Pin It


प्रस्तुत छ सुनसरी जिल्लाको बर्जु गाउँपालीका जो १ नं. प्रदेशको राजधानि विराटनगरसंग सिमा जोडिएको गाउँपालिकाको वाड नं. ५ का वडाध्यक्ष किशोर कुमार चौधरीसंग जनप्रतिनिधि र विकास स्तम्भका लागि परिवर्तन खबर डट कम डट एन पि का प्रधान संपादक अशोक पौडेलले गर्नु भएको छोटो कुराकानी ः–
१. स्वागत छ परिवर्तन खबर डट कम डट एन पि मा किशोर जि ।


Ò धन्यवाद
२. बर्जु गाउँपालिका सुनसरीको सुगम कि दुर्गम ठाउँ हो ?
Ò पहिला दुर्गम थियो, अहिले सुगम भयो ।
३. तपाईहरु निर्वाचित भएर आएपछि भौतिक र मानविय विकासको वार्ड नं. ५ मा कस्तो अवस्था छ ?
Ò हामी निर्वाचित भएर आउनु भन्दा अगाडि २० वर्ष देखि जन प्रतिनिधि विहिन रहेको यो गाउँ पालिकाको यो वार्डमा अहिले धेरै अन्तर छ अहिले हामीले सुधार गरेको बाटो घाटो, पुल पुलेसा मठ, मन्दिर, कलभट, ठुला तथा साना विकासको जन सहभागितामा स्तर उन्नतीको काम गरेका छौं । हामीले एकल महिलाको लागि बेरोजगार युवाको लागी पिछदिएको, अल्पसंख्य र मुस्लिमहरुको लागी रोजगार मुलक तालीमहरु चालायौ र रोजगारीमा वहाँहरुको व्यवस्थापन गर्दै छौं ।
खासगरी एकल महिलाको लागी सफल उत्पादन गर्ने तालीम चलायौं जसबाट एकल महिलाको बेरोगारीलाई केहि हद सम्म कम गर्ने काम भएको छ । त्यसैगरी विपन्न दलित महिलाहरुको सिलाई कटाइको तालिम दिलायौं त्यसबाट पनि वहाँहरुको बेरोजगारको समस्या केहिहद सम्म समाधान भएको छ । जातिय वलस्टर मिलाएर चारजाना महिनालाई हामीले रोजगारीका निम्ति ४ वटा मिसिन दिएका छौं सिलाइको त्यसैगरी युवाहरुको लागी हाउस वायरीङ्गको तालीम दिएर प्रमाण पत्र समेत दिलाइ सकेका छौं ।
त्यस्तै हामीले किसानहरुको लागी उत्पादन मुलक चिज वस्तुको विउ विजन पनि समुहगत रुपमा उपलव्ध गराथौं, कतिपय युवाहरुलाई चारपाङ्गे सवारी चलाउनेको रुपमा रोजगारको व्यवस्थापन गराइ सकेका छौं ।
४ आधारभुत विकासका कार्यक्रमहरु त निकै चलाउनु भएको रहेछ मानविय विकासका निम्ति चैं के कार्यक्रम छन त ?
Ò मानविय विकासका निम्ति हामीले जोखिममा परेका बालबालीकाहरुका लागी उचित काउन्सिलिङ्ग गरेर जिविको पार्जनका लागी यसपाली देखि व्यावस्था मिलाउँदै छौ । दलित, गरिब विपन्न परिवारहरु जसले स्वास्थ्य उपचार गर्न सक्दैनन जो संग उपचार खर्चको अभाव छ त्यसलाई वार्डको तर्फबाट छुटै उपचार खर्चको व्यवस्था मिलाएका छौं ।
५ जनताको सेवा सुविधाको निम्ति वार्ड समितिले मौलिक कार्यक्रम के ल्याइको छ ?
Ò जेष्ठ नागरीकहरुका लागी हरेक वर्ष जाडोको समयमा न्यानो लुगाको व्यवस्था यसपाली देखि मिलाएका छौं । अपाङ्गहरुलाई पहिले जिल्लाबाट सुविधा बाड्ने चलन थियो यो अहिले गाउँपालिका मार्फत हामीले वार्डबाटै वितरण गर्ने व्यवस्था मिलाएका छौ ।
६ तपाइको तर्फबाट थप हरु केहि छ कि ?
Ò जनता चाहेको, जनताले खोजेको कुरा पुरा गर्न हामी अहोरात्र खटेर लागका छौं । हामी निर्वाचित भएर आएको अढाइ वर्ष वित्न लाग्यो । यो अवधिमा हामीले झण्डै ६० प्रतिशत जति विकास निर्माणका काम गरेका छौं र अब बाकि २ वर्ष भित्र ७० प्रतिशत जती विकास निर्माणका काम सक्न वाचा गर्न चाहन्छु ।
धन्यवाद