। शनिबार एक कार्यक्रमका विच विराटनगरको इको फन पार्कमा नजिकिँदै गरेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह २०१९’ सुरुवात गरीएको छ ।
प्रदेश नम्बर एकका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले जेसीज सप्ताहको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
। कार्यक्रममा बोल्दै मन्त्री कुसियतले पर्यटन पवद्र्धनका लागि सरकारले सुरु गर्नुपर्ने काम जेसिजले गरेको बताउनुभयो । वाहाले कार्यक्रमले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने भन्दै यस किसिमका कार्यक्रममा प्रदेश सरकारको साथ रहने बताउनु भयो ।
त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पर्यटन प्रवद्र्धन गर्न धेरै कुरा विराटनगरमा भएको र विराट राजाको दरबार लगायत विराटनगरका गौरवका कुराहरुलाई सबै मिलेर प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।। भ्रमण वर्षलाई लक्षित गर्दै सुरु गरिएको सो कार्यक्रमलाई मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविस श्रेष्ठ, विराटनगर जेसिजका पदाधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सप्ताहको दोस्रो दिन विराटनगरको भट्टाचोक पूर्वको सयपत्रि प्रा।विमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण, तेस्रो दिन ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम तथा चौथो दिन व्यवसायसँग आवद्ध युवा लक्षित ‘विजनेश प्रोमोसन ट्रेनिङ’ गरिने छ । त्यसैगरी पाँचौँ दिन सरोकारवालाहरुको उपस्थितीमा ‘क्यास–लेस’ सँग सम्बन्धीत अन्तरक्रिया , छैठौँ तथा अन्तिम दिन विराटनगरमा जन्मिएर नेपालमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसँगै कार्यक्रम गरेर सप्ताह समापन जेसिज सप्ताह उद्घाटन सत्रका संयोजक देवचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
४६ वर्षदेखि गर्दै आएको सो कार्यक्रम यसवर्ष पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमले विशेष रहेको गरिने विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईँले बतानुभयो ।
कार्यक्रम पछि बिराटनगरबाट निकालीएको मोटरसाईकल र्यालीलाई
दुहबि जेसिज , तरहरा जेसिज, गछिया जेसिज र झुम्का जेसिजले दुहबि चौक र तरहरा चौकमा स्वागत गरेका थिए भने होटल एसोसियसन भेडेटार , आमा समुह , स्थानिय क्लब ,र पाथिभरा खानेपानी समितिले संयुक्त रुपमा भेडेटारमा स्वागत गर्दै कार्यक्रम समापन गरेको थियो ।