकता रहेको देखिन्छ । सरकारले त्यहि कुरालाई प्राथमिकतामा राखेर निजी क्षेत्रको विश्वास लिएर त्यहि किसिमका आर्थिक नितीहरु , वित्तिय नितीहरु ,त्यहि अनुकुल बनाउने र त्यसैको माध्यम बाट राजश्व संकलनको दरहरु बृद्धि गर्दै जाने कर्यक्रम रहेको छ । एकदम करदाताहरुलाई निचोरेर लिने भन्ने सरकारको त्यस्तो उद्धेश्य केहि पनि छैन । नितीगत सुधारहरुको माध्यम द्धारानै राजश्व संकलनको दायराहरु बढाउदै जाने । करका दरहरु त्यहि किसिमको सम्पादन गर्दै जाने र लक्ष्य बमोजिमको राजश्व संकलन गर्नैभन्ने उद्धश्य हो ।
परिवर्तन खबरःः अब गतबर्षको राजश्व संकलनको अबश्था लाई हेर्दा मोरङ्ग चाहिँ राजश्वको स्थिति कै हो ?
प्रमुख कर अधिकृत ः गत सालको राजश्व संकलनको अबश्था हेर्दा खेरी आन्तरीक राजश्व कार्यालय विराटनगरको लागी नौ अर्ब त्रिचालिस करोड बार्षिक लक्ष्य थियो । त्यमा लगभग हामीले ८८, ८९ प्रतिशत राजश्व संकलन गरेका छौं । त्यो संकलन भनेको अघिल्लो बर्षको राजश्व संकलनको तुलनामा लगभग साढे आठ प्रतिशतको आर्थिक बृद्धि रहेको छ । यसले राजश्व संकलनको हिसाबले हामी गत सालको तुलनामा सकारात्मक अबश्थामै गएका छौं । अहिलेको अबश्था हेर्दाखेरी निजी क्षेत्रमा पनि सरकार प्रति अलिकति विश्वास जागेको छ । र सरकारले लिएको राजश्व सम्बन्धि निती र आर्थिक नितीले गर्दा आगामी दिनमा राजश्व संकलनको अबश्थामा सुधार हुदै जाने देखिएको छ ।
परिवर्तन खबरःः सर हजुरले भन्नुभयो राजश्व संकलनमा साढे आठ नौ प्रतिशतले बृद्धि छ भनेर , लक्ष्य भन्दा माथि गएर साढे आठ नौ प्रतिशतले बृद्धि भएको हुनुपर्छ । एकातिर ब्यापारीहरु ब्यपार छैन भनि रहेका छन । अर्कातिर ब्यापारीहरु बैंक हरुसंग क्रण लिन डराई रहेका छन । अप्रत्यासित ब्याज बृद्धि गर्छ भनेर, बैंकको ब्याज कै कारण ब्यापारी हरु आत्महत्या गरिरहेका छन । यो स्थितिमा पनि तपाई हरु कर संकलनमा बृद्धिभयो भन्नुहुन्छ । यो कसरी समभब हुनसक्छ सर ?
प्रमुख कर अधिकृत ः यो खुद्रा ब्यापार गर्नेहरुको कुरा सुन्दा ब्यापार घटिरहेको , समस्या भएको भन्ने कुराहरु छ । तथापी हाम्रो राजश्व बढी रहेकोले गर्दा केहि केहि समस्या पक्कै पनि होला तथापि त्यो टे«न्डले गर्दा हाम्रो देश श्रीलंका हुने अबश्था चाहिँ पक्कै छैन । अब त्यहि हो निजी क्षेत्रको विश्वास लिएर अघि बढ्नु पर्छ । निजी क्षेत्रमा विश्वासको कमी देखिएको छ । विचमा केहि समस्या पनि भए होला , निजी क्षेत्रलाई पुर्ण विश्वासमा लिएर अगाडी बढेको खण्डमा राजश्व संकलनमा लक्ष्य अनुसारको सफलता हासलि गर्न सकन्छि जस्तो लाग्छ ।
परिवर्तन खबर ः निजी क्षेत्रका ब्याबसायी हरु के भनि रहनु भएको छ भने हामी लाई अत्यन्त अप्ठेरो पररिहेको छ । सरकारले केहि छुट गरिरहेको छैन । बैंकहरुले छ प्रतिशतमा दिएको क्रण , कर्जा तरलताको बहानामा हाम्रो परामर्श विनै ब्याजमा मनपर िबृद्धि गर्यो । कोरोनाले थलापारेको ब्याबसाय अस्थिर सरकारको अस्थिर नितीका कारण झन थिलथिलो अर्थतन्त्र भएका बेला सरकार एकोहोरो राजश्व संकलनमा मात्र लागेको छ । हाम्रा मागहरु सुन्दैन भन्ने ब्याबसायी हरुको आरोप छ के सरकार निर्दयी भएरै राजश्व संकलनमा लागेको हो ?
