प्रस्तुत छ सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वाड नं ४ का वडाध्यक्ष सम्पतलाल चौधरी संग जनप्रतिनिधि र विकास स्तम्भका लागि परिवर्तन खबर डट कम डट एन पि का प्रधान संपादक अशोक पौडेलले गर्नु भएको छोटो कुराकानी ः–
१ स्वागत छ परिवर्तन खबर डट कम डट एन पि मा सम्पत जि ।
Ò धन्यवाद ।
२. वर्जु ४ का खास खास समस्याहरु के के हुन ?
Ò वास्तवमा यो ४ नं. वार्ड भनेको सुनसरी जिल्लाको एकदमै दक्षिण यानीकि भारतीय सिमासंग जोडिएको पहिला अमडुवा गा. वि.स. र अहिलेको वार्ड नं. ४ पर्छ याहा चाहि विषेश गरेर विभिन्न जातजातिहरुको वसोवास छ । मधेशी, थारु, मुसहर समुदायको अत्याधिक वसोवास भएको एरिया हो, यो शिक्षाको क्षेत्रमा ज्यादै नै पिछाडी पारिएको अथवा पछाडि परेको क्षेत्र हो । यो पनि, हामी निर्वाचित भएर आए पछि सबै भन्दा बढी फोकस शिक्षाको विकास र बाटाघाटाको विकासलाई मध्ये नजर गरेर अगाडि बढिरहेका छौं अहिले ४ नं. वार्डको शिक्षा र बाटाघाटो भन्दा पनि जल्दो बल्दो समस्या भनेको कृषि प्रधान देश भएकाले किसानको लागी ठुलो समस्या देखेका छौं । भोलीको दिनमा कृषकहरुको समस्यालाई संगै लिएर अगाडि बढछौं भन्ने लागी रहेछ ।
३. अहिले चै ४ नं. को प्रमुख समस्या भनेको के हो बाटोघाटो नै हो ?
Ò बाटोघाटो भन्दा पनि अब चै म शिक्षा नै प्रमुख समस्या हो भन्छु, किन भने शिक्षामा हामी जब सम्म सुधार गर्दैनौ तब सम्म जनचेतना जाम्दैन तब सम्म विचार परिवर्तन हुन सक्दैन, तब सम्म समस्या भइनै रहन्छ ।
४. शिक्षा क्षेत्रको सुधारका लागी के गर्दै हुनुहुन्छ ?
Ò शिक्षा सुधारको लागी हामी अहिले तिन कक्षा सम्म अंग्रेजी अनिवार्य गर्दै छौ, त्यसकालागी जनसक्तीको अभाव थियो, अंग्रेजी शिक्षककालागी हामीले विज्ञापन पनि गरिसकेका छौ । अंग्रेजी शिक्षक नियुक्त गरेर जुन वोडीङ्ग सो सरह गर्न लागी परेका छौं ।
५. याहाँहरु सडक संजालसंग ४ नं. वार्डलाई कसरी जोडदै हुनुहुन्छ ?
Ò सडक संजालको कुरा गर्नु हुन्छ भने ३ वर्ष अगाडि र अहिले हेर्नु भयो भने सायद धेरै फरक छ मलाई जहाँ सम्म लाग्छ विराटनगर महानगर पालीका पनि बर्जु अगाडि फेल छ भन्छु म । अहिले तपाई केसलीया खोला तरेर पारी सुनसरी लाग्नु भयो भने पिच नभएको बाटो पाउनु हुन्न पहिले सुनसरीको पिच नभएको गाउँपालीका कुन हो भन्दा बर्जुको नाम आउथ्यो अहिले सबै भन्दा बढि पिच भएको गाउँपालीकामा नाम आउँछ ।
६. ४ नं. वार्डसंग चै सडक संजाल कसरी जोडियो ?
Ò सडक संजाल त जोडियो राम्रैसंग सडकहरु बन्दैछन । अझै धेरै सडक बन्ने क्रममा पनि छन । कुनै इनरुवा हरिनगरा भएर जोडिएका छन । देवानगंज पट्टिबाट जोडिएको छ भारतसंग चाहि हाम्रो सडक अहिले सम्म जोडिएको छैन ।
७. तपाइले किसानको कुरा उठाउनु भयो नि अध्यक्ष ज्यु खास गरी किसानका समस्या भनेका के के हुन याहाँहरुले के मुल्याङ्कन गर्नु भएको छ ?
