Pin It


प्रस्तुत छ सुनसरी जिल्लाको बर्जु गाउँपालीका जो १ नं। प्रदेशको राजधानि विराटनगरसंग सिमा जोडिएको गाउँपालिकाको वाड नं। २ का वडाध्यक्ष आन्नद यादब संग जनप्रतिनिधि र विकास स्तम्भका लागि परिवर्तन खबर डट कम डट एन पि का प्रधान

संपादक अशोक पौडेलले गर्नु भएको छोटो कुराकानी ः–
१ स्वागत छ परिवर्तन खबर डट कम डट एन पि मा आनन्द जि ।
Ò धन्यवाद ।
२. २० वर्ष जनप्रतिनिधि नभएको वार्डमा तपाई जितेर आउनु भयो कत्तीको चुनौती पुर्ण रहयो स्थिति ?
Ò २० वर्ष खाली रहेको ठाउँमा पहिलो पटक जितेर आउँदा निकै ठुला चुनौतीको सामना गर्नु प¥र्यो, तर अहिले सम्म आइ पुग्दा निक्कै सहज भएको छ । वास्तवमा जनताको चाहना अनुरुप २० वर्षमा कुनै काम भएको थिएन, २० वर्षमा नभएको काम पनि हामी जितेर आएपछि दुई कार्यकाल अथवा दुई बजेटमा धेरै गरेका छौ र जनताले निक्कै सहुलियत पाएका छन । बाटा घाटाका विकाशका कामहरु भएको छ त्यती मात्र होइन मठ मन्दिर देखि सामाजिक कामहरु पनि भएको छ ।
कृषकहरुको हितका निम्ति कृषि अनुदान उपलब्ध गराउने ब्यावस्था गरेको छौ । विउ, विजन निशुल्क वितरण गरिएको छ स्प्रे मेशिनहरु पनि किसानलाई उपलब्ध गराएको छ ।
महिला सम्बन्धि सचेतना तालीमहरु हामीले अगाडी बढाएका छौं हामीले गर्नुपर्ने कामहरुलाई निक्कै अगाडि बढाएका छौ ।
जनताको चाहना अनुरुप हामीले जानुपर्ने हुन्छ वास्तवमा भन्नु पर्दा बर्जु गाउँ पालीकाको २ नं. मात्र होइन ६ वटै वडामा विकासका कामहरु तिब्र गतिलो अगाडी बढेको छ । त्यति मात्र होइन हामीले स्वास्थ्यको लागी पनि धेरै कार्यक्रमहरु अगाडि वढाएका छौ, शिक्षा क्षेत्रको कामलाई पनि हामीले अगाडि वढाएका छौ, हामी जनप्रतिनिधिले गर्नसक्ने प्रयासहरु निकै गरेका छौ । जनताको उपेक्षा अनुरुप हामीले काम गरेका छौ ।
३. जनताको उच्च आकांक्षालाई सम्बोधन गर्न सक्ने वजेट छैन तर पनि कसरी काम गरिरहनु भएको छ तपाइहरु ?
Ò वजेटको अभाव त छ नै, हामीसंग आर्थिक श्रोत भनेको कम छ त्यहि कम श्रोतलाई भएपनि हामीले अत्यावश्यक र महत्वपुर्ण योजनाहरु छानेर लगानी गरेका छौ जसबाट जनताले बढि भन्दा बढि लाभ लिन सकुन ।
४. २ नं. वार्डका चुनौतीहरु के के हुन ?
Ò अहिले पनि २ नं. वार्डमा धेरै चुनौतीहरु छन, किन भने २ नं. वार्ड केसलीया खोलाको छेउमा छ । नदि कटान र वाढिको खतरापुर्ण चुनौती २ नं. लाई नै छ । कलभटहरुको ज्यादै आवश्यकता छ नालाहरु पनि निर्माण र ब्यावस्थीत गर्नुपर्ने त्यती कै आवश्यकता छ । त्यस्तै सुकुम्वासी समस्या छ त्यसलाई व्यवस्थीत गर्न सके झनै राम्रो हुन्थ्यो खासगरी यिनै हुन २ नं. का चुनौतीहरु हुन ।
५. मानविय विकास र शैक्षिक गुणस्तरका निम्ति २ नं. वार्डलाई कस्तो रुपमा लिनु हुन्छ ?
Ò जब सम्म मानवको विकास हुदैन जब सम्म समाजको सुधार हुदैन विकास त त्यसैपनि पछाडि पर्न सक्छ, त्यसै कारणले शिक्षा क्षेत्रको विकासमा पनि हामीले निकै जोडिदिएका छौ ।
६. खास गरी जनताकोलागी के के तालीम र कार्यक्रमहरु चलाउदै हुनुहुन्छ २ नं. वार्ड मा ?
Ò महिला सचेतना तालीम, महिला सिलाई कटाई तालीम युवा स्वरोजगार अन्तरगत ड्राइभिङ्ग तालिम एकल महिलालाई प्रोत्साहन, युवाहरुलाई नै कम्प्युटर तालिम लगाएतका तालीमहरु चलाइ रहेका छौ ।
७. यो वार्डमा स्वास्थ्य सम्बन्धि के के कार्यक्रमहरु चलाउनु भएको छ ?
Ò महिला स्वयम सेविकाहरुलाई प्रोत्साहन गरेका छौ पाठेघर तथा आङ्ग खस्ने रोगीहरुका लागी निशुल्क उपचारको व्यवस्था मिलाएका छौ, म स्वयम यो सितागंज स्वास्थ्य चौकीको अध्यक्ष भएको नाताले पनि महिला स्वास्थ्य चौकिको अध्यक्ष भएको नाताले पनि महिला स्वास्थ्यको लागी मैले वजेट छुट्याएने गरेको छु । गत साल पनि ३ लाख जति छुट्याएको थिए ।
८. अन्त्यमा २ नं. वार्डका जनताको लागी केहि सन्देश छ कि याहाँ को ?
Ò २ नं. का आदरणीय जनसमुदायहरु सुखी, सम्पन्न र सम्वृद्ध हुनु, सुस्वास्थ्य रहनुहोस भन्ने कामना गर्दछु, उत्तर उत्तर प्रगतीको शुभकामना पनि व्यक्त गर्दछु ।