प्रमुख कर अधिकृत ः यसमा त्यस्तो सत्यता पनि छैन । राजश्व नै मात्रै संकलन गर्ने सरकारको उद्धेश्य होईन । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडी बढ्ने निती लिएको छ । अब त्यहि अनुसारको तपाईहरु ले देखि राख्नु भएको छ । मौद्रिक निती एक प्रकारको आएको छ । आर्थिक नितीहरुमा समसामयीक सुधार गर्दै , निजी क्षेत्रको विश्वास लिएर आर्थिक गतिविधिहरु चलाएमान बनाएर त्यसबाट राजश्व संकलन गर्ने भन्ने सरकारले लक्ष्य लिएको छ ।
परिवर्तन खबर ः यो बर्षको आन्तरीक राजश्व कार्यालय विराटनगरको लक्ष्य के छ सर ?
प्रमुख कर अधिकृत ः यो बर्षको भनेर हामीलाई विभागले पठाई त सकेको छैन । अनौपचारीक रुपमा थाहा भए अनुसार गत सालको तुलनामा लगभग तिस , पैंतिस प्रतिशतले राजश्व लक्ष्य बृद्धि भएको छ । त्यसैलाई बाँडफाँड गरेर विभागले यो बर्षको लक्ष्य पठाउन लागेको छ ।
परिवर्तन खबर ःराजश्व न्याधिकरणको अबश्था के हो मोरङ्खको ?
प्रमुख कर अधिकृत ः ठिकै छ । राजश्व न्याधिकरणमा पदपुर्ति बाँकि नै छ । वाहाँहरु आ आफ्नो तर्फबाट गर्ने काम गरिरहनु भएको छ ।
परिवर्तन खबर ः राजश्व संकलनमा विगतमा केहि अप्ठेरोहरु आएका थिए , त्यसलाई कसरी सहजीकरण गर्नु भयो ।
प्रमुख कर अधिकृत ः राजश्व संकलनमा अप्ठारो भन्दा पनि राजश्व संकलनकै हिसाबले जुन किसिमले लक्ष्यहरु निर्धारण भएको थिए । त्यो संकलनका हिसाबले अली यथार्थपरक देखिएन तथापी हामीले राजश्व लक्ष्य भन्दा पनि गत सालको संकलनको अवश्थालाई तुलनाल गरेर नै अगाडी बढ्दै गएको अवश्था पनि हो । तथापी यसपालीको राजश्व लक्ष्य अली यथार्थपरक भएर आउँछ भन्ने हामीलाई विश्वास पनि छ । त्यहि किसिमले अगाडी पनि बढ्छ ।
परिवर्तन खबर ः राजश्वको दायरा फराकीलो भएको कारणले या राजश्व वृद्धि खास गरि के कारणले भएको छ । बताइदिनुस न् ?
प्रमुख कर अधिकृत ः राजश्वको दायरा पनि फराकिलो हुन्छ । मुख्यकुरा राजश्व वृद्धिलाई असर गर्ने भन्ने कुरा त आर्थिक गतिविधि नै हो । जति अर्थतन्त्र चलाएमान हुन्छ । जति व्यापार व्यावसाय वढ्छ, आर्थिक गतिविधिहरु वढ्छ त्यसले नै राजश्वलाई चाँही सकारात्मक दिशा दिने हो । बजेट पनि हो, बजेट कसरी परिचालन हुन्छ राम्रोसंग परिचालन भयो भने त्यसले नै यता राजश्वलाई पनि योगदान गर्ने हुँदा यि सबै कुराहरुको ुमग्रताबाट नै त्यो राजश्व लक्ष्य हासिल हुने हो ।
परिवर्तन खबर ः समग्रमा भन्नु पर्दा मोरङ्ग जिल्लामा चाहिं अन्य जिल्लाहरुको तुलनामा राजश्वको अवश्था के हो सर ठ्याकै वताइ दिनुन ?
