
असोज २० गते । राजा ज्ञानेन्द्रको भूटान अधिराज्यको "निजी" भ्रमणलाई भूटान सरकारले अघोषित रूपमा "औपचारिक" भ्रमणको हैसियत प्रदान गऱ्यो !
तीनदिने ऐतिहासिक भ्रमण समाप्त गरी राजाको आज बिहान काठमाडौ फिर्ति सबारी भएको छ ।
भूटानले राजा ज्ञानेन्द्रलाई "राष्ट्रप्रमुख" कै रूपमा भव्य स्वागत तथा बिदाई गरेर नेपालको राजसंस्थालाई सम्मान र मान्यता दिइएको छ ।
श्री ५ ज्ञानेन्द्र, भूटान सरकारको आमन्त्रण र सौजन्यमा भूटान अधिराज्यको ध्वजाबाहक ड्रुक एयरमा पारो विमानस्थलमा असोज १६ गते अवतरण गरेपछि पारो अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा राजा ज्ञानेन्द्रलाई भूटानी राजकुमारीबाट हार्दिक स्वागत गरिएको थियो !


विशेष विमानदेखि पारो विमानस्थल बाहिरको सबारी कारकेड सम्मै करिब १०० मिटर "रेड कार्पेट" मा सबारी चलाइएको थियो । विश्वका कुनै पनि देशमा निजी भ्रमणमा "रेड कार्पेट स्वागत" गर्ने कूटनीतिक प्रचलन छैन । यसअघि, राजा सबार विमान भूटानको हवाइ क्षेत्रमा प्रवेश गर्नासाथ काठमाडौंको निजी भ्रमण थिम्पुको "औपचारिक भ्रमण" मा रूपान्तरित भएको थियो ।
औपचारिक कारकेडबाट राजकीय अतिथि गृहमा सबारी चलाएपछि अतिथि गृहमा भूटानका राजगुरूले राजा ज्ञानेन्द्रको अभिशेष गर्नुका साथै परराष्ट्र मंत्री डि.एन ढुंगेलले भूटान सरकारका तर्फबाट आधिकारिक रूपमा स्वागत अभिवादन चढाउनु भएको थियो ! संवैधानिक राजतन्त्रात्मक भूटानको संसदमा अहिले बहुमतप्राप्त सबै भन्दा ठूलो दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडिपी) को सरकार रहेको छ ।
प्रधानमंत्री छिरिंग तोग्बेको सरकारद्वारा बरिष्टमंत्री ढुंगेललाई श्री ५ को भ्रमणमा सबारी मंत्री तोकिएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भूटान र भारतबीच भएको सन्धीमा "भूटानको परराष्ट्र सम्बन्ध भारतको सल्लाह अनुसार परिचालित हुने" (धारा २ मा) उल्लेख छ । उक्त सन्धीको अन्तर्य अनुरूप भूटानका परराष्ट्मंत्री ढुंगेललाई नै सबारी मंत्री तोकिनुबाट उहॅाले नै "डिफ्याक्टो" रूपमा भारत सरकारको पनि प्रतिनिधित्व गर्नु भएको बुझ्न सकिन्छ ।

राजाको भूटान भ्रमण अवधिमा थिम्पुमै एक समारोहमा सहभागी हुनआएका कोलम्बियाका पूर्व राष्ट्रपति तथा अर्थशास्त्रका नोवेल पुरस्कार विजेता जॅा म्यानुअल सान्तोष लाई कुनै औपचारिक सम्मान दिइएको थिएन ।
राजा ज्ञानेन्द्र थिम्पुमा वर्तमान राजा जिग्मेकेशर नाम्ग्याल वानचुक र राजपरिबारका सदस्य तथा सबारी मंत्रीसॅग राजकीय रात्री भोजमा सरिक भइरहॅदा थिम्पुमै रहेका कोलम्वियाका पूर्व राष्ट्रपति सान्तोष सहित नोबेल पुरस्कार विजेताहरू जोसेफ स्टिगलिज, रिचर्ड रोबर्ट्स र कन्स्टान्टिन नोभोसेलोभ लाई राजकीय समारोहमा बोलाइएको थिएन ।
भारतका विश्वासी मित्र रहेका भूटानी पूर्वराजा जिग्मे सिंग्मे वानचुकले नर्थ प्वाइन्ट, दार्जिलंगमा श्री ५ ज्ञानेन्द्र सॅगै अध्ययन गरेका हुन् ! फलतः भूटानी पूर्वराजाकै पहलमा नर्थ प्वाइन्टका एलुम्नाई बीच पनि भेटघाट भएको थियो !
भारतसॅग सुमधुर सम्बन्ध रहेको भूटानले करिब ६ महिनाअघि भारतका प्रधानमंत्री नरेन्द्र मोदीलाई थिम्पुमा आयोजित भव्य समारोहमा भूटानको सबैभन्दा सम्मानीत "अर्डर अफ द ड्रुक ग्याल्पो" मानपदवीबाट विभूषित गरेको थियो ।
कूटनीतिक सूत्रका अनुसार भूटान भ्रमण ताका प्रमं मोदी र भूटानी पूर्वराजा जिग्मे सिंग्मे वानचुक (वर्तमान राजाका पिता) बीच भएको कुराकानीले नेपालका पूर्वराजालाई औपचारिक रूपमा भूटानमा आमन्त्रण गर्ने बाटो खुलेको हो ।