Ò वास्तवमा हामी पनि एकतहको सरकार हौ । हामी पनि लाचार छौ अहिले सम्म किसानका समस्या धेरै छन किसानका समस्या धेरै छन चाहेर पनि हामिले पुरा गर्न सकेका छैनौ । हाम्रोमा किसानको मुख्य समस्या नै सिंचाई को समस्या हो । पानी हतपत पर्दैन पर्यो भने सबथोक बिनास गरेर लिएर जान्छ । एक विगाह खेत सिंचाई गर्न एक पटकमा चार हजार रुपैंया लाग्छ , धान खेति गर्न एक विगाहमा चार पटक सिंचाई गर्नु पर्छ , यस हिसाबले एक विगाह धान खेतिगर्न ३० , ३२ हजार भन्दा बढी लगानि पुग्छ । किसान ले धान बेच्दा सात सय रुपैंयाँ मनले बेच्नु पर्छ । यो सब कारणले कृषि प्रति किसानकै आकर्षण घट्दै गईरहेको छ । लगानि गरेर पनि प्रतिफल राम्रो नआएपछि किसानले खेतिपाति नै छोड्ने अबश्था छ । जब सम्म मान्छेको आएश्रोतमा बृद्धि हुदैन तब सम्म त्यो ठाँउको विकाश हुन्छ भनेर नचिताए पनि हुन्छ ।
८. यि समस्याका समाधानको लागी वार्डले के परिकल्पना गरेको छ ?
Ò हामिले साधारणतय स्यालो टुबेल र मोटर हरु वितरण गरेर केहि मात्रामा किसान लाई राहत दिन खोजेकाछौं हुनत यसले किसानको समस्याको ठुलो समाधान त हुदैन । अहिले त सरकारको काम कहिले जाला घाम भने जस्तै भईरहेछ । जनताको चाहना असिमित छ , पैसा बर्षमा एउटा वार्डमा मुस्किलले एक करोड आउछ , यस्तो तालले कहिले हाम्रो समस्याको समाधान होला ।
९. भनेपछि तपाई पनि उच्च जनआकांक्षा लाई सम्बोधन गर्ने कुरामै रुमलि रहनु भएकोछ ?
Ò एकदम बजेटको अभाबले नै हो । बर्षमा गाउँ पालिकामा १२ करोड बजेट आउछ , ६ वटा वार्ड छन । १ करोड १५ लाख हरेक वार्ड लाई विभानित गरीएको छ । त्यसमा पनि सामाजिक , भौतिक लगाएत जति समस्या छन त्यसैले धान्नु परेको छ , यसकारण समस्या छ ।
१०. तपाईको वार्डमा खेतिपातिको लागी सुनसरी मोरड्ड सिंचाई आयोजनाको नहर पनि छ नि ?
Ò उहि नामको मात्र नहर छ । डिल छ पानी कहिल्यै आउदैन । अहिले सम्म त्यो नहर बनाईकन मलाई जहाँ सम्म थाहा छ । त्यस्तो पनि ठाँउ छ जहाँ अहिले सम्म पानी पनि पुगेको छैन । यसमा कसैको ध्यान पनि पुगेको छैन ।
११. यसलाई सुधारका लागी के गर्नुहुन्छ ?
Ò हामीले सोचेको के हो भनेनि प्रत्येक ५० विगाहमा पानी पटाउन त्यो डिप बोरिड्ड भनिन्छ नि त्यो चैं वाश्तबमा अति आबश्यक छ किसान लाई , सुनसरी मोरड्डको जुन नहर छ जसमा कहिल्यै पानी आउदैन , त्यहि नहरमा ठाँउ ठाँउमा डिप बोरिड्ड गररिदन पाए देखि नहर चैं कहिल्यै सुक्दैनथ्यो र किसान ले अलिकति राहतको अनुभुति गथ्र्यो कि भन्ने मेरो सोच हो ।
१२. भने पछि आगामि दिनमा डिप बोरिड्ड जनता लाई उपलब्ध गराउने सोचमा हुनुहुन्छ ?
Ò अब आउने आर्थिक बर्षमा त्यो पनि सोच छ । एउटा डिप बोरिड्डलाई सबै खर्च जोड्दा ६० देखि ७० लाख लाग्दो रहेछ । अब म संग प्रति बर्ष आउने एक करोड बजेटले के गर्न सक्छु , म त्यसै लाचार छु । केहि गर्ने सोच राखौं हेरौ के गर्न सकिन्छ ।
१३. अनि माथिल्लो स्तरमा पहल गर्ने प्रयास गर्नु भएको छैन ?
Ò कुरा त नराखेको होईन , गर्दिन कसैले भन्दैन तर गरिदिंदैनन , त्यसमा पनि आफुले नजितेको ठाँउमा बजेट दिन गारा मान्दा रहेछन । मतलब पार्टी हेरेर पनि बजेट बिनियोजन हुदो रहेट ।
१४. भनेपछि अहिले तपाईहरु केन्द्रिय सतmतमा प्रमुख प्रतिपक्षमा हुभएकोले सतmाधारीहरुले बजेटमा पक्षपात गरे भन्न खोज्नु भएको हो ?
Ò हैन नियमानुसार आउने कुरा त आईनै रहेको छ । अब एक्स्ट्रा बजेट जुन चिमा माग्न पाईन्छ , त्यो सब हामीले पाएनौ ।