प्रमुख कर अधिकृत ः काठमाण्डौ देखि बाहिरका आन्तरिक राजश्व कार्यालयको अवश्था हेर्दा खेरी कम्तिमा आन्तरिक राजश्व कार्यालय विराटनगरमा चाहि राजश्व संकलन गर्ने सम्भावना देखिएका छन र त्यती सारै नकारात्मक हुनु पर्ने अवश्था पनि छैन ।
परिवर्तन खबर ः आगामी दिनमा राजश्व संकलनमा सरकार अलिकति लचिलो भएर जाने निति आएको हो ?
प्रमुख कर अधिकृत ः राजश्वमा लचिलो हुने, राजश्वमा एकदम कडाई गर्ने भन्ने कुरा हुँदैन । राजश्वको दरहरु हाम्रो आर्थिक ऐनबाट निर्धारित भएका हुन्छन । आन्तरीक राजश्व विभागले पनि पोलेसी गाइड लाइनहरु दिएको हुन्छन । फङ्गसनल एक्टीभिटिजहरु तोकिएका हुन्छन । ति लक्ष्यहरुलाई समग्रमा पुरा गर्ने हिसाबले जाँदा खेरी चाँहि । त्यसैको आउटपुटको रुपमा राजश्व संकलन हुने हो र राजस्वको लक्ष्य हासिल हुने हो । हामी त्यस हिसाबले काम गर्छौं ।
परिवर्तन खबर ः सर अन्त्यमा यो निजि क्षेत्र र अर्थतन्त्रको क्षेत्रमा भएको यो अहिलेको अवश्थालाई याहाँले ठयाकै भन्नुपर्दा सन्देश मुलक केहि सुझावहरु छन भने ?
प्रमुख कर अधिकृत ः निजि क्षेत्रले पनि आत्तिहाल्नु पर्ने अवश्था छैन । अहिले जुन सरकारले ल्याएका नितिहरु छन । वर्तमान अवश्थामा आएको मौद्रिक नितिको अवश्था छ । सरकारले जुन किसिमले नितिहरु लिने कुरा गरिरहेको छ । त्यसले समग्र अर्थतन्त्रमा निजि क्षेत्रलाई पनि विश्वासका किरणहरु केहि केहि पलाएका छन त्यसले गुणात्मक रुपमा बजेट परिचालन गर्न भुमिका खेल्छ र यसमा हाम्रो आन्तरिक राजश्व कार्यालयका हाम्रा साथिहरुले हामीलाई दिएका नितिहरु, लक्ष्य निर्धारण गरिएका छन् । त्यसलाई हामीले पुरा गर्ने गरी काम गर्दा सारै निजि क्षेत्रले पनि आत्तिनु पर्ने अवश्था छैन । हामीले वाँहाहरुको पनि विश्वास जितेर समग्र राजश्वको लक्ष्य हासिल गर्दै जाने हो ।
परिवर्तन खबर ः ठ्याकै भन्नुपर्दा मोरङ्ग जिल्लाको हकमा चाँहि अर्थतन्त्र सामान्य अवश्था तिर फर्किने स्थिति के छ सर ?
प्रमुख कर अधिकृत ः अवश्य पनि सामान्य तिर फर्किने नै छ । अहिले चाहिं निजि क्षेत्रलाई पनि विश्वास पालाएको छ । क्रमिक रुपमा सुधार हुन्छ भन्ने वाहाँहरुको विश्वास छ र हामीसंग भएको तथ्याङ्कले पनि त्यस्तो नकारात्मक असर देखाउँदैन । क्रमिक रुपमा सुधार हुँदै जान्छ र वहाँहरुले पनि यहि विश्वास राखे हुन्छ ।
परिवर्तन खबर ः समय चाहि कति लाग्ला ?
प्रमुख कर अधिकृत ः दुइ तिन महिना मै त्यसको असरहरु देखिन थाल्छ र एक अर्थिक वर्षमा नै सुधार देखिन्छ ।
परिवर्तन खबर ः अर्को वर्ष सम्ममा अर्थतन्त्र चलायमान अवश्थामा पुग्छ ?
प्रमुख कर अधिकृत ः अवश्य अर्को वर्ष सम्ममा हुन्छ ।
परिवर्तन खबर ः ह्वस सर याहाको अत्यन्त व्यस्त समय परिवर्तन खबरलाई कुराकानीका निम्ति उपलब्ध गराइदिनु भएको मा धेरै धेरै धन्यवाद ।