
२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका छन् ।
राप्रपाको र्यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।
ट्राफिक अस्तव्यस्तको असर बागमती करिडोर क्षेत्रका सडकहरूमा पनि परेको छ ।