राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं भूतपूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका नाती जो मोरङमा राप्रपाका उदयमान राजनीतिज्ञ हुनुहुन्छ प्रस्तुत छ परिवर्तन खबरका निम्ति सम्पादक अशोक पौडेलले गरेको कुराकानी सारसंक्षेप :-
परिवर्तन खबर:- रविजी यहाँलाई हार्दिक स्वागत छ परिवर्तन खबर डट कम.npमा।
रवि रिजाल:- हजुर धन्यवाद त्यसको लागि।
परिवर्तन खबर:- रविजी यहाँ त अत्यन्त राम्रो संस्कारी राजनीतिक परिवारको सदस्यको रुपमा हुनुहुन्छ। तपाईंको परिवार भनेको यो देशको निम्ति केही योगदान गरेको परिवार हाे ।तपाईंको हजुरबुवा नेपालको प्रधानमन्त्री पनि हुनुभयो। तपाईं पनि राजनीतिमा हुनुहुन्छ तपाईंलाई राजनीतिमा आउने प्रेरणा कसले दियो हजुरबुवाले कि अरु कसैले ?
रवि रिजाल:- राजनीति त हाम्रो परिवारले गरेकै हो। पञ्चायतकालमा दुईपटक मेरो हजुरबुवा नरेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री हुनुभयो। पञ्चायतकालमै मेरो हजुरबुवा विश्व हिन्दु महासंघको संस्थापक अध्यक्ष पनि हुनुभएको थियो। उहाँले नै नेपाललाई हिन्दु राष्ट्र घोषणाको पहल गर्नुभएको थियो र राजालाई हिन्दु धर्म अनुसार विष्णुको अवतार अंश मान्नुपर्छ भनेर त्यो परम्पराको सुरुवात उहाँकै पालामा भएको थियो । मलाई राजनीतिमा आउने प्रेरणा मेरो हजुरबुवा र मेरो परिवारबाटै मिलेको हो। म २०३३ सालमा जन्मिएको मान्छे मैले शिक्षा दिक्षा सकेर सामाजिक जीवनमा आइपुग्दा राजसंस्था र हिन्दु राष्ट्र सिद्धियो। मेरो परिवार र मेरो हजुरबुवाले सुरु गरेको परम्परा कायम राख्न र नेपाललाई राजसंस्था सहितहिन्दू राष्ट्र बनाउन मलाई राजनीतिमा आउने प्रेरणा मिल्यो र गत निर्वाचनमा म राप्रपाको तर्फबाट मोरङको क्षेत्र नम्बर ४ मा सङ्घको उम्मेदवार भएको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु साथै मलाई तेस्रो मत दिनुहुने सबै मतदातालाई तपाईंको माध्यमबाट धन्यवाद दिन चाहन्छु ।
परिवर्तन खबर:-हजुर याहाँ त युवानेता पनि हुनुहुन्छ राप्रपा भनेको अलग विचार बोकेको एउटा राजनीतिक शक्ति हो। राप्रपा लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा छ। हिन्दु राष्ट्रको पक्षमा छ आगामी दिनमा यहाँको भूमिका राप्रपालाई अगाडि बढाउन कस्तो हुनेछ ?
रवि रिजाल:- मैले अघि पनि भनिसके यो लोकतान्त्रिक गणतन्त्रले के दियो हामीलाई राष्ट्र निर्माणमा गणतन्त्रको के योगदान छ भएभरका कलकारखाना बन्द गराएर भयभरका युवालाई बेरोजगार बनाएर भएको दक्ष युवाहरुलाई खाडी मुलुकमा ३०-३५ हजारको नोकरीको लागि पठाउने वातावरण बनाएकाले साह्रै नै दुःख लाग्यो।पंचायतकाल मा स्थापना गरिएका कलकारखानाले धेरै नेपाली बेरोजगारलाई रोजगारी दिएको थियो। नेपालले ती कारखानाका उत्पादनहरू विदेशी मुलुकमा पैठारी गरेर मुद्रा आर्जन गर्ने गर्थ्यो। त्यो सबै निजीकरणको नाममा बन्द गरेर देशलाई विदेशी सामानको भर पर्ने बाध्य बनाउने स्थितिको सिर्जना गरियो र देशलाई आर्थिक रुपमा जर्जर बनाउने खेल सुरु गरियो ।यो सबै कुरा देखेर म अत्यन्त दुःखित भएँ। र यो अवस्थालाई परिवर्तन गर्न व्यवस्था नै परिवर्तन गरौं भन्ने राप्रपाको नाराले आकर्षित भए र त्यही नारालाई लिएर जनताको माझमा जाने र पूर्ण रुपले पार्टीलाई साथ दिने उद्देश्यका साथ म दुई वर्ष अगाडि राप्रपा प्रवेश गरेको हो। र आगामी दिनमा म अझ सशक्त भएर अगाडि बढ्ने प्रण गर्दछु र राष्ट्र बचाउन म याे पार्टीमा अाबद्द छु ।
परिवर्तन खबर :-हजुर अब यहाँ चाहिँ राप्रपाको एउटा सशक्त राजनीतिज्ञको रुपमा स्थापित भइरहनु भएको छ। खासगरी विराटनगर विराटनगर नेपालका सात जना प्रधानमन्त्री जन्माउने भूमि हो। यो भूमिमा उभिएर प्रतिबद्धता जाहेर गर्नुपर्दा तपाईं उच्चस्तरीय परिवारको मान्छे पनि हुनुहुन्छ । तपाइकाे हजुरबुबा देशको दुईदुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ त्यो भूमिलाई त्यो भूमिकालाई हेर्दाखेरि यहाँले पार्टी र राष्ट्रको लागि गर्ने कुरा त प्रतिबद्धताको रुपमा जाहेर गरिसक्नु भयो। मुलुकलाई अगाडि बढाउनको निम्ति मोरङ जिल्लामा के के कमजोरी छ र के के कुरामा सुधार गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई ?
रवि रिजाल:- धन्यवाद धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो तपाईँले। जस्तो मैले देखेको मोरङ जिल्लामा शिक्षा र स्वास्थ्यको अभाव छ। मोरङमा व्यापारीकरण मारवाडी समुदायले गरिसक्नुभएको छ।ब्यापामा प्रतिस्पर्धा छँदै छ। शिक्षाको हकमा राप्रपाले भनेझैँ १२ कक्षासम्म निःशुल्क शिक्षा गर्ने र स्वास्थ्यमा पनि जनताको मागअनुसार निःशुल्क गर्नुपर्छ ।राप्रपाले जुन ४० बुँदे माग सरकारलाई बुझाएको छ त्यसमा पनि स्वास्थ्य र शिक्षाको बारेमा प्रष्ट उल्लेख गरिएको छ। जबसम्म विद